उदयपुर। त्रियुगा नगरपालिका–१४ साउने र वडा नं १५ खाँबु तथा छामलिङ क्षेत्रमा दुई वर्षदेखि व्यावसायिक केरा उत्पादन गर्दै आएका कृषक केराका बोट मर्न थालेपछि चिन्तित बनेका छन् ।
त्रियुगा–१५ खाँबुका वडाध्यक्ष विष्णु तिमसिनाका अनुसार खाँबु क्षेत्र नगरपालिका क्षेत्रको नै केरा पकेट क्षेत्र रहँदै आएको तर एक–दुई वर्षयतादेखि केरामा विभिन्न प्रकारका रोगका कारण बोट मर्न थालेका छन् ।
यस्तै, त्रियुगा–१४ साउनेका वडाध्यक्ष हेमराज मगरका अनुसार साउने क्षेत्रको सुनकोसी किनार क्षेत्र १ नम्बर केरा उत्पादन क्षेत्र रहँदै आए पनि हाल आएर केराका बोटमा रोग लाग्न थालेको र पसाउने गरेको केरा पनि मर्न थालेपछि कृषक चिन्तित बन्न थालेका छन् ।
वडा नं १५ छामलिङका कृषक देवबहादुर मगर भन्छन्, “आफ्नो पाखाबारी घरजग्गा सबै ३० रोपनीभन्दा पनि बढी जग्गामा केराखेती नै गर्दै आएको र वार्षिक रु दुई लाखसम्मको केरा बिक्री गर्ने गरेको भए पनि हाल आएर केराका बोट नै मर्न थालेका कारण अहिले केराखेतीबाट आम्दानी हुन छाडेको छ ।”
केराका बिरुवा नै पहेँलो हुने र बोटको फेदमा कुहिएर मर्न थालेपछि फल लागेका केराका बोट नै मर्ने गरेको अँधेरीका कृषक नारायण पुलामी मगर बताउँछन् । दुई वर्षदेखि गाउँका केराका बोटको फेद कुहिने र बोट मर्न थालेपछि गाउँमा केरा उत्पादनमा ठूलो घाटा लाग्न थालेको अँधेरीका अर्का कृषक हर्कबहादुर राईले बताए ।
वडा नं १५ का वडाध्यक्ष तिमसिना भन्छन्, “आफूले कृषि ज्ञान केन्द्रका प्राविधिकसँग पनि यस विषयमा परामर्श लिएको र केराका बोट कुहिन थालेपछि सबै केरा मासेर नयाँ बिरुवा रोप्नुपर्ने, गुभारा किराजस्ता रोगका कारण यस्तो भएको भन्ने सुझावका आधारमा गाउँका कृषकलाई पुरानो रोग लागेको केरा मासेर सो स्थानमा अब नयाँ बिरुवा लगाउन सुझाव दिएको छु ।”
कृषि ज्ञान केन्द्रका अनुसार गोभारा किरा र पहेँले रोगका कारण केराका बोट कुहिने, पहेँलो हुने र मर्ने गरेका छन् । नगरपालिकाका– १४ साउने र धाप्लाङ तथा १५ को खाँबु, अँधेरी, छामलिङलगायत सुनकोसी किनार क्षेत्र केरा पाकेट क्षेत्रका रुपमा रहँदै आएका छन् । स्थानीय कृषकका अनुसार यी क्षेत्रमा प्रायः परपम्परागत केरा नै बढी उत्पादन हुने गरेको छ । झप्री, मर्चे, मुङ्ग्रे, मालभोक, चिनियाचम्पा प्रजातिका केरा यी क्षेत्रमा उत्पादन हुने गरेको कृषक बताउँछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २८ गते, २०८२ - २१:५३
भोजपुर । सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । हरिय...
चैत्र २८ गते, २०८२ - २१:४५
नुवाकोट । आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ । आफैँले काटेको रुखले लागेर सोही स्थानका ३५ वर्षीय प्रेम त...
चैत्र २८ गते, २०८२ - २१:४२
ललितपुर। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीको सदस्यता शुल्क एक सय रुपैयाँ भएको बताएका छन्।ललितपुरमा आयोजित पार्टीको भेलालाई सम...
चैत्र २८ गते, २०८२ - २१:३१
दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा...
चैत्र २८ गते, २०८२ - २१:२९
नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । ...
चैत्र २८ गते, २०८२ - २०:०६
निजी अस्पतालको शुल्क नियन्त्रण गर्न स्तरीकरणको व्यवस्था
चैत्र २८ गते, २०८२ - १९:५७
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले पूर्वप्रधानमन्त्री लगायत उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्ने माग गर्दै आफू त्यसक...
चैत्र २८ गते, २०८२ - १९:५५
काठमाडौं । देशका विभिन्न स्थानबाट लागूऔषधसहित प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ। नवलपरासी पश्चिम, सुनवल नगरपालिका-२ मुखिया टोलबाट अवैध लागूऔ...
चैत्र २८ गते, २०८२ - १९:५१
दाङ । यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि रुपन्देहीले हात पारेको छ। आज सम्पन्न फाइनल खेलमा पाल्प...
चैत्र २८ गते, २०८२ - १९:४५
प्रधानमन्त्रीको निर्देशनमा दुई दिन चले, फेरि विमानस्थलतिर मोडिए


प्रतिकृया लेख्नुहोस्: