Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

जुम्लाको सिंजा गाउँपालिकास्थित नराकोट बजारमा पहिलो पटक महोत्सव हुने

खबरडबली संवाददाता

जुम्ला । जुम्लाको सिंजा गाउँपालिकास्थित नराकोट बजारमा पहिलो पटक १२ दिन लामो सिंजा महोत्सवको आयोजना हुने भएको छ । सिंजा क्षेत्रको कृषि, पर्यटन, भाषा र संस्कृतिको साझा उत्सव रुपमा पहिलो पटक सिंजा महोत्सवको आयोजना हुने भएको हो ।

सिंजा सञ्चार केन्द्रको आयोजनामा सिंजामा पहिलो पटक १२ दिन लामो महोत्सव आयोजना हुने छ । आगामी वैशाख १० गतेदेखि २१ गतेसम्म १२ दिनसम्म सिंजा गाउँपालिका स्थित नराकोट बजार नजिकैको चुलेल गाउँ, चाँगामा सिंजा महोत्सव २०८२ सञ्चालन गरिने आयोजकले जनाएको छ ।

सिंजा सञ्चार केन्द्रको आयोजनामा तथा सिंजा गाउँपालिकाको संरक्षण र भावना एम्युजमेन्ट प्रालिको व्यवस्थापनमा हुने यस महोत्सवले सिंजाको भाषा, संस्कृति, कृषि, पर्यटन र व्यापारको समग्र प्रवर्धन गर्ने लक्ष्य लिएको छ । खस भाषा, संस्कृति र सभ्यताको प्रचार–प्रसार,जुम्लाको प्रसिद्ध कृषि उपज—मार्सी धान, स्याउ, सिमी, ओखर र रैथाने बालीहरूको प्रदर्शन तथा महत्वको चर्चा तथा ऐतिहासिक स्थलहरू—कनकासुन्दरी मन्दिर, विराट दरबार, पाण्डव गुफा, भैरवनाथ, केदारनाथ, हिमनदीहरू तथा सिजा उपत्यकाको पर्यटन प्रवद्र्धनका पहिलो पटक महोत्सवको आयोजना हुन लागेको छ ।

महोत्सवमा सिंजाको मौलिक भेषभूषा, जीवनशैली, मस्टो संस्कृति परम्परागत ज्ञानको संरक्षण र प्रदर्शन गरिने छ । १२ दिनसम्म चल्ने महोत्सवमा राष्ट्रियस्तरका चर्चित कलाकारहरूद्वारा सांगीतिक प्रस्तुती रहने छ । विभिन्न सांस्कृतिक कार्यक्रम, विविध वस्तुहरूका स्टल, मनोरञ्जनात्मक खेलहरू लगायतका कार्यक्रमहरू सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ । आयोजकले भनेको छ, ‘सिंजा क्षेत्रमै पहिलोपटक यति ठूलो स्तरमा आयोजना हुन लागेको “सिंजा महोत्सव २०८२” सम्पूर्ण देशवासीलाई आमन्त्रण गर्न चाहन्छ, आउनुहोस साथै हर्षको उत्सव मनाऔं, सिंजालाई चिन्नुहोस् र चिनाऔं ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गलत बाटाेमा कांग्रेस: संसद् पुनर्स्थापनाको रिट बोकेर सर्वोच्चमा

काठमाडौँ । प्रतिनिधिसभा विघटनको सवालमा देशभर राजनीतिक बहस चलिरहेकै बेला नेपाली कांग्रेस फेरि पनि विवादास्पद बाटोमा हिँड्न थालेको देखिएको छ ।  पार्ट...

इरानमा आर्थिक अपराधमा मृत्युदण्ड, विश्वभर आलोचना

तेहरान । इरानले आइतबार ठगी मामलामा दोषी ठहरिएका मोहम्मद रेजा गफ्फारीलाई फाँसी दिएको छ । गफ्फारी ‘रेजायात खोद्रो तारावत नोविन’ कम्पनीका मालिक थिए र कार...

स्रोत नखुलेको १२ लाख २९ हजार रुपैयाँसहित एक भारतीय पक्राउ

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ त्रिभुवननगरस्थित प्रहरी चौकीको पछाडिबाट स्रोत नखुलेको ठुलो परिमाणको नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई...

१४३ दलमा १०७ दललाई चुनाव चिन्ह

काठमाडौं । आगामी फागुन २१ गते निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणतिर पुगेसँगै निर्वाचन आयोगले राजनीतिक दलहरूलाई चुनाव चिन्ह वितरण...

काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन १० प्रतिशत बढ्ने प्रक्षेपण

काभ्रेपलाञ्चोक ।  यसवर्ष काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादनमा १० देखि १५ प्रतिशतसम्म बढ्नसक्ने प्रक्षेपण गरिएको छ । गत वर्ष भने बाढीपहिरोका कारण जिल्लाक...

अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढ्यो

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढेको छ । यसअघि ३७ मेगावाट रहेको आयोजनाको क्षमता बढाएर ४६ दशमल...

कालीगण्डकी करिडोरको मालढुङ्गा–बलेवा खण्ड कालोपत्र शुरु

बागलुङ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्डको मालढुङ्गा–बलेवा खण्डमा कालोपत्र सुरु भएको छ । कालीगण्डकी करिडोरको ...

झापामा तीन लाख ५४ हजार मेट्रिकटन धान उत्पादन

झापा । जिल्लामा यो वर्ष तीन लाख ५० हजार मेट्रिकटनभन्दा बढी बर्खे धान उत्पादन भएको छ । जिल्लामा ७२ हजार ७४२ दशमलव ६५ हेक्टरमा खेती हुँदा तीन लाख ५४ हजा...

बाँकेमा रासायनिक मलको जथाभावी प्रयोगले माटोको उर्वराशक्ति घट्दै

बाँके। रासायनिक मलको असन्तुलित प्रयोगले बाँकेमा माटोको अवस्था बिग्रिँदै गएको छ ।  उत्पादन बढाउने नाममा जथाभावी रासायनिक मल प्रयोग गरिँदा यहाँका माट...

महोत्तरीको बर्दिबास चुरे क्षेत्रमा प्राकृतिक पर्यटनको प्रचुर सम्भावना

महोत्तरी । महोत्तरीको पूर्वपश्चिम लम्बाइमा फैलिएको चुरे क्षेत्र ओगटेको बर्दिबास नगर क्षेत्रको प्राकृतिक पर्यावरण संरक्षण र संवर्द्धनबारे चासो बढेको छ।...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending