Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

अमेरिकी कर वृद्धिको बदलामा थप कर वृद्धि गर्ने चीनकाे घोषणा

खबरडबली संवाददाता

बेइजिङ । चीनले शुक्रबार अमेरिकी सामानमा कर वृद्धि गरी १२५ प्रतिशत पुर्‍याउने बताएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको थप करसँगै अमेरिकाले चीनबाट आयात गर्ने सामानमा करको दायरा १४५ प्रतिशतले वृद्धि गरेको बदलामा चीनको यो प्रतिक्रिया आएको हो । चीनले थप कर वृद्धिले अमेरिकी आयातकर्ताहरूलाई सामान किन्नका लागि कुनै आर्थिक लाभ नहुने हुँदा अमेरिकी प्रशासनले लागु गर्ने थप करहरूलाई बेवास्ता गर्ने छ ।

विश्वका दुई ठुला अर्थतन्त्र भएका मुलुकले पालैपालो अतिरिक्त कर वृद्धिको घोषणा गरी विश्वको व्यापार क्षेत्रमा अवरोध खडा गर्न थालेपछि एक सातासम्म विश्व अर्थबजारमा उथलपुथल मच्चिएपछि बेइजिङले ट्रम्पको बढ्दो झुकावलाई ‘मजाक’ र ‘सङ्ख्याको खेल’ भन्दै खारेज गरिदिएको छ ।

ट्रम्पले विश्वमा व्यापक कर वृद्धि गरेर बजारमा उथलपुथल मच्चाएको आरोप चीनले लगाएको छ भने जवाफमा अमेरिकाले अराजकताको लागि ‘पूर्ण जिम्मेवारी बहन गर्नुपर्ने’ बताएको छ । ट्रम्पले निर्माताहरूलाई अमेरिकामा आफूलाई आधार बनाउन र देशहरूलाई अमेरिकी सामानहरूमा अवरोधहरू कम गर्न बाध्य पार्ने छडीको रूपमा दर्जनौँ प्रमुख मुलुककका लागि पीडादायी भनिएको व्यापक अतिरिक्त करहरू लागु गर्ने भएकाे छ ।

यस हप्ता बजार उथलपुथल पछि ट्रम्पले विश्व वाणिज्यको युद्धपछिको प्रणालीलाई पुनः मोडेल गर्न आफ्नो योजनाबाट पहिलोपटक पछि हट्दै बुधबार ९० दिनका लागि धेरै मुलुकमाथि लगाइएको करलाई स्थगन गरेका थिए । यद्यपि उनले चिनियाँ सामानको आयातमा लगाइएको अतिरिक्त करलाई निरन्तरता दिँदै कर वृद्धिलाई कुल १४५ प्रतिशतको आश्चर्यजनक विन्दुमा पुर्‍याए ।

बेइजिङको पछिल्लो चरणको प्रतिशोधका कारण शनिबारदेखि लागु हुने गरी कर १२५ प्रतिशत पुगेको छ । चिनियाँ अर्थ मन्त्रालयले अमेरिकाले चालेको थप कदमलाई नजरअन्दाज गरिने पनि बताएको छ । चीनले ‘हालको भन्सार स्तर’मा चीनमा निर्यात हुने अमेरिकी सामानका लागि बजार स्वीकृतिको कुनै सम्भावना छैन् ।

चिनियाँ वाणिज्य मन्त्रालयले भनेको छ, “संयुक्त राज्य अमेरिकाले चीनमाथि असामान्य रूपमा उच्च करको चरणवद्ध वृद्धि लागु गर्नु अर्थशास्त्रीय आधारमा कुनै व्यावहारिक महत्त्व छैन ।” मन्त्रालयका एक प्रवक्ताले भने, “यदि अमेरिकाले करवृद्धिको ‘नम्बर खेल’ जारी राख्यो भने चीनले यसलाई बेवास्ता गर्नेछ । बेइजिङले विश्व व्यापार सङ्गठन (डब्लुटिओ) मा पनि पछिल्लो चरणको करका विषयमा मुद्दा दायर गर्ने बताएको छ ।

सुन्दर कार्य

ट्रम्पले आफ्नो कर रणनीतिबाट उत्पन्न ‘सङ्क्रमण लागत र सङ्क्रमण समस्याहरू’ स्वीकार्नुभएको छ तर उहाँले आफ्नो निर्णयका कारण विश्वव्यापी बजार उथलपुथल भएको भन्ने कतिपय विश्लेषकहरूको दाबीलाई अस्वीकार गर्नुभएको छ ।  अन्तमा यो एक सुन्दर कुरा हुने छ,” उनले भने ।

उनले युरापेली सङ्घ (इयू)लाई प्रतिशोधात्मक करबाट जोगिन ‘निकै विवेकी’ भएको बताए । “इयू प्रतिशोधको घोषणा गर्न तयार थियो । त्यसपछि उनीहरूले चीनको सन्दर्भमा हामीले के गर्यौं भन्ने कुरा हेरे र सही निर्णय लिए,” अमेरिकी राष्ट्रपति ट्रम्पले भने ।

यद्यपि, २७ सदस्यीय इयू समूहकी प्रमुख उर्सुला भोन डेर लेयेनले फाइनान्सियल टाइम्ससँग कुरा गर्दै यदि ट्रम्पसँगको वार्ता असफल भयो भने उसले ‘व्यापक प्रतिकारात्मक उपाय’ अपनाउने बताए । “एक उदाहरण के हुनसक्छ भने हामी डिजिटल सेवाहरूको विज्ञापन राजस्वमा कर लगाउन सक्नेछौँ,” उनले भने । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले पनि इयूलाई करको प्रतिकार गर्नका लागि आवश्यक कदम चाल्न आग्रह गरेका छन् ।

“युरोपेली आयोगको छलफलमा हामीले आफूलाई बलियो रूपमा देखाउनुपर्छः युरोपले सबै आवश्यक प्रतिकारात्मक उपायहरूमा कदम चाल्न जारी राख्नुपर्छ,” उनले एक्समा भने ।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजसँग शुक्रबार भएको वार्तामा सीले चीन र इयूले यस विषयमा मिलेर काम गर्नुपर्ने बताएका थिए । “चीन र युरोपले आफ्नो अन्तर्राष्ट्रिय जिम्मेवारी पूरा गर्नुपर्छ र संयुक्त रूपमा अमेरिकाको एक पक्षीय दादागिरीपूर्ण अभ्यासको प्रतिरोध गर्दछ,” सीले भने ।

उनले अगाडि भने, “यसले उनीहरूको आफ्नै वैध अधिकार र हितको रक्षा मात्र गर्दैन, अन्तर्राष्ट्रिय निष्पक्षता र न्यायको रक्षा पनि गर्ने छ ।”

‘आक्रोशबाट कोही पनि विजयी नहुने’

वाल स्ट्रिटमा नयाँ गिरावट आएपछि शुक्रबार एसियाली बजारमा पुनः दबाब सिर्जना भएको छ । टोकियोमा चार प्रतिशतभन्दा बढीको गिरावट आएको छ भने सिड्नी, सियोल, सिङ्गापुर र अन्य देशमा पनि गिरावट आएको छ ।

चीनको पछिल्लो निर्णयबाट युरोपेली बजार पनि पछि हटेको छ । तेलको मूल्य र डलरको मूल्य विश्वव्यापी मन्दीको डरले ओरालो लागेको छ भने सुनको मूल्य ३,२०० अमेरिकी डलरभन्दा माथि पुगेको छ ।

‘एसपिआई एसेट म्यानेजमेन्ट’का स्टिफन इन्सले भने, “ट्रम्पको कर वृद्धिबाट चिनीको उच्च स्तर द्रुत गतिमा कम हुँदै गएको छ ।” “विश्वका दुई ठुला अर्थ व्यवस्थाहरू पूर्ण रूपमा विकसित व्यापार युद्धमा छन् र त्यहाँ कुनै विजेताहरू छैनन् ।

‘स्वर्ण युग’

ट्रम्पका नीतिका आलोचकहरू भन्छन् कि यसले जटिल आपूर्ति श्रृङ्खलामा निर्भर कम्पनीहरूका लागि अराजकता निम्त्याइरहेको छ, नजिकका सहयोगीहरूलाई अलग गरिरहेको छ र अमेरिकी उपभोक्ताहरूका लागि सामानहरू थप महँगो बनाइरहेको छ ।

तर उनका वाणिज्य सचिव हावर्ड लुटनिकले बिहीबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘स्वर्ण युग आउँदैछ । हामी हाम्रो हितको रक्षा गर्न, विश्वव्यापी वार्तामा संलग्न हुन र हाम्रो अर्थव्यवस्थालाई बलियो पार्न गर्न प्रतिबद्ध छौँ ।”

यसैबिच, अमेरिकी राष्ट्रपति ट्रम्पले ९० दिनपछि कर फिर्ता आउन सक्ने चेतावनी दिएका थिए । “यदि हामी सम्झौता गर्न सक्दैनौं भने हामी जहाँ थियौँ, त्यहीँ फर्कन्थ्यौँ,” उनले भने ।

क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले ट्रम्पको कदमलाई ‘स्वागतयोग्य राहत’ को संज्ञा दिँदै ओटावाले अप्रिल २८ मा हुने निर्वाचनपछि नयाँ आर्थिक सम्झौताका लागि वासिङ्टनसँग वार्ता थाल्ने बताए । भियतनामले अमेरिकासँग व्यापार वार्ता सुरु गर्न सहमति जनाएको छ भने पाकिस्तानले वासिङ्टनमा प्रतिनिधिमण्डल पठाउने भएको छ । ट्रम्पको व्यापार युद्धविरुद्ध चीनले सहयोगी खोज्न सङ्घर्ष गरिरहँदा राष्ट्रपति सीले अर्को साता भियतनाम, मलेसिया र कम्बोडियाको भ्रमण गरेका छन् । रासस/एएफपी

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...

ताप्लेजुङको हाङदेवामा भालुको आतंक

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...

फागुन २१ को निर्वाचन अपरिहार्य छ: कोइराला

विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...

चीन–नेपाल सम्बन्ध अद्वितीय छ: राजदूत छन सङ

काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...

छथर जोरपाटीमा आँप ब्लक विकास कार्यक्रम सञ्चालनमा समस्या

धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...

देशका महत्वपूर्ण मानिने औद्योगिक क्षेत्र एक दशकमा पनि बनेनन्

काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...

ललितपुरमा बोरामा प्याक गरेकाे अवस्थमा शव फेला

काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...

निर्वाचन नजिकिँदै गर्दा ८ जिल्ला सीडीओविहीन

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...

आइसिसी टी–२० विश्वकपकाे लागि २४ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...

लहान नगरपालिकाद्वारा विपन्न परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग

सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending