Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८२ मंगलवार | 6th May, 2025 Tue
Investment bank

उदयपुर सिमेन्ट उद्योगलाई नीजिकरण नगर्न माग

खबरडबली संवाददाता

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उदयपुर सिमेन्ट उद्योगका विषयमा उदयपुरका सरोकारवालासँग छलफल गरेको छ । समितिले मंगलबार हाल बन्द अवस्थामा रहेको उदयपुर सिमेन्ट उद्योगको स्थलगत निरीक्षण गर्दै जिल्ला प्रशासन कार्यालय उदयपुरमा सरोकारवालाहरूसँग छलफल गरेको हो ।

छलफलमा सहभागीहरूले उद्योग राज्यले नै सञ्चालन गर्नु पर्नेमा जोड दिएका थिए । छलफलमा सहभागी नेकपा एमाले उदयपुरका अध्यक्ष भागवत राउतले उदयपुर सिमेन्ट उद्योगलाई सार्वजनिक–निजी–साझेदार (पीपीपी) मोडलमा सञ्चालन गर्न नहुने तर्क राखे ।

छलफलमा बोल्दै कोशी प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेस उदयपुरका सभापति हिमाल कार्कीले उदयपुर सिमेन्ट चल्न नसक्नुको प्रमुख कारण राजनीतिक दल रहेको बताए । 

कार्यक्रममा चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाले राज्यले गतिलो कानुन नबनाउँदा देशमा उद्योगहरू सङ्कटमा परेको भन्दै राज्यले आवश्यक नीति तर्जुमा नगर्ने हो भने देशमा थप उद्योग खुल्न समेत कठिन हुने जिकिर गरे ।

उक्त कार्यक्रमका लागि उदयपुर पुगेको समितिले उदयपुरमा उदयपुर सिमेन्ट उद्योगको निजीकरणको बारेमा आएका सुझावसमेतलाई गम्भीरतापूर्वक रूपमा लिएको जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संयुक्त राष्ट्रसङ्घद्वारा सन् २०२४ मा विकासमा ‘अस्थिर’ मन्दीको चेतावनी

संयुक्त राष्ट्रसङ्घ । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अन्तर्राष्ट्रिय सहायतामा नाटकीय रूपमा कटौती गर्नुभन्दा धेरै अघि नै विश्वव्यापी महामारीपछिको ...

ट्रम्पलाई अमेरिकामा १२ हजार शरणार्थी स्वीकार गर्न न्यायाधीशको आदेश

वासिङ्टन । सोमबार एक न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनलाई संयुक्त राज्य अमेरिकामा लगभग १२ हजार शरणार्थीलाई प्रवेश गराउन आदेश दिएका छन् ।...

गभर्नर नियुक्तिको समस्या प्रधानमन्त्रीका कारण आएको होइनः सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण राष्ट्र बैँकको गभर्नर नियुक्तिमा समस्या नभएको स्पष्ट पारेका ...

नागढुंगाबाट ब्राउन सुगरसहित एक जना पक्राउ

काठमाडौं । चन्द्रागिरी नगरपालिका–२ नागढुगाबाट अवैध लागूऔषध ब्राउनसुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ब्राउन सुगर ५ ग्रामसहित इलामको इलाम न...

महिला क्रिकेट टोलीकाे अभ्यास खेलमा नेपालको जित

काठमाडौं ।नेपाली महिला क्रिकेट टोलीले अभ्यास भएको दोस्रो अभ्यास खेल जितेको छ । दिल्लीमा मङ्गलबार भएको खेलमा नेपालले भारतको आरपिसिए गर्ल्सलाई चार रनले ...

जैविक विविधता र जलचर संरक्षणमा जलाशय महत्वपूर्ण

दाङ । दाङको घोराही उपमहानगरपालिका–१ र २ मा पर्ने चेपे जलाशय घोराही–सिमलतारा सडकको छेउमा २०७३ सालसम्म सानो खोल्सो थियो । रामपुरबाट पूर्वतिर जाने साना ट...

पूर्वमन्त्री प्रदीप नेपालको पशुपतिमा अन्त्येष्टि गरिँदै

काठमाडाैं । वामपन्थी नेता एवं पूर्वसंचार तथा सूचना प्रविधिमन्त्री स्वर्गीय प्रदीप नेपालको पार्थिक शरीरलाई केहीबेरमै पशुपतिमा अन्त्येष्टि गरिने भएको छ ...

उदयपुरकाे त्रियुगा नदीमा आएकाे बाढीले बस बगायाे

उदयपुर । गएरातिको वर्षाले उदयपुरमा त्रियुगा नदीले बस बगाएको छ । चौदण्डीगढी नगरपालिका–५ स्थित सिवाई–बेल्हा गाउँको बीचमा रहेको त्रियुगा नदी ड्यामबाट तर्...

नेपाल बाल संगठनकाे जग्गा हिनामिनामा ठगीकाे मुद्दा चल्ने

काठमाडाैं । नेपाल बाल संगठन(बाल मन्दिर)को जग्गा लिजमा लगाउँदा भएको हिनामिनामा ठगी मुद्दा चलाउने निर्णय महान्यायाधिवक्ता कार्यालयले गरेको छ । यसअघि सरक...

बाँसको पुल बगाएपछि कमला नदी तर्न समस्या

लहान । हुलाकी मार्गमा पर्ने सिराहा र धनुषा  जिल्लाको सीमा रहेको कमला नदी तर्न बनाएको अस्थायी बाँसको पुल बाढीले बगाएपछि मङ्गलबार मङ्गलबारदेखि स्थानीयहर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending