मकवानपुर । आइतबार अपराह्न पानीसँगै परेको चट्याङ लागेर मकवानपुरमा एकजनाको मृत्यु भएको छ ।
यस्तै, दुईजना घाइते भएका छन् । मकवानपुर प्रहरीका अनुसार मृत्यु हुनेमा मनहरी गाउँपालिका–५, दरदराका २८ वर्षीय अबिर थिङ रहेका छन् ।
मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार मनहरी– ५, वसन्तपुरस्थित राप्तीखोलाको किनार हुँदै आफन्तको घर मनहरी– ५, डिल्लीपुरबाट आफ्नो घर दरदरातर्फ जाने क्रममा चट्याङ लागेर थिङको मृत्यु भएको हो ।
चट्याङ लागेर थिङको तत्कालै मृत्यु भएको प्रवक्ता अर्यालले बताए । उनका अनुसार थिङको साथमा रहेका उनका बुबा ५६ वर्षीय सिंहबहादुर थिङ र हिरामान गोलेका १० वर्षीय छोरा सौगात गोले घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको प्रवक्ता अर्यालले जानकारी दिए ।
प्रतिकृया लेख्नुहोस्: