Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

पोखराको लेकसाइडमा नव वर्ष महोत्सव सुरु

खबरडबली संवाददाता

पाेखरा । पर्यटन राजधानी पोखराको लेकसाइडमा शनिबारबाट २० औं फेवा नव वर्ष महोत्सव सुरु भएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शनिबार आयोजित सभामा महोत्सव उद्घाटन गरे ।

होटल सङ्घ पोखरा नेपालले आयोजना गरेको महोत्सव वैशाख १ गतेसम्म चल्नेछ । महानगर प्रमुख आचार्यले पोखरा प्रकृति, संस्कृति र सहासिक गतिविधिको केन्द्र भएको उल्लेख गरे । “यस्तो पृथक र विशिष्ट अवस्था पर्यटकलाई अनुभूति दिने काम पर्यटन व्यवसायीको हो,” उनले भने, “स्थानीय सरकार यहाँहरुसँग सहकार्य गर्दै अघि बढ्न तयार छ।’’

प्रमुख आचार्यले पोखरालाई पर्यटनको राजधानी घोषणा गरेपछि पर्यटनमा क्षेत्रमा यसको उल्लेख्य प्रभाव देखिएको बताए । उनले पोखराको यातायात क्षेत्र सुधार्न र प्रविधिमैत्री बनाउने दिशामा काम भइरहेको उल्लेख गरे । पोखरा भ्रमण वर्ष २०२५ को अनेक कार्यक्रम सञ्चालन हुने जनाउँदै उनले नयाँ विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान थपिँदै जाने विश्वास व्यक्त गरे ।

पोखरामा जलन अस्पताल निर्माणका लागि पहल थालिएको उनको भनाइ छ । पोखरा भ्रमण वर्ष घोषणा सभामा भएको बेलुन विष्फोटबाट जलन पीडित बन्नुएका प्रमुख आचार्यले भने, “कोरियाली सहयोगमा अस्पतालको प्रारम्भिक कामअघि बढिसकेको छ।”

महोत्सवमा यस पटक भक्तपुरको बिस्केट जात्रा नयाँ आकर्षण हो । पञ्चेबाजा, भजन, रत्यौली जस्ता नेपाली मौलिक बाजा र नाच महोत्सव पनि हुँदै छन् । महोत्सवमा होटलले आफ्नो प्रकाशित दररेटमा २० प्रतिशत छुट दिने घोषणा गरेका छन् । आयोजक सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले महोत्सवले पोखराको आर्थिक क्षेत्र चलायमान बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा होटल संघ नेपाल अध्यक्ष विनायक शाह, होटल संघ नेपालका केन्द्रीय सदस्य भरतराज पराजुली, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे लगायतले बोलेका थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending