काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजा बिरेन्द्रको पारिवारिक बंशनाश हुदाँ १३ दिन कपाल खोरिएर शोक मनाएको जनाएका छन् । माता पीता जिउँदै रहदाँ पनि कहिल्यै कपाल नखौरेको बेला आफुले कपाल खौरेर बिरेन्द्रको बंशनाशमा शोक मनाएको जनाउँदै थापाले शितल निवासमा बसेर उत्पात मच्चाउने काम भएको जनाएका हुन् ।
‘राजा बिरेन्द्रको बंशनाश हुदाँ १३ दिन कपाल खौरिने मै हुँ, जुन बेला गिरिजाबाबुले ढुंगामुढा खाइरहनु भएको थियो, राजसंस्था प्रति त्यस्तो सम्मान थियो’ थापाले भने, ‘तर, अहिले शितल निवासमा हुदाँ त काठमाडौंमा यत्रो उत्पात मच्चाउने काम भएको छ, नारायणहिटीमा नै भएको भए त के हुन्थ्यो, कल्पना गर्नु त ।’
नेपाली कांग्रेसले संबैधानिक राजसंस्था प्रति सदैव सम्मान गरेको तर राजाहरूलाइ नपचेको उनले जनाएका छन । ‘बिपी कोइराला माथी राजद्रोहसहित ७–७ मुद्दा लाग्दा पनि बोकेर हिडनु भयो, गिरिजाबाबुले ढुंगामुढा खाँदा पनि संबैधानिक राजसंस्था भन्नु भयो तर राजाले के गरे त भने उल्टै कांग्रेसलाइ नै दुःख दिने काम गरयो ।’
उनले राजतन्त्र फर्कने कुनै सम्भावना नरहेको भन्दै नेता मन नपरे परिवर्तन गर्न सकिने ५ बर्षे ब्यवस्था छ, सोही ब्यवस्थामा टेकेर असल नेताहरू छान्ने कामतर्फ लाग्यौं । ‘कतिसम्म राजाको बिरूद्द किताव लेख्ने मेरै क्षेत्रका नवराज सुबेदीलाई उचालेर राजाले उपद्रो मच्चाउन लगाए, योवाटै बुझिन्छ कि राजतन्त्र फर्कियो भने के हुन्छ ?’ उनको प्रश्न थियो ।
गणतन्त्रको विकल्प नभएको भन्दै सबैलाई सामाजिक सञ्जालवाट भए पनि जनचेतना जगाउन उनले आग्रहसमेत गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २२ गते, २०८२ - १५:३४
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रमा नागरिकलाई सशक्त बनाउन, राज्यको लगानीमाथि उनीहरूको निगरानी बढाउन र शासन प्रणालीलाई पारदर्शी बनाउन स...
बैशाख २२ गते, २०८२ - १५:३३
काठमाडौं ।वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्...
बैशाख २२ गते, २०८२ - १५:२३
काठमाडौं । नेपाली शेयर बजारमा आज पनि गिरावट आएको छ । साताको पहिलो कारोबार दिन आइतबार घटेको शेयर बजारमा घट्ने क्रम आज पनि निरन्तर भएको हो । धितोपत्र...
बैशाख २२ गते, २०८२ - १५:१५
काठमाडौं । काठमाडौं महानगरपालिकाले केही विद्यालयहरुले नेपाली भाषामा संवाद गरेमा दण्डित गर्ने वा जरिवाना गर्ने कार्य तत्काल बन्द गर्न निर्देशन दिएको छ ...
बैशाख २२ गते, २०८२ - १५:०८
धनकुटा । धरानबाट धनकुटाजाँदै गरेको १ ख २१७७ नम्बरको बस धनकुटाको गोठगाउँमा दुर्घटना भएको छ । दुर्घटनामा परी १४ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको...
बैशाख २२ गते, २०८२ - १५:०२
काठमाडौँ । नबिल बैंक लिमिटेड र भारतको अपोलो अस्पतालको प्रतिनिधि संस्था अपोलो इन्फर्मेसन सेन्टरबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । बैंकका ग्राहकहरुलाई...
बैशाख २२ गते, २०८२ - १४:५८
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ ०४७ पछि सार्वजनिक ओहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग निर्म...
बैशाख २२ गते, २०८२ - १४:५१
'सरकारको दुई तिहाइको बेलुन फुटिसक्यो'
बैशाख २२ गते, २०८२ - १४:४६
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार जनताको मुद्दा छाडेर बिचौलियाक...
बैशाख २२ गते, २०८२ - १४:४०
काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारको नीति तथा कार्यक्रममा प्रवासी श्रमिकहरूलाई बेवास्ता गरिएकाप्रति आपत्ति जनाएका छन् । प्रत...
प्रतिकृया लेख्नुहोस्: