Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८२ मंगलवार | 6th May, 2025 Tue
Investment bank

गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य

खबरडबली संवाददाता

लेखनाथ । गण्डकी प्रदेश सभाको सातौं अधिवेशनले छ वटा विधेयक पारित गरेको छ । माघ २१ गते सुरु भएको हिउँदे अधिवेशनबाट १० विधेयक विभिन्न समितिमा पठाइएको छ । यो अधिवेशनमा १६ दिनमा १६ वटा बैठक बसेका छन् ।

मङ्गलबारको बैठकबाट प्रदेश सभा नियमावली संशोधन गरिएको छ भने समितिका सदस्यसमेत हेरफेर समेत भएका छन् । प्रदेशसभा सचिवालयका उपसचिव प्रेम सुवेदीले १६ दिन गरी २७ घन्टा ५३ मिनेट बैठक बसेको जानकारी दिए ।मङ्गलबार रातिदेखि अधिवशेन अन्त्य भएको छ ।

यो अधिवेशनले गण्डकी प्रदेशमा साझेदारी फर्मको नियमन र व्यवस्थापन गर्न बनेको विधेयक, गण्डकी प्रदेशमा सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मतसम्भार गर्नेसम्बन्धी विधेयक, सामयिक कर असुल गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । प्रदेशसभाबाट गण्डकी प्रदेश निजामती सेवा ऐन २०७९ लाई संसोधन गर्न बनेको विधेयक र जीवनाशक विषादी व्यवस्थान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसमेत पारित भएका छन् ।

यस अवधिमा गण्डकी प्रदेश औद्योगिक व्यवसाय ऐन २०७५ लाई संसोधन गर्न बनेको विधेयक, गण्डकी प्रदेशमा विद्युत विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, गण्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेका विधेयक प्रदेश सभामा पेस भएका छन् ।

गण्डकी प्रदेशका दलित अधिकार तथा सशक्तीकरण, अपांगता भएका व्यक्तिहरुको अधिकार, खानी तथा खनिज सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दर्ता भएका छन् । गण्डकी प्रदेशमा भवन निर्माण तथा बस्ती विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश खाद्य अधिकार तथा खाद्य गुणस्तर सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र गण्डकी प्रदेशका घरेलु मदिराको उत्पादनलाई नियमन र व्यवस्थापन गर्न बनेको विधेयक पनि प्रदेश सभामा पेस भएका छन् ।

सातौं अधिवेशनलाई व्यवस्थित बनाउन यसपालिबाट संसद बैठकलाई क्यालेन्डर अनुसार सञ्चालन गर्न थालिएको छ ।  

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आगामी बजेट बारे ओली देउवाकाे छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच करिब २ घण्टा छलफल भएको छ । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा ...

झन्डै २२ किलो लागुऔषध अफिमसहित दुईजना पक्राउ

बर्दिया । प्रहरीले बर्दियाको बाँसगढी नगरपालिकाबाट अवैध लागुऔषध अफिमसहित दुईजनालाई पक्राउ गरेको छ । आइतबार साँझ ५ बजे २१ किलो ५ सय ६७ ग्राम अफिमसहित उन...

हाइटेन्सन लाइनको पोलमा ठोक्किएर एक जनाको मृत्यु

रुपन्देही  । बुटवलको कालिकापथमा रहेको हाइटेन्सन पोलमुनि एक जनाको शव भेटिएको छ । उक्त शव शनिबारदेखि बेपत्ता रहेका तिलोत्तमा नगरपालिका–२ बस्ने २० वर्षीय...

मकालु हिमाल आरोहण गर्ने क्रममा एक अमेरिकी नागरिकको मृत्यु

सङ्खुवासभा । विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गर्ने क्रममा एक अमेरिकी पर्वतारोहीको मृत्यु भएको छ । मकालु गाउँपालिकाअन्तर्गत रहेको यो हिमाल आरोहण...

उदयपुरमा सवारी दुर्घटनामा एकको मृत्यु

उदयपुर । मदन भण्डारी लोकमार्गको उदयपुरको चौदण्डीगढी नगरपालिका–४ बर्खेडाँडा खण्डमा यात्रुबहाक बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहर...

इजरायली आक्रमणमा परी गाजामा २९ जनाको मृत्यु

गाजा । गाजा क्षेत्रमा सोमबार इजरायलद्वारा गरिएका हवाई आक्रमणहरूमा कम्तीमा २९ जना प्यालेस्टिनी नागरिकले ज्यान गुमाएका छन् भने कैयौँ घाइते भएका छन् । ...

बागलुङमा चालु आर्थिक वर्षकाे नौ महिनामा सडक दुर्घटनामा १८ जनाको मृत्यु

बागलुङ । बागलुङमा चालु आर्थिक वर्ष २०८१–८२ को नौ महिनामा सवारी दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका अनुसार ...

बागमतीमा सार्वजनिक विदा

मकवानपुर । बागमती प्रदेश सरकारले बुधबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । बुधबार प्रदेश सरकारको सरकारी कामकाजको भाषासम्बन्धी दिवसको अवसरमा बागमती प...

चीनमा डुङ्गा डुब्दा नौ जनाको मृत्यु, ७० जना अस्पतालमा भर्ना

बेइजिङ । दक्षिणपश्चिम चीनको एउटा रमणीय स्थानमा तीव्र हावाले पर्यटक बोकेको डुङ्गा पल्टिएपछि नौ जनाको मृत्यु भएको र ७० जनालाई अस्पतालमा भर्ना गरिएको सरक...

जबर्जस्ती करणी आरोपमा फरार युवक पक्राउ

सिरहा । सिरहामा जबरजस्ती करणी आरोपमा फरार रहेका एक युवकलाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा  बरियारपट्टी गाउँपालिका–१ का १९ वर्षीय विवे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending