लण्डन । बेलायतका वकिलहरूको एक समूहले प्यालेस्टिनी लडाकू समूह हमासमाथिको प्रतिबन्ध फुकुवा गर्न बेलायत सरकारसँग हमासले माग गरेको बताएको छ । प्रतिबन्धले बेलायतको मानव अधिकार प्रतिबद्धताको उल्लङ्घन गरेको तर्क गरेको छ र लडाकूहरूले ‘स्वतन्त्रता, क्षेत्रीय अखण्डता, राष्ट्रिय एकता र मुक्तिका लागि प्यालेस्टिनी जनताको सङ्घर्षको वैधता’ मा जोड दिएको अपिलमा जनाइएको छ ।
बेलायतले सन् २००१ मा हमासलाई ‘आतङ्कवादी समूह’ घोषणा गरेको थियो । संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घले हमासलार्य आतङ्कवादी समूह मान्दछन् । सरकारी वेबसाइटका अनुसार सन् २०२१ मा हमासको राजनीतिक दलमाथिपनि प्रतिबन्धलाई विस्तार गरी उक्त समूहलाई ‘जटिल तर एकल आतङ्कवादी सङ्गठन’ मानिएको थियो ।
बेलायतमा प्रतिबन्धित संस्थाप्रति सम्बद्ध हुनु, प्रोत्साहन दिनु र समर्थन जनाउनु लगायत अन्य कार्यहरू फौजदारी अपराध हुन् । गृह मन्त्रालयले भने यस विषयमा कुनै टिप्पणी नगरेको जनाएको छ । लण्डनस्थित ‘रिभरवे ल’ नामक कम्पनीले बुधबार बेलायतको गृह मन्त्रालयलाई बुझाएको जानकारी दिएको हो ।
“सशस्त्र सङ्घर्षलगायत सबै उपलब्ध माध्यमद्वारा विदेशी कब्जाको प्रतिरोध गर्ने वैध र नैतिक अधिकार स्पष्ट रूपमा अन्तर्राष्ट्रिय कानूनमा निहित छ,” विज्ञप्तिमा भनिएको छ । सन् २०२३ को अक्टोबर ७ मा गाजा पट्टीसँग जोडिएको इजरायलको सीमामा हमासको लडाकुसमूहले आक्रमण गरेको थियो जसमा इजरायलीमा बसोबास गर्ने स्वदेशी तथा विदेशी नागरिक गरी कम्तीमा एक हजार २ सय १८ जनाको मृत्यु भएको थियो ।
त्यसको बदलामा इजरायलले हमासलाई परास्त गर्ने प्रतिबद्धता जनाउँदै सञ्चालन गरेको हवाई तथा स्थल कारबाहीमा युद्ध सुरु भएदेखि अहिलेसम्म ५० हजारभन्दा बढी मानिसको मृत्यु भएको हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ‘रिभरवे ल’का अनुसार हमासका वरिष्ठ अधिकारी मौसा अबु मर्जौकले उक्त निर्देशन दिए ।
“हमासमाथि प्रतिबन्ध लगाएर बेलायतले प्यालेस्टिनी क्षेत्रमा गरेको आक्रमणमा आफ्नो प्रतिरक्षा गर्ने अधिकारबाट हमासलाई बञ्चित गरिरहेको छ,” अपिलबारे जानकारी गराउँदै समूहले सामाजिक सञ्जाल एक्समा जारी गरेको विज्ञप्तिमा भनिएको छ । उक्त निवेदनमा हमासको प्रतिबन्ध ‘असमान’ भएको तर्क गरिएको छ किनभने उक्त समूहले बेलायतको राष्ट्रिय सुरक्षामा ‘कुनै खतरा उत्पन्न गर्दैन’ ।
यस निवेदनको विपक्षी राजनीतिज्ञहरूले तीव्र आलोचना गरेका छन् । छायाँ विदेश सचिव प्रीति पटेलले समूहलाई ‘दुष्ट, इरान समर्थित आतङ्कवादी सङ्गठन’ को रूपमा निन्दा गर्नुभएको छ । पटेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हमासको अन्त्यका लागि अभियान चलाउनेहरूले यस आतङ्कवादी सङ्गठनले निम्त्याएको खतराको गम्भीरता बुझ्न सकेका छैनन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - २०:२३
काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...
पौष ६ गते, २०८२ - २०:२१
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...
पौष ६ गते, २०८२ - १९:५१
विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...
पौष ६ गते, २०८२ - १९:४३
काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...
पौष ६ गते, २०८२ - १९:३९
धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...
पौष ६ गते, २०८२ - १९:२८
काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...
पौष ६ गते, २०८२ - १९:२३
काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...
पौष ६ गते, २०८२ - १९:१७
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...
पौष ६ गते, २०८२ - १९:०९
काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...
पौष ६ गते, २०८२ - १८:१२
सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...




प्रतिकृया लेख्नुहोस्: