Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

१ सय बर्ष पछि मठा फल्चाको पुनर्निमाण गरिदैँ

खबरडबली संवाददाता

काठमाडौं  ।  ‘ग्वलः देँ’ (ग्वलः देश) को प्राचीन स्वरुपलाई पुनरुत्थान गरिरहेको बताउँदै महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा–८ का अध्यक्ष आशामान संगतले, सांस्कृतिक सहरको गरिमा बचाउने प्रयासका बारेमा स्पष्ट पारेका छन । 

वडा नम्बर ८ नवाली टोलमा रहेको मठा फल्चाको शिलान्यास गर्दै उनले भौतिक संरचना पुनरुत्थान गरेर त्यससँग सम्बन्धित धार्मिक, सांस्कृतिक र सामाजिक क्रियाकलापलाई निरन्तरता दिने वातावरण बनाइने बताए । मठा फल्चा जयबागेश्वरी धुनी मठको सामुन्ने रहेको छ ।

यी दुई संरचनाको विचमा भैरव स्वरुपमा पूजा गरिने शिला छ । यस टोलबाट सञ्चालन गरिने बछलेश्वरी, पिंगलास्थान, बनकाली, भुवनेश्वरी जस्ता जात्रामा भैरव अगाडि आएर रथ रोक्ने र पूजा अर्चना गर्ने प्रचलन छ । श्रद्धाको यस क्रममा पूजा सामग्री राख्न फल्चा निर्माण भएको हुन सक्ने वडाध्यक्ष संगतको भनाइ छ ।  ‘धुनी मठ नेपाल संवत् ९०१ मा निर्माण भएको शिलालेखमा उल्लेख छ । ‘फल्चा पनि यससँगै निर्माण भएको हो ’ संगतले भने ।

फल्चा एक तलाको २ पाखे शैलीको हुनेछ । १९९० सालको भूकम्पबाट जीर्ण भएको फल्चा क्रमशः भत्किँदै गयो तर पुननिर्माण भने कहिल्यै भएन । जस्ताले घेरेर राखिएको फल्चा अहिले उपभोक्तामार्फत पुनःनिर्माण हुन थालेको हो । 

२०७९ यता सांस्कृतिक सम्पदा संरक्षणअन्तर्गत वडा कार्यालयले फल्चा पुनःनिर्माण, सांस्कृतिक क्रियाकलाप सञ्चालन हुने गरेको अतिक्रमित जग्गाको स्वामित्व फिर्ता, त्यस ठाउँमा भएका प्राचीन सम्पदा पुनरुत्थान गरिरहेको छ । इना गणेश मन्दिर, इटापाखाको स्वर्ण गणेश मन्दिर, जयबागेश्वरीको महामृत्युञ्जय मन्दिर, पशुपति परिसरको नित्यनाथ मन्दिर पुनःनिर्माण सम्पन्न भइसकेका छन् । 

साना साना धार्मिक संरचनाहरुमा पिङ्गलास्थान द्यःसहितका संरचना पुनःनिर्माण भइसकेका छन् । हराएकै १ सय वर्षभन्दा धेरै समय वितेको ब्रह्मा मन्दिर पुनःनिर्माणको काम भइरहेको छ । मन्दिर छैटौँ शताव्दी देखि सातौँ शताव्दीको विचमा निर्माण भएको अनुमान गरिएको छ । यो गायत्री मार्गमा छ । वडाले गुह्येश्वरी मन्दिरको प्रवेश द्वारको कलात्मकता जोगाएर पुनःनिर्माण गरेको छ । पिङ्गला स्थान र तिलगंगामा द्वार निर्माण गरेको छ । 

डवलीहरुमा नवाली टोलको नवाली डवली र पशुपति भुवनेश्वरी अगाडिको बज्रेश्वरी डवली पुनःनिर्माण गरिसकेको छ । सिफल सेतो ढोकादेखि जयबागेश्वरीसम्म ढुङ्गा विछ्याएको छ । यो कार्यलाई वडा भवनदेखि पशुपति क्षेत्रसम्म पु¥याउने योजना छ । वडाध्यक्ष संगतका अनुसार यस क्षेत्रमा रहेका घरहरुको बाहिरी मोहोडालाई मौलिक परम्परागत बनाउने कार्यको प्रक्रिया थालिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

चिसो बढेपछि जनकपुरका विद्यालयहरूमा एक दिन बिदा

जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...

आगलागीपीडित किसानलाई राहत: जलेको उखु चिनी मिलले खरिद गर्ने सहमति

सर्लाही  । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...

कैदीको कैद मिनाहा राष्ट्रपतिको अधिकार होइन: सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...

निर्मल निवासको छायाँमा फुटेको राप्रपा फेरि जोडिँदै, थापा–लिङ्देन एकताको औपचारिकता आज

काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...

आयोगको पत्रले कांग्रेसमा ल्यायाे तरंग, बयानअघि देउवासँग गोप्य रणनीति बनाउँदै रमेश लेखक

काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...

कठ्याङ्ग्रिदो जाडोले थिचिएका तराईकाे जीवन: गुन्द्री ओढेर भुइँमै रात काट्दै रौतहटकी ६० वर्षीया देवरतिया देवी

रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending