काठमाडौं । पर्साको सखुवा प्रसौनी गाउँपालिका–४ को कार्यालय तोडफोड भएको छ । गएराति ५–६ जनाको समूहले वडा कार्यालयभित्र प्रवेश गरी कुर्सी, टेबल, पंखा, दराज लगायतका सामग्री तोडफोड गरेको गाउँपालिका अध्यक्ष जसवन्त यादवले जानकारी दिए ।
‘कार्यालयको ताला फोडेर अफिसियल काजगात चोरी गरेर लगेको देखिन्छ । कार्यलायभित्र रहेका दराज, टेबल, पंखा, कुर्सी लगायत सामग्री तोडफोड भएको छ । तोडफोड गर्ने समूहमाथि किटानी जाहेरी दिने तयारी भइरहेको छ,’ अध्यक्ष यादवले भने ।
एक जना भारतीय नागरिकलाई नागरिकता सिफारिस नगरिदिएको झोकमा ती समूहले वडा कार्यालयमा तोडफोड गरेको हुन सक्ने आशंका रहेको अध्यक्ष यादवले जानकारी दिए ।
‘एक जना भारतीय नागरिकलाई नागरिकताको सिफारिस गर्न वडाध्यक्ष ज्यूमाथि दबाब आएको भन्ने सुनेको छु । भारतीय नागरिकलाई कसरी सिफारिस दिन सकिन्छ र ? वडाध्यक्ष ज्यूले ती व्यक्तिहरूमाथि मुद्दा दिने तयारी गरिरहनु भएको जानकारी पाएको छु । थप जानकारी उहाँसँगै लिनुहोला,’ पालिका अध्यक्ष यादवले भने ।
रातिको समयमा प्रवेश गरेका ५–६ जनाको समूहले १२ वटा कुर्सी, ३ वटा दराज तोडफोड गर्नुका साथै लेटरप्याड, छाप र ल्याप्टप चोरी गरेर लगेको वडाध्यक्ष आरिफ अन्सारीले बताए ।
‘६ महिनादेखि एक जना भारतीय नागरिकलाई नागरिकताको सिफारिस दिन दबाब आइरहेको थियो । सिफारिसका लागि ममाथि विभिन्न धाकधम्की आइरहेको थियो । तिनै समूहले राति तोडफोड गरेका हुन् । उनीहरूविरुद्ध मुद्दा दर्ता गर्न जिल्ला प्रहरी कार्यालय पर्सा पुगेको छु,’ वडाध्यक्ष अन्सारीले भने ।
वडा कार्यालय तोडफोडबारे जानकारी पाउनेबित्तिकै प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान गरिरहेको पर्साका एसपी गौतम मिश्रले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २८ गते, २०८२ - २१:५३
भोजपुर । सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । हरिय...
चैत्र २८ गते, २०८२ - २१:४५
नुवाकोट । आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ । आफैँले काटेको रुखले लागेर सोही स्थानका ३५ वर्षीय प्रेम त...
चैत्र २८ गते, २०८२ - २१:४२
ललितपुर। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीको सदस्यता शुल्क एक सय रुपैयाँ भएको बताएका छन्।ललितपुरमा आयोजित पार्टीको भेलालाई सम...
चैत्र २८ गते, २०८२ - २१:३१
दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा...
चैत्र २८ गते, २०८२ - २१:२९
नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । ...
चैत्र २८ गते, २०८२ - २०:०६
निजी अस्पतालको शुल्क नियन्त्रण गर्न स्तरीकरणको व्यवस्था
चैत्र २८ गते, २०८२ - १९:५७
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले पूर्वप्रधानमन्त्री लगायत उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्ने माग गर्दै आफू त्यसक...
चैत्र २८ गते, २०८२ - १९:५५
काठमाडौं । देशका विभिन्न स्थानबाट लागूऔषधसहित प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ। नवलपरासी पश्चिम, सुनवल नगरपालिका-२ मुखिया टोलबाट अवैध लागूऔ...
चैत्र २८ गते, २०८२ - १९:५१
दाङ । यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि रुपन्देहीले हात पारेको छ। आज सम्पन्न फाइनल खेलमा पाल्प...
चैत्र २८ गते, २०८२ - १९:४५
प्रधानमन्त्रीको निर्देशनमा दुई दिन चले, फेरि विमानस्थलतिर मोडिए


प्रतिकृया लेख्नुहोस्: