काठमाडौं । अमेरिका र चीनबीच पछिल्लो समय ट्यारिफका कारण सुरु भएको व्यापार युद्धले सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा लगातार बढिरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य सोमबार प्रतिऔँस ३ हजार २२६ अमेरिकी डलर (करिब ४ लाख ४४ हजार रुपैयाँ)भन्दा बढीमा कारोबार भइरहेको छ। अर्थात सुनको प्रतितोलाको १ हजार ३२७.५ डलर (१ लाख ८३ हजार रुपैयाँ)मा कारोबार भइरहेको छ।
विदेशी इन्भेस्टमेन्ट बैंक गोल्डम्यान स्याक्सले अमेरिकी र चीनबीचको व्यापार युद्ध र बढ्दो मन्दीको आशंकाबीच सन् २०२५ सुनको मूल्य प्रतिऔँस ४ हजार ५०० डलर (करिब ६ लाख १९ हजार रुपैयाँ) पुग्ने अनुमान गरेको छ। व्यापार युद्ध र मन्दीको जोखिम उच्च तहमा पुगेको अवस्थामा सुनको मूल्य उक्त उचाइमा पुग्ने गोल्डम्यान स्याक्सको भनाइ छ।
यो अनुमान सही साबित भएमा यही वर्ष सुनको मूल्य तोलाकै १ हजार ८५० डलर अर्थात करिब २ लाख ५५ हजार रुपैयाँ पुग्ने देखिन्छ। नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला १ लाख ८६ हजार रुपैयाँ कायम भएको छ। जुन हालसम्मकै उच्च हो।
यसअघि मार्चमा गोल्डम्यान स्याक्सले सन् २०२५ मा सुनको मूल्य प्रतिऔँस ३ हजार ३०० डलरसम्म पुग्ने अनुमान गरेको थियो । तर, अमेरिका र चीनबीचको बढ्दो व्यापार युद्ध र मन्दीको जोखिम बढ्दै जाँदा गोल्डम्यान स्याक्सले आफ्नो अनुमान अझै बढाएर सुनको मूल्य प्रतिऔँ ४ हजार ५०० डलरसम्म पुग्ने प्रक्षेपण गरेको हो।
बढ्दो व्यापार युद्धले अमेरिकी अर्थव्यवस्थामा मन्दीको चिन्ता बढिरहेको छ। मन्दीको अवस्थामा सुरक्षित लगानीका रुपमा सुनको खरिद बढी हुन्छ। सुनको माग बढ्दा मूल्य पनि उकालो लाग्ने गर्छ।
हाल विश्व बजारमा सुनको माग बढिरहेको छ। किनकि सुनमा गरिएको लगानी सुरक्षित मानिन्छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ७ गते, २०८३ - १०:४६
काठमाडौँ । नेकपाका नेता वर्षमान पुनले आगामी निर्वाचनबाट आफ्नो पार्टी नयाँ ऊर्जा र जनसमर्थनसहित पुनः उदाउने दाबी गरेका छन्। पार्टीको एक कार्यक्रममा ...
आषाढ़ ७ गते, २०८३ - १०:३४
काठमाडौं । फिफा विश्वकपको ऐतिहासिक १०००औं खेलमा जापानले ट्युनिसिया विरुद्ध दुई गोलको अग्रता बनाएको छ । उत्तर अमेरिकामा भइरहेको फिफा विश्वकप २०२६ को...
आषाढ़ ७ गते, २०८३ - १०:२६
धनगढी । बाजुराको बुढीगंगा नगरपालिका–०८ रिठाबजार स्थित साँफेबगर–मार्तडी सडकखण्डमा ब्रेक फेल भई बस दुर्घटना हुँदा २४ जना यात्रु घाइते भएका छन् । आइतब...
आषाढ़ ७ गते, २०८३ - १०:१६
काठमाडौं । विश्व मौसम विज्ञान संगठन (डब्ल्यूएमओ)ले नेपालसहितका एसियाली मुलुकहरू जलवायु परिवर्तनको सबैभन्दा बढी असर भोगिरहेका क्षेत्र बनेको निष्कर्ष नि...
आषाढ़ ७ गते, २०८३ - १०:११
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन' पार्टीको पहिलो महाधिवेशनमा सहभागी हुने भएका छन्...
आषाढ़ ७ गते, २०८३ - १०:०९
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) ले प्रथम राष्ट्रिय महाधिवेशनका निम्ति चार हजार २११ प्रतिनिधि निर्धारण गरेको छ । सात प्रदेश, प्रवास, समायोज...
आषाढ़ ७ गते, २०८३ - १०:०५
काठमाडौं । हाल कोशी प्रदशको केहि स्थानमा मनसुनी वायूको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायू, स्थानीय वायू प्रभाव रहेको छ। देशका हिमाली र पहाडी भ...
आषाढ़ ६ गते, २०८३ - २२:०२
तेहरान । इरानले विश्वकै महत्त्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने होर्मुज स्ट्रेट पुनः बन्द गर्ने घोषणा गरेको छ। लेबनानमा जारी इजरायली आक्रमण र अमे...
आषाढ़ ६ गते, २०८३ - २२:००
पाल्पा । कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । बिहीबार साँझ नुहाउने क्रममा बगनासकाली गाउँपालिका–६ मन्द्राङस्थित कालीगण्ड...
आषाढ़ ६ गते, २०८३ - २१:४७
काठमाडौं । पछिल्ला केही दिनयता देशका विभिन्न क्षेत्रमा वर्षा सक्रिय बन्दै जाँदा तराईका जिल्लामा तापक्रम घट्न थालेको छ। जल तथा मौसम विज्ञान विभागका अनु...



प्रतिकृया लेख्नुहोस्: