झापा । झापाको कनकाई नगरपालिका–१ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
शनिबार बिहान आफ्नै घरको विद्युतीय मोटर मर्मत गर्ने क्रममा करेन्ट लागेर ६६ वर्षीय ताराबहादुर विश्वकर्माको मृत्यु भएको हो ।
शनिबार बिहान ११ बजे घरको पानी तान्ने मोटरमा समस्या आएपछि मर्मत गर्नेक्रममा करेन्ट लागेर विश्वकर्मा घाइते भएका थिए ।
उपचारका लागि विर्तासिटी अस्पताल लगिएकोमा उपचारका क्रममा विश्वकर्माको मृत्यु भएको अस्पताललाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
प्रतिकृया लेख्नुहोस्: