Ntc summer Offer
Khabar Dabali ४ बैशाख २०८२ बुधबार | 16th April, 2025 Wed
Investment bank

पुरानै व्यवस्थामा फर्किने कल्पना पनि गर्न सकिँदैन: उपप्रधानमन्त्री सिंह

खबरडबली संवाददाता

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले हजारौंको बलिदानी र संघर्षबाट प्राप्त अधिकारहरूको रक्षाका लागि संवेदनशील भएर सोच्नुपर्ने बेला आएको बताएका छन् ।

लाेकतान्त्रिक नेवा: खलसहितका संघसंस्थाले कीर्तिपुरमा आयाेजना गरेकाे नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिंहले आजको स्वतन्त्रता र अधिकार त्यतिकै प्राप्त नभएको बताएका हुन् ।

उनले लामो संघर्ष र हजारौंको बलिदानीबाट मात्रै अहिलेकाे परिवर्तन  सम्भव भएकाले यो अधिकारको महत्वलाई बुझेर त्यसको संरक्षणमा गम्भीर हुनुपर्नेमा सिंहकाे जाेड छ ।

'हामीले अधिकारलाई मात्रै उपभोग गर्न खोजेर हुँदैन । अधिकारसँगै जोडिएर आउने दायित्व र कर्तव्यहरूको पनि पालना गर्नुपर्छ,' अधिकार र कर्तव्य एकै सिक्काका दुई पाटा भएको स्मरण गर्दै मन्त्री सिंहले भने, 'हामीले पाएको अधिकारको संरक्षण हुने कि नहुने भन्ने कुरा हामीले नै गर्ने व्यवहारमा भर पर्दछ ।'

उनले प्राप्त अधिकार संस्थागत गर्दै राजनीतिक स्थायित्व कायम गरेर समृद्धिकाे बाटाेमा अघि बढ्नुपर्ने धारणा राखे । अधिकारको महत्व नबुझेका कतिपयले अहिले व्यवस्थामाथि नै प्रश्न गरिरहेको सिंहले बताए ।

अधिकार खोसिनुको पीडा भोग्ने र बुझ्नेहरूलाई थाहा भएकाे भन्दै उपप्रधानमन्त्री सिंहले पुरानै व्यवस्थामा फर्किने विषयमा कल्पनासम्म पनि गर्न नसक्ने बताए । जनतामा रहेको निराशालाई असल काम र व्यवहारले चिर्दै जानुपर्नेमा उनले जोड दिए । नयाँ वर्षकाे अवसरमा उनले सबैलाई सुख, शान्ति र समृद्धिका लागि शुभकामना पनि व्यक्त गरे ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाँचथरमा चौंरी महोत्सव : थरीथरीका चौंरी हेर्दै रमाए पर्यटक

पाँचथर । नयाँ वर्षको अवसरमा चौँरी महोत्सव । समुद्र सहतबाट तीन हजार ४५० मिटर उचाइमा रहेको फालेलुङ गाउँपालिका–४ चाररातेको चरनभरि चरिरहेका थरिथरीका चौँरी...

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्याे, लिटरमा कति ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ३ रुपैयाँ घटाएको छ । बुधबारदेखि लागु हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य...

काठमाडौं महानगरपालिकाद्वारा आफ्ना कुकुर–बिरालो दर्ता गर्न सूचना

काठमाडौं । काठमाडौं महानगरपालिकाले कुकुर–विरालो दर्ता गर्न सूचना जारी गरेको छ । महानगरपालिका क्षेत्रमा कुकुर/बिराला चोरी भएको, हराएको तथा छाडा छोडि...

गुल्मीमा रोल्पाका एक जना पुरुष मृत फेला

गुल्मी । गुल्मीमा एक जना पुरुष मृत फेला परेका छन् । गुल्मी प्रहरीका अनुसार मदाने गाउँपालिका-६ मा रोल्पाको लुङग्री गाउँपालिका-२ का करिब ५० वर्षीय शि...

गैँडाको शून्य चोरीसिकार पाँच सय दिन कट्यो

चितवन । दुर्लभ एकसिङ्गे गैँडाको चोरीसिकार विगत पाँच सय १६ दिनदेखि रोकिएको छ । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा प्राकृतिक कारणले गैँडा मरे प...

सिन्धुली कलाघरबाट विश्वलाई जोड्ने कला–क्रान्ति सुरु हुने

सिन्धुली । नेपाली मौलिकता झल्किने घुमाउने घरको छानोमा गर्वका साथ झन्डा फरफराइरहेको देखिन्छ । दलानमा बाँसबाट बनाइएका आकर्षक मुड्का लस्करै छन् । अतिथि स...

निर्माणाधीन कुस्ती प्रशिक्षण कक्षमा बजेट अभाव

कञ्चनपुर । महेन्द्रनगरस्थित कभर्डहल परिसरमा निर्माणाधीन कुस्ती प्रशिक्षण कक्षमा बजेट अभाव भएको छ ।  प्रशिक्षण कक्ष नहुँदा खेलाडीहरुलाई नियमित अभ्या...

'पुटिन युक्रेनसँग ‘स्थायी शान्ति’ सम्झौताका लागि तयार'

वासिङ्टन । तीन वर्षभन्दा बढी चलेको युद्ध अन्त्य गर्ने वार्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूतले सोमबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिन...

सीको भियतनाम भ्रमणले अमेरिकालाई ‘बिगार्ने’ लक्ष्य छ: ट्रम्प

हनोई । चिनियाँ राष्ट्रपति सी जिनपिङले मङ्गलबार भियतनामका दिवङ्गत क्रान्तिकारी नेता हो ची मिन्हलाई हनोईको भ्रमणको अन्तिम दिन श्रद्धाञ्जली अर्पण गरे । अ...

युक्रेनमा पक्राउ परेका चिनियाँ सैनिकबारे बेइजिङद्वारा ‘कुप्रचार’ गरेको आरोप

बेइजिङ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले मस्कोले बेइजिङलाई आफ्नो आक्रमणमा तानेको आरोप लगाउनुभएपछि युक्रेनमा पक्राउ परेका आफ्ना दुई नागरिकबार...

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

chisankhugadi palika tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending