अस्ट्रेलिया । अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायमाझ सनातन धर्मसंस्कृतिको संरक्षण गर्ने र यहाँ बसोबास गर्ने नेपाली समुदायको हितका लागि क्रियाशील सनातन समाज नेपालले अस्ट्रेलियाको राजधानी क्यानवेरामा पशुपतिनाथको मन्दिर निर्माण गर्ने भएको छ ।
अस्ट्रेलिया सरकारको नीति अनुरूप नेपाली समुदायको पहिलो र पुरानो गैरनाफामुलक संस्थाको रूपमा स्थापना भएको सनातन समाज अस्ट्रेलियाले २० करोड नेपाली रुपियाँको लागतमा यहाँ पशुपतिनाथ मन्दिर निर्माण गर्न लागेको संस्थाका अध्यक्ष सन्तोष मल्लले जानकारी दिए ।
अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायलाई समग्र धार्मिक गतिविधि गर्न र पुजाआजा गर्नका लागि आवश्यकता महसुस गरि मन्दिर निर्माण गर्ने योजना अगाडि सारिएको अध्यक्ष मल्लको भनाइ छ ।
अध्यक्ष मल्लका अनुसार मन्दिर निर्माण गर्ने योजना अनुरूप नक्सा तयार गरिसकेको र मन्दिरको लागि जग्गा व्यवस्थापन गर्न अष्ट्रेलिया सरकार र क्यानवेरा राज्य सरकारका विभिन्न तहका उच्च पदाधिकारीसँग छलफल भइसकेको छ । यस क्रममा क्यानवेराका मुख्यमन्त्री एण्डो बार, यातायात तथा सहरी विकासमन्त्री कृष स्टल, अस्ट्रेलियाका सांसद डेविड स्मिथ लगायत विभिन्न पदाधिकारीसँग छलफल भएको र उनिहरूले मन्दिरको लागि जग्गा व्यवस्थापनका साथै अष्ट्रेलियामा बस्ने हिन्दु धर्मावलम्वीको हित र उत्थानका लागि पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको सनातन समाज अस्ट्रेलियाका सचिव बासु चापागाईंले जानकारी दिए ।
अस्ट्रेलियामा करिब तीन लाख नेपालीको बसोबास रहदै आएको छ । संस्थाका कोषाध्यक्ष प्रकाश पोख्रेलले पशुपतिनाथ मन्दिर निर्माणका लागि २० करोडको लागत अनुमान गरिएको र यसका लागि यसअघि संस्थाले आयोजना गरेको श्रीमद्भागवत सप्ताह पुराणको क्रममा उठेको र उठ्न बाँकीसहितको आठ करोड त्यही मन्दिर निर्माणमा लगाइने बताए ।
यसबाहेक यहाँ रहेका नेपाली समुदाय, अस्ट्रेलिया सरकारको संयन्त्र लगायतबाट सहयोग जुटाएर मन्दिर निर्माण हुने बताइएको छ । सो मन्दिर परिसरमा सामुदायिक भवनसमेत निर्माण गर्ने योजना रहेको सनातन समाज अस्ट्रेलियाका जनसम्पर्क अधिकारी हेमन्त भण्डारीले जानकारी दिए ।
यसैबिच, सनातन समाज अस्ट्रेलियाले नयाँ वर्ष २०८२ को विशेष अवसरमा भोलि सोमबार क्यानवेरामा एक विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ । यहाँ बसोबास गर्ने करिब पाँच हजार नेपालीको उपस्थितिमा विशेष सांस्कृतिक कार्यक्रमसहित विभिन्न महानुभावलाई सम्मान गर्ने र एकआपसमा शुभकामना आदानप्रदान गर्न कार्यक्रम आयोजना गरिएको बताइएको छ ।
अस्ट्रेलिया सरकारका विभिन्न तहका पदाधिकारी, अस्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादव लगायतको उपस्थितिमा हुने कार्यक्रममा नेपाली गायक आन्नद कार्कीलगायत विभिन्न कलाकारले साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने पनि बताइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - २०:०२
बेइजिङ । चीनको कुल विदेशी व्यापार पहिलो ११ महिनामा वर्षभरको तुलनामा ३.६ प्रतिशतले बढेको आधिकारिक तथ्याङ्कले सोमबार जनाएको छ । चिनियाँ भन्सार प्रशा...
मंसिर २३ गते, २०८२ - १९:५९
रुपन्देही । लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय ३२ छाडा चौपाया रहेको तथ्याङ्क सार्वजनिक भएको छ । प्रदेश सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रा...
मंसिर २३ गते, २०८२ - १९:४८
कैलाली । कैलालीमा वन पैदावार बिक्री वितरणमा रोक लगाइएपछि एक लाख क्युफिट भन्दा बढी परिमाणमा काठ घाटगद्दीमै थन्किएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले...
मंसिर २३ गते, २०८२ - १९:४५
म्याग्दी । नेपाली कम्युनिष्ट पार्टीका नेता लीलामणि पोखरेलले राजनीतिक निकासका लागि आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको विकल्प न...
मंसिर २३ गते, २०८२ - १९:४१
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पुस ५ गतेसम्म केन्द्रदेखि प्रदेश र जिल्लासम्म सबै तहमा पार्टी एकता प्रक्रिया सम्पन्न गर्ने जनाएको छ । ...
मंसिर २३ गते, २०८२ - १८:५७
बेल्जियम । युरोपेली सङ्घ (ईयू) ले सोमबार आप्रवासन नीति कडा पार्ने महत्वपूर्ण कदम अनुमोदन गर्ने तयारी गरेको छ । यसअन्तर्गत ईयू बाहिर ‘फिर्ता केन्द्र’ ख...
मंसिर २३ गते, २०८२ - १८:५३
भियतनाम । भियतनामको नागरिक उड्डयन प्राधिकरण अनुसार, सन् २०२५ मा देशभरका विमान सेवाबाट करिब ८४ लाख यात्रु आवागमन हुने अनुमान गरिएको छ । जुन अघिल्लो वर्...
मंसिर २३ गते, २०८२ - १८:४९
पर्सा । विभिन्न कालखण्डमा मधेस प्रदेशमा अतिक्रमणमा परेको वन क्षेत्र सङ्घीयतापछि पनि फिर्ता ल्याउन सकस भएको छ । विसं २०७२ मा नयाँ संविधानसँगै सङ्घीयता ...
मंसिर २३ गते, २०८२ - १८:४५
काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीमा भाग लिन सोमबारसम्म ६७ दलले निवेदन दिएका छन् । आयोगकी सहायक प्रव...
मंसिर २३ गते, २०८२ - १८:०५
काठमाडाैँ । संयुक्त राष्ट्र सङ्घले सन् २०२६ का लागि मानवतावादी सहयोग जुटाउन वैश्विक आह्वान गर्दै विश्व समुदाय पीडित मानिसप्रति पर्याप्त संवेदनशील नदेख...




प्रतिकृया लेख्नुहोस्: