Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८२ मंगलवार | 6th May, 2025 Tue
Investment bank

चाइना साउदर्नले काठमाडौं–ग्वाङ्झाउमा रात्रिकालीन उडान पुनः सञ्चालन गर्ने

खबरडबली संवाददाता

काठमाडौं । चाइना साउदर्न एयरलाइन्सले यही अप्रिल १० देखि नेपाल–चीन उडान सेवा विस्तार गर्ने भएको छ । एयरलाइन्सले यही अप्रिलदेखि अक्टोबरसम्म काठमाडौं–ग्वाङ्झाउमा रात्रिकालीन उडान पुनः सञ्चालन गर्न लागेको जनाएको छ ।

कम्पनीका अनुसार काठमाडौं–ग्वाङ्झाउ दैनिक राति ११ः३० बजे उडान हुनेछ । साथै दिउँसो भइरहेको उडान तालिका समायोजन गरिएको छ । जसअनुसार अब काठमाडौं ग्वाङ्झाउका लागि दिउँसो १२ः५० बजे उडान हुने छ ।

“अप्रिल १० देखि मे महिनासम्म दिउँसोको उडान आइतबार, सोमबार, बुधबार र बिहीबार मात्र हुने छभने जुनदेखि अगस्टसम्म आइतबार र बिहीबार मात्र हुने छ । साथै सेप्टेम्बरदेखि अक्टोबरसम्म दिउँसो हुने उडान दैनिक सञ्चालन हुनेछन्”, कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

चाइना साउदर्नले उक्त अवधिमा उल्लेखनीय रूपमा सिट सङ्ख्या बढाउने योजनासमेत बनाएको छ । काठमाडौं–ग्वाङ्झाउतर्फ करिब ४५ हजार सिट र ग्वाङ्झाउ–काठमाडौं ४६ हजारभन्दा बढी सिट उपलब्ध गराइने छन् । कम्पनीका अनुसार गत वर्षको तुलनामा काठमाडौं–ग्वाङ्झाउमा १६ दशमलव पाँच प्रतिशत अर्थात् छ हजार सिट बढी हो भने ग्वाङ्झाउ–काठमाडौंमा १३ हजार अर्थात् ३९ दशमलव नौले बढी हो ।

उडान र सिट सङ्ख्यामा भएको वृद्धिले चीन–नेपालबिचको व्यापार, पर्यटन तथा सांस्कृतिक आदानप्रदानलाई थप बल पुर्‍याउने एयरलाइन्सको अपेक्षा छ ।

“यो उडान क्षमता वृद्धि चीन–नेपाल कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव र चीन–नेपाल पर्यटन वर्षको अवसरमा गरिएको हो, चाइना साउदर्नले सधैँ दुई देशबिचको पारस्परिक सम्बन्धलाई प्रवर्द्धनमा प्रतिबद्ध रहँदै आएको छ, जसले दुई देशका जनतालाई अझ सहज, सुविधाजनक र कुशल हवाई यात्रा अनुभव प्रदान गर्दै आएको छ । यसले नेपाल पर्यटन उद्योगको विकासमा योगदान पुर्याउनुका साथै, चीन–नेपाल मित्रता अझ प्रगाढ बनाउनेछ”, कम्पनीले भनेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आगामी बजेट बारे ओली देउवाकाे छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच करिब २ घण्टा छलफल भएको छ । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा ...

झन्डै २२ किलो लागुऔषध अफिमसहित दुईजना पक्राउ

बर्दिया । प्रहरीले बर्दियाको बाँसगढी नगरपालिकाबाट अवैध लागुऔषध अफिमसहित दुईजनालाई पक्राउ गरेको छ । आइतबार साँझ ५ बजे २१ किलो ५ सय ६७ ग्राम अफिमसहित उन...

हाइटेन्सन लाइनको पोलमा ठोक्किएर एक जनाको मृत्यु

रुपन्देही  । बुटवलको कालिकापथमा रहेको हाइटेन्सन पोलमुनि एक जनाको शव भेटिएको छ । उक्त शव शनिबारदेखि बेपत्ता रहेका तिलोत्तमा नगरपालिका–२ बस्ने २० वर्षीय...

मकालु हिमाल आरोहण गर्ने क्रममा एक अमेरिकी नागरिकको मृत्यु

सङ्खुवासभा । विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गर्ने क्रममा एक अमेरिकी पर्वतारोहीको मृत्यु भएको छ । मकालु गाउँपालिकाअन्तर्गत रहेको यो हिमाल आरोहण...

उदयपुरमा सवारी दुर्घटनामा एकको मृत्यु

उदयपुर । मदन भण्डारी लोकमार्गको उदयपुरको चौदण्डीगढी नगरपालिका–४ बर्खेडाँडा खण्डमा यात्रुबहाक बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहर...

इजरायली आक्रमणमा परी गाजामा २९ जनाको मृत्यु

गाजा । गाजा क्षेत्रमा सोमबार इजरायलद्वारा गरिएका हवाई आक्रमणहरूमा कम्तीमा २९ जना प्यालेस्टिनी नागरिकले ज्यान गुमाएका छन् भने कैयौँ घाइते भएका छन् । ...

बागलुङमा चालु आर्थिक वर्षकाे नौ महिनामा सडक दुर्घटनामा १८ जनाको मृत्यु

बागलुङ । बागलुङमा चालु आर्थिक वर्ष २०८१–८२ को नौ महिनामा सवारी दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका अनुसार ...

बागमतीमा सार्वजनिक विदा

मकवानपुर । बागमती प्रदेश सरकारले बुधबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । बुधबार प्रदेश सरकारको सरकारी कामकाजको भाषासम्बन्धी दिवसको अवसरमा बागमती प...

चीनमा डुङ्गा डुब्दा नौ जनाको मृत्यु, ७० जना अस्पतालमा भर्ना

बेइजिङ । दक्षिणपश्चिम चीनको एउटा रमणीय स्थानमा तीव्र हावाले पर्यटक बोकेको डुङ्गा पल्टिएपछि नौ जनाको मृत्यु भएको र ७० जनालाई अस्पतालमा भर्ना गरिएको सरक...

जबर्जस्ती करणी आरोपमा फरार युवक पक्राउ

सिरहा । सिरहामा जबरजस्ती करणी आरोपमा फरार रहेका एक युवकलाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा  बरियारपट्टी गाउँपालिका–१ का १९ वर्षीय विवे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending