Ntc summer Offer
Khabar Dabali १६ बैशाख २०८२ मंगलवार | 29th April, 2025 Tue
Investment bank

बैतडीमा असिनाले बालीनालीमा क्षति

खबरडबली संवाददाता

बैतडी । बैतडीमा असिनापानीले बालीनालीमा क्षति गरेको छ । शनिबार दिउँसो परेको असिनाले काटेर भित्र्याउने बेलाका गहुँबालीसँगै साग, तरकारीका बेर्ना र फलफूलमा क्षति गरेको हो । रोप्न तयार पारेका तरकारीका  बेर्नाको नामोनिसान नरहने गरी नष्ट पारेपछि यहाँका किसान चिन्तित भएका छन् । 

शनिबार दिउँसो तीन बजेतिर परेको असिनापानीले पाटन नगरपालिका वडा नं ८ र ९  मा अन्नबाली तथा तरकारी खेतीमा व्यापक क्षति गरेको किसान जयन्ती बिजले बताए ।यसैगरी सूर्नया गाउँपालिकाको वडा नं ६ को मुसे, रौटेलगायत गाउँमा परेको असिनापानीले यहाँका किसानको पाक्न लागेको गहुँबाली सखाप पारेपछि बर्खाको समय अब के खाने भन्दै चिन्तामा परेको किसान उद्धवबहादुर चन्दले बताए ।

शनिबार ३ बजे दिउँसो मुसलधारे वर्षासँगै परेको असिनापानीले यहाँका अधिकांश किसानको गहुँबालीमा क्षति भएको सूर्नया गाउँपालिका ६ का किसान पदमराज भट्टले  बताए । असिनाले बैतडीका धेरैजसो गाउँमा किसानको गहुँबाली, सागपातका बेर्ना र फलफूलमा क्षति गरेपछि अहिले यहाँका किसान चिन्तित भएको ज्याफूका लोकबहादुर ऐरीले बताए ।

शनिबारको असिनापानीले बैतडीका विभिन्न ठाउँमा ठुलो क्षति गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । तरकारी र हिउँदेबालीलाई अहिले असिनापानीले क्षति गरेपछि यहाँका किसान तनावमा छन् । पाक्न थालेको बाली असिनापानीले सबै नष्ट पारेपछि के खाएर बस्ने भन्ने चिन्ता पर्न थालेको किसान बिर्मा भण्डारीले बताए ।

असिनापानीले गहुँबालीमा मात्र क्षति नभई यहाँका किसानको तरकारी तथा फलफूल खेतीमा समेत ठुलो क्षति गरेको पाटन नगरपालिका ९ की कमला भण्डारीले बताए । उनले भने, ‘असिनापानीले कहाँ के कति क्षति भएको भन्ने कुरा एकिन भइसकेको छैन ।’

पाटन नगरपालिका वडा नम्बर ८, ९ र  सूर्नया गाउँपालिका वडा नं ६ लगायतका  क्षेत्रमा असिनापानीले गहुँबालीमा क्षति गरेको भन्ने कुरा जानकारीमा आएको पाटन नगरपालिका वडा नम्बर ९ का अध्यक्ष कालु सिंह भाटले बताए । उनले भने, कहाँ के कति क्षति भएको छ भन्ने कुरा एकिन गर्ने गरी भोलि किसानको खेतबारीमा जाने तयारी गरिरहेका छौं ।’

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्वसाधारणलाई कुटपिट गर्ने ट्राफिक प्रहरी जिम्मेवारी विहीन

काठमाडौं । बाटाेमा हिडिरहेका सर्वसाधारणलाई निर्घात कुटपिट गर्ने चारैजना ट्राफिक प्रहरीकाे जिम्मेवारी खाेसिएकाे छ । कुटपिट गरेकाे घटना सार्वजनिक भए लगत...

सङ्खुवासभा पहिरोले मकालु र भोटखोला गाउँपालिकामा सडक अवरुद्ध

सङ्खुवासभा । उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको मकाल र भोटखोला गाउँपालिकामा सडक अवरुद्ध भएको छ । लगातारको वर्षासँगै आएको पहिरोले मकालु गा...

कटारीबाट माओवादीको ९ दिने जनसाङ्गितिक अभियान सुरु

युवराज कार्की (सन्ताेष) उदयपुर । उदयपुरको कटारीबाट प्रदेश १ (कोशी) प्रदेशमा नेकपा (ओवादी केन्द्र) को ९ दिने जनसाङ्गितिक अभियान सुरु भएको छ । माओवाद...

संरक्षणको पर्खाइमा मोरङको कोलुङ झरना

 मोरङ । तराईमा पनि झरना हुन्छ भन्दा धेरैलाई अचम्म लाग्न सक्छ । तर, मोरङको सामलिङमा मनै लोभ्याउने झरना छ । यो ‘कोलुङ झरना’ तराई र पहाडको फेदीमा रहेको म...

नयाँबस्तीमाथि बाँसबारीको सहज जित

काठमाडौं । बाँसबारी क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा नयाँबस्ती क्लबमाथि सहज जित निकालेको छ । एन्फा मैदानमा बिहीबार भएको खेलमा बाँसबारीले नयाँबस्ती...

गभर्नर नियुक्तिमा ढिलाइ हुनु दुर्भाग्यपूर्ण: महत

काठमाडाैं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा ढिलाइ गर्न नहुने बताएका छन् । बिपी चिन्तन प्रतिष्...

एमालेबाट भयभित भएकाहरूले सरकार ढल्ने भ्रम फिँजाए: प्रधानमन्त्री

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको राष्ट्रवादी अडान र जनपक्षीय दृष्टिकोणबाट भयभित भइरहेकाहरूले दिनैपिच्छे सरकार ढल्ने हल्ला गर्दै भ्रम...

सरकारले निजी मेडिकल कलेजहरूलाई दिँदै आएका सेवाहरू राेकिने

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी मेडिकल कलेजहरूलाई दिँदै आएका सेवाहरू रोक्ने घोषणा गरेको छ । आवासीय चिकित्सकहरूलाई तलब नदिँदासम्मका...

नेपाल युथ गेम्स मङ्सिरमा

काठमाडौं । सार्थक खेल संसारको आयोजनमा नेपाल युथ गेम्स आगामी मङ्सिर १३ देखि २० गतेसम्म काठमाडौंमा हुने भएको छ । प्रतियोगितामा १५ वर्षमुनिका खेलाडीले...

गेटाफेमाथि रियलको कठिन जित

काठमाडौं । रियल म्याड्रिडले स्पेनिस ला लिगामा गेटाफेमाथि कठिन जित निकालेको छ ।  बुधबार राति भएको खेलमा रियलले गेटाफेलाई उसैको मैदानमा १–० गोलले हरा...

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

chisankhugadi palika tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending