Khabar Dabali २८ कार्तिक २०८२ बिहीबार | 13th November, 2025 Thu
Investment bank

सुनको मूल्य तोलाको साढे २ लाख रुपैयाँ पुग्ने प्रक्षेपण

खबरडबली संवाददाता

काठमाडौं । अमेरिका र चीनबीच पछिल्लो समय ट्यारिफका कारण सुरु भएको व्यापार युद्धले सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा लगातार बढिरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य सोमबार प्रतिऔँस ३ हजार २२६ अमेरिकी डलर (करिब ४ लाख ४४ हजार रुपैयाँ)भन्दा बढीमा कारोबार भइरहेको छ। अर्थात सुनको प्रतितोलाको १ हजार ३२७.५ डलर (१ लाख ८३ हजार रुपैयाँ)मा कारोबार भइरहेको छ।

विदेशी इन्भेस्टमेन्ट बैंक गोल्डम्यान स्याक्सले अमेरिकी र चीनबीचको व्यापार युद्ध र बढ्दो मन्दीको आशंकाबीच सन् २०२५ सुनको मूल्य प्रतिऔँस ४ हजार ५०० डलर (करिब ६ लाख १९ हजार रुपैयाँ) पुग्ने अनुमान गरेको छ। व्यापार युद्ध र मन्दीको जोखिम उच्च तहमा पुगेको अवस्थामा सुनको मूल्य उक्त उचाइमा पुग्ने गोल्डम्यान स्याक्सको भनाइ छ।

यो अनुमान सही साबित भएमा यही वर्ष सुनको मूल्य तोलाकै १ हजार ८५० डलर अर्थात करिब २ लाख ५५ हजार रुपैयाँ पुग्ने देखिन्छ। नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला १ लाख ८६ हजार रुपैयाँ कायम भएको छ। जुन हालसम्मकै उच्च हो।

यसअघि मार्चमा गोल्डम्यान स्याक्सले सन् २०२५ मा सुनको मूल्य प्रतिऔँस ३ हजार ३०० डलरसम्म पुग्ने अनुमान गरेको थियो । तर, अमेरिका र चीनबीचको बढ्दो व्यापार युद्ध र मन्दीको जोखिम बढ्दै जाँदा गोल्डम्यान स्याक्सले आफ्नो अनुमान अझै बढाएर सुनको मूल्य प्रतिऔँ ४ हजार ५०० डलरसम्म पुग्ने प्रक्षेपण गरेको हो।

बढ्दो व्यापार युद्धले अमेरिकी अर्थव्यवस्थामा मन्दीको चिन्ता बढिरहेको छ। मन्दीको अवस्थामा सुरक्षित लगानीका रुपमा सुनको खरिद बढी हुन्छ। सुनको माग बढ्दा मूल्य पनि उकालो लाग्ने गर्छ।

हाल विश्व बजारमा सुनको माग बढिरहेको छ। किनकि सुनमा गरिएको लगानी सुरक्षित मानिन्छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाकाे ६ महिनाभित्र एकता महाधिवेशन गर्ने सहमति

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र डा. भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान, नेपालबीच सात बुँदे सहमति भएको छ। सहमति पत्रमा नेकपा संयोजक...

धमाधम राजीनामा दिँदै सरकारले फिर्ता बोलाएका राजदूतहरू

काठमाडौँ । सरकारले फिर्ता बोलाएका राजदूतहरूले राजीनामा दिन थालेका छन्। जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले विभिन्न ११ देशमा कार्यरत...

नेकपा र भीम रावल नेतृत्वको अभियानबीच ७ बुँदे सहमति, रावल छैटौँ वरीयतामा

काठमाडौँ – मातृभूमि जागरण अभियान औपचारिक रूपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित भएको छ। पेरिसडाँडामा आयोजित कार्यक्रममा नेकपाका संयोजक पुष्प...

धरहरा सरकारले बनाएको भन्ने तर गोली कसले चलायो थाहा छैन : सुरेन्द्र पाण्डे

चितवन । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले जेन–जी आन्दोलनका क्रममा कार्तिक २३ गते भएको घटनाको जिम्मेवारी तत्कालीन सरकारकै भएको बताएका छन्। ...

गौमुखी गाउँपालिकाको लापरबाहीमा किसान आक्रोशित, तीन वर्षसम्मपनि पाएनन् किसानले भुक्तानी

प्यूठान  ।  प्यूठानको लिबाङका किसान पदमबहादुर केसी र दिपक वलीले लगाएका बिरुवाको मूल्य तीन वर्ष बितिसक्दा पनि गौमुखी गाउँपालिकाले १२ लाख रुपैयाँ भुक्ता...

नेतृत्व फेरेर चुनावमा गए कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्छः कांग्रेस नेता जीवन परियार

काठमाडौं ।  नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले आगामी निर्वाचनअघि पार्टीको महाधिवेशन गर्नुको विकल्प नरहेको बताएका छन्। पार्टी केन्द्रीय सम...

दुर्गा प्रसाईं समूहसँग गृह मन्त्रालयमा वार्ता जारी

काठमाडौं । सरकार र दुर्गा प्रसाईं समूहबीच गृह मन्त्रालयमा वार्ता जारी छ। वार्तामा प्रसाईं स्वयं सहभागी छैनन्, तर उनका प्रतिनिधि टोली सहभागी भएका छन...

मधेशमा एक्लियो एमाले, कांग्रेस–मधेशी दल नजिकिँदै

काठमाडौं । विवादास्पद ढंगले प्रदेश सरकारको नेतृत्व सम्हालेसँगै एमाले मधेश प्रदेशमा एक्लो भएको छ।  यसअघि सत्ता सहयात्री रहेको नेपाली कांग्रेस मधेशी दलह...

ललितपुरमा योजनाबद्ध ‘दुर्घटना’ गरेर ११ लाख बराबरको सिक्री लुटपाट, एकजना पक्राउ

ललितपुर । ललितपुरमा योजनाबद्ध रूपमा स्कुटर दुर्घटना गराई ११ लाख रुपैयाँ बराबरको सुनको सिक्री लुटिएको खुलेको छ।  घटना असोज ५ गते राति करिब १२ बजे, जावल...

चार दलीय समाजवादी मोर्चाको यात्रा २८ महिनामै समाप्त

काठमाडौं । करिब २८ महिनाअघि समाजवादी क्रान्तिको आधार तयार पार्ने, राष्ट्रिय एजेन्डामा समान धारणा बनाउने र भविष्यमा पार्टी एकता गर्ने उद्देश्यले बनेको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending