Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८२ शनिबार | 26th April, 2025 Sat
Investment bank

जुम्लाको सिंजा गाउँपालिकास्थित नराकोट बजारमा पहिलो पटक महोत्सव हुने

खबरडबली संवाददाता

जुम्ला । जुम्लाको सिंजा गाउँपालिकास्थित नराकोट बजारमा पहिलो पटक १२ दिन लामो सिंजा महोत्सवको आयोजना हुने भएको छ । सिंजा क्षेत्रको कृषि, पर्यटन, भाषा र संस्कृतिको साझा उत्सव रुपमा पहिलो पटक सिंजा महोत्सवको आयोजना हुने भएको हो ।

सिंजा सञ्चार केन्द्रको आयोजनामा सिंजामा पहिलो पटक १२ दिन लामो महोत्सव आयोजना हुने छ । आगामी वैशाख १० गतेदेखि २१ गतेसम्म १२ दिनसम्म सिंजा गाउँपालिका स्थित नराकोट बजार नजिकैको चुलेल गाउँ, चाँगामा सिंजा महोत्सव २०८२ सञ्चालन गरिने आयोजकले जनाएको छ ।

सिंजा सञ्चार केन्द्रको आयोजनामा तथा सिंजा गाउँपालिकाको संरक्षण र भावना एम्युजमेन्ट प्रालिको व्यवस्थापनमा हुने यस महोत्सवले सिंजाको भाषा, संस्कृति, कृषि, पर्यटन र व्यापारको समग्र प्रवर्धन गर्ने लक्ष्य लिएको छ । खस भाषा, संस्कृति र सभ्यताको प्रचार–प्रसार,जुम्लाको प्रसिद्ध कृषि उपज—मार्सी धान, स्याउ, सिमी, ओखर र रैथाने बालीहरूको प्रदर्शन तथा महत्वको चर्चा तथा ऐतिहासिक स्थलहरू—कनकासुन्दरी मन्दिर, विराट दरबार, पाण्डव गुफा, भैरवनाथ, केदारनाथ, हिमनदीहरू तथा सिजा उपत्यकाको पर्यटन प्रवद्र्धनका पहिलो पटक महोत्सवको आयोजना हुन लागेको छ ।

महोत्सवमा सिंजाको मौलिक भेषभूषा, जीवनशैली, मस्टो संस्कृति परम्परागत ज्ञानको संरक्षण र प्रदर्शन गरिने छ । १२ दिनसम्म चल्ने महोत्सवमा राष्ट्रियस्तरका चर्चित कलाकारहरूद्वारा सांगीतिक प्रस्तुती रहने छ । विभिन्न सांस्कृतिक कार्यक्रम, विविध वस्तुहरूका स्टल, मनोरञ्जनात्मक खेलहरू लगायतका कार्यक्रमहरू सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ । आयोजकले भनेको छ, ‘सिंजा क्षेत्रमै पहिलोपटक यति ठूलो स्तरमा आयोजना हुन लागेको “सिंजा महोत्सव २०८२” सम्पूर्ण देशवासीलाई आमन्त्रण गर्न चाहन्छ, आउनुहोस साथै हर्षको उत्सव मनाऔं, सिंजालाई चिन्नुहोस् र चिनाऔं ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्वसाधारणलाई कुटपिट गर्ने ट्राफिक प्रहरी जिम्मेवारी विहीन

काठमाडौं । बाटाेमा हिडिरहेका सर्वसाधारणलाई निर्घात कुटपिट गर्ने चारैजना ट्राफिक प्रहरीकाे जिम्मेवारी खाेसिएकाे छ । कुटपिट गरेकाे घटना सार्वजनिक भए लगत...

सङ्खुवासभा पहिरोले मकालु र भोटखोला गाउँपालिकामा सडक अवरुद्ध

सङ्खुवासभा । उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको मकाल र भोटखोला गाउँपालिकामा सडक अवरुद्ध भएको छ । लगातारको वर्षासँगै आएको पहिरोले मकालु गा...

कटारीबाट माओवादीको ९ दिने जनसाङ्गितिक अभियान सुरु

युवराज कार्की (सन्ताेष) उदयपुर । उदयपुरको कटारीबाट प्रदेश १ (कोशी) प्रदेशमा नेकपा (ओवादी केन्द्र) को ९ दिने जनसाङ्गितिक अभियान सुरु भएको छ । माओवाद...

संरक्षणको पर्खाइमा मोरङको कोलुङ झरना

 मोरङ । तराईमा पनि झरना हुन्छ भन्दा धेरैलाई अचम्म लाग्न सक्छ । तर, मोरङको सामलिङमा मनै लोभ्याउने झरना छ । यो ‘कोलुङ झरना’ तराई र पहाडको फेदीमा रहेको म...

नयाँबस्तीमाथि बाँसबारीको सहज जित

काठमाडौं । बाँसबारी क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा नयाँबस्ती क्लबमाथि सहज जित निकालेको छ । एन्फा मैदानमा बिहीबार भएको खेलमा बाँसबारीले नयाँबस्ती...

गभर्नर नियुक्तिमा ढिलाइ हुनु दुर्भाग्यपूर्ण: महत

काठमाडाैं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा ढिलाइ गर्न नहुने बताएका छन् । बिपी चिन्तन प्रतिष्...

एमालेबाट भयभित भएकाहरूले सरकार ढल्ने भ्रम फिँजाए: प्रधानमन्त्री

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको राष्ट्रवादी अडान र जनपक्षीय दृष्टिकोणबाट भयभित भइरहेकाहरूले दिनैपिच्छे सरकार ढल्ने हल्ला गर्दै भ्रम...

सरकारले निजी मेडिकल कलेजहरूलाई दिँदै आएका सेवाहरू राेकिने

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी मेडिकल कलेजहरूलाई दिँदै आएका सेवाहरू रोक्ने घोषणा गरेको छ । आवासीय चिकित्सकहरूलाई तलब नदिँदासम्मका...

नेपाल युथ गेम्स मङ्सिरमा

काठमाडौं । सार्थक खेल संसारको आयोजनमा नेपाल युथ गेम्स आगामी मङ्सिर १३ देखि २० गतेसम्म काठमाडौंमा हुने भएको छ । प्रतियोगितामा १५ वर्षमुनिका खेलाडीले...

गेटाफेमाथि रियलको कठिन जित

काठमाडौं । रियल म्याड्रिडले स्पेनिस ला लिगामा गेटाफेमाथि कठिन जित निकालेको छ ।  बुधबार राति भएको खेलमा रियलले गेटाफेलाई उसैको मैदानमा १–० गोलले हरा...

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

chisankhugadi palika tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending