काठमाडौं । राजा फर्काउने आन्दोलनका कमान्डर दुर्गा प्रसाईँ झापाको भद्रपुरबाट पक्राउ परेको नेपाल प्रहरीले बताएको छ ।
आईजीपीको सचिवालयले विज्ञप्ति निकाल्दै दुर्गा प्रसाईँ र उनका बडिगार्ड दिपक खड्कालाई शुक्रबार भद्रपुरबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि काठमाडौं ल्याउँदै गरेको जनाएको हो ।
तीनकुनेको आन्दोलनलाई उत्तेजित बनाएर फरार रहेका प्रसाईँ हिजो भारतीय प्रहरीको नियन्त्रणमा आएका थिए । नेपाल प्रहरीसँगको समन्वयमा आसाम प्रहरीले नियन्त्रणमा लिएको थियो । आज नेपाल–भारत सीमावर्ती क्षेत्रबाट बुझाइएसँगै उनी नेपाल प्रहरीको नियन्त्रणमा आएका हुन् ।
प्रतिकृया लेख्नुहोस्: