धनुषा । धनुषाको मिथिला नगरपालिका–११, चुरे क्षेत्रमा पर्ने दुधपानी र माथिल्लो बाहुनमारा बस्तीका बासिन्दाले खानेपानीको चरम समस्या भोगिरहेका छन् । सुक्खा मौसम सुरु भएसँगै धारामा पानी आउन छाडेपछि यहाँको जनजीवन प्रभावित बनेको हो ।
दुधपानी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष जितबहादुर घिसिङले खानेपानीको एक मात्र विकल्पका रूपमा रहेको धारामा पानी आउन छाडेकाले अहिले यहाँ खानेपानीको चरम अभाव भएको बताए । उनले भने, “मुहान नै सुकेपछि धाराबाट पानी आउन छाडेको छ । दुधपानी बस्तीका करिब १६० घरधुरीले पानीको अभाव झेलिरहेका छन् ।’’ उनले भने, “ट्याङ्कीदेखि सात सय मिटर उत्तरमा रहेको खानेपानीको मुहान चैतको पहिलो सातादेखि सुक्न थालेको हो । पहिले धारामा चौबिसै घण्टा पानी आउने गथ्र्यो । अहिले मुस्किलले एक घण्टा पनि पानी आउँदैन ।’’
दुई दिनअघि वर्षा भएकाले मुहानमा पानी जम्मा भएपछि धारामा पानी आउने समय केही बढेको अध्यक्ष घिसिङको भनाइ छ । उहाँले यस समस्याको दीर्घकालीन समाधानका लागि बस्तीनजिकै रहेको रातु नदीमा तटबन्ध निर्माण गरी त्यहाँबाट लिफ्टिङ प्रणालीमार्फत पानी बस्तीमा ल्याउने योजना बनाइएको जानकारी दिए ।
स्थानीय प्रेमबहादुर कार्कीले चुरे क्षेत्रको माथिल्लो बस्ती बाहुनमारा पनि खानेपानीको चर्को समस्या रहेको बताए । उनले भने, “सुक्खा मौसम सुरु हुनासाथ धारामा आउने पानी सुक्छ । त्यसपछि हामीलाई पानीको जोहो गर्न निकै गाह्रो पर्छ ।’’
उनका अनुसार बस्तीमा पानी अभावका कारण पशुपालन र खेतीपातीमा समेत असर परेको छ । खेत सुक्खा छन् । पशुका लागि जोहो गर्ने घाँस उमार्न गाह्रो भइरहेको छ । खानेपानी नहुँदा महिलाको दिनको धेरै जसो समय पानी खोज्नमै बित्ने गरेको छ ।
वन निर्देशनालय मधेश प्रदेशका वन अधिकृत तथा प्रकृति संरक्षण अभियन्ता सुरेश शर्माले पछिल्लो समय चुरे क्षेत्रमा पानीका मुहान सुक्दै जाने क्रम तीव्र बनेको बताए । मौसममा आएको परिवर्तन, वन विनाश, चुरे क्षेत्रको दोहन तथा विकास निर्माणका गतिविधिले पानीको सतह घट्दै गएको उनको भनाइ छ । उनका अनुसार यस वर्ष हिउँदमा पर्याप्त वर्षा नभएकाले जमिनमुनि पानीको सतह घटेर मुहान सुक्ने क्रम बढेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...
पौष ९ गते, २०८२ - १८:३९
जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...
पौष ९ गते, २०८२ - १८:३६
सर्लाही । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...
पौष ९ गते, २०८२ - १८:३२
काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...
पौष ९ गते, २०८२ - १८:२८
काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...
पौष ९ गते, २०८२ - ११:११
काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...
पौष ९ गते, २०८२ - १०:५०
रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...




प्रतिकृया लेख्नुहोस्: