झापा । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भूमि सम्बन्धी कानुन चाँडै आउने बताएका छन् ।शनिबार झापाको दमकमा कोशी प्रदेशस्तरीय जनजागरण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
भूमिको समस्याका कारण धेरै समस्याहरू रहेको उल्लेख गर्दै केही समयभित्र नै भूमिका सम्बन्धी कानुन आउने उल्लेख गरे । ‘‘भूमिहीन सुकुम्वासीको समस्या सामधान गर्नका लागि यो सरकार कटिबद्ध छ’’, उनले भने । अब आउने संसद अधिवेशनको शुरुवातमा नै भूमि सम्बन्धीको कानुन आउने प्रधानमन्त्री ओलीले दाबी गरे ।
यसैगरी प्रधानमन्त्री ओलीले कोशी प्रदेश र मूलकमा नै आधुनिक कृषि प्रणालीमा जोड दिएर उत्पादन बढाउन लाग्नु पर्नेमा जोड दिए । निर्वाहमूखी कृषि प्रणालीको अन्त्य गरेर अब उत्पादनको क्षेत्रमा लाग्न सबैलाई आग्रह पनि गरे । हामी परम्परागत खेतीप्रणालीबाट माथि उठ्न सक्दैनौ, उनले भने ।कृषिको आधुनिकीकरण र मेसिनीकरण आवश्यक छ, उहाँको भनाइ थियो ।
ओलीले कोशी प्रदेशमा अहिले ११ प्रतिशत गरिबी रहेको जनाउँदै यो गरिबीलाई शून्यमा झार्नका लागि आवश्यक नीति तथा कार्यक्रम ल्याइने बताए । कोशी प्रदेशमा करिब ११ प्रतिशत जनता रहेकोमा आगामी ५ वर्षमा त्यसलाई शुन्यमा झार्ने गरी काम अघि बढाउँदै छौँ, उनले भने ।
प्रतिकृया लेख्नुहोस्: