Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

कङ्गोमा बालबालिकामाथि यौन हिंसा गम्भीर रूपमा बढ्दोः युनिसेफ

खबरडबली संवाददाता

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्र बाल कोष (युनिसेफ)ले पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डिआरसी) मा द्वन्द्वका कारण बालबालिकामाथि यौन हिंसाका घटनाहरू डरलाग्दो रूपमा बढिरहेको जनाएको छ ।

सन् २०२५ को जनवरी र फेब्रुअरी महिनामा भएको तीव्र द्वन्द्वको समयमा, औसतमा हरेक ३० मिनेटमा एक बालबालिका यौन हिंसाको शिकार भएको रिपोर्ट गरिएको युनिसेफले जनाएको छ । उक्त अवधिमा झण्डै १० हजार यौन हिंसासम्बन्धी घटनाहरू सङ्कलन गरिएका छन्, जसमा ३५ देखि ४५ प्रतिशत पीडितहरू बालबालिका रहेको युनिसेफका प्रवक्ता जेम्स एल्डरले जानकारी दिए ।

एल्डरले भने, “हामी छुट्टाछुट्टै घटनाको कुरा गरिरहेका छैनौँ । यो त गम्भीर मानवअधिकार सङ्कट हो । कतिपय पीडितहरू निकै साना बालबालिका हुन् । यौन हिंसालाई युद्धको हतियार र त्रास सिर्जना गर्ने माध्यमको रूपमा प्रयोग गरिएको देखिन्छ । यसले परिवार र समुदायमा गहिरो असर पारिरहेको छ ।” उनले अझै धेरै घटनाहरू डर, लाज वा असुरक्षाका कारण रिपोर्ट नभएको हुन सक्ने भन्दै अहिले उपलब्ध तथ्याङ्क ‘बरफको शिर मात्र’ हुनसक्ने चेतावनीसमेत दिए ।

युनिसेफले अन्तर्राष्ट्रिय समुदायलाई बालबालिकाको सुरक्षा र न्यायका लागि तत्काल तथा समन्वित प्रयास गर्न आग्रह गरेको छ । एल्डरले थपे, “हामीलाई रोकथामका लागि थप प्रयास, पीडितमैत्री सेवा र उजुरी गर्न सकिने सुरक्षित तथा विश्वसनीय माध्यमहरू आवश्यक छन् । पीडितहरूले महसुस गर्नुपर्छ कि विश्व उनीहरूका पक्षमा उभिएको छ । साथै, अपराध गर्ने व्यक्तिहरूले कानुनी जिम्मेवारी बहन गर्नैपर्छ ।” 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...

ताप्लेजुङको हाङदेवामा भालुको आतंक

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...

फागुन २१ को निर्वाचन अपरिहार्य छ: कोइराला

विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...

चीन–नेपाल सम्बन्ध अद्वितीय छ: राजदूत छन सङ

काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...

छथर जोरपाटीमा आँप ब्लक विकास कार्यक्रम सञ्चालनमा समस्या

धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...

देशका महत्वपूर्ण मानिने औद्योगिक क्षेत्र एक दशकमा पनि बनेनन्

काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...

ललितपुरमा बोरामा प्याक गरेकाे अवस्थमा शव फेला

काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...

निर्वाचन नजिकिँदै गर्दा ८ जिल्ला सीडीओविहीन

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...

आइसिसी टी–२० विश्वकपकाे लागि २४ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...

लहान नगरपालिकाद्वारा विपन्न परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग

सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending