Ntc summer Offer
Khabar Dabali १६ बैशाख २०८२ मंगलवार | 29th April, 2025 Tue
Investment bank

आयोगको १८ औँ बैठक बस्न चिकित्सक संघको माग

खबरडबली संवाददाता

काठमाडौं । नेपाल चिकित्सक संघले चिकित्सा शिक्षा आयोगको १८ औँ बैठक बस्न माग गरेको छ । संघले सोमबार विज्ञप्ति निकाल्दै  चिकित्सा शिक्षा आयोगको १८ औँ बैठक बस्न सरकार समक्ष माग गरेको हो ।

१७ औँ बैठकले सार्वजनिक संस्थामा स्नातकोत्तर तहको सिट सङख्या थप गरी विभिन्न सरोकारवालाले राखेका अन्य विषयमा उचित छलफल र आवश्यक निर्णय गर्ने गरी अर्को बैठक बस्ने निर्णय गरेको थियो । यि सबै परिप्रेक्षमा मुद्दाको समाधानका लागि कहिँ कतैबाट कुनै पहल नभएकाले १८ औँ बैठक बस्न माग गरेको संघका महासचिव डा.सन्जिव तिवारीले जानकारी दिए ।

सो बैठकबाट हाल स्नाकोत्तर तहमा अध्ययनरत र भोलिका दिनमा अध्ययन गर्न आउने आवासीय  चिकित्सकले सरकारी आठौँ तह बराबरको निवृत्तिभरण तत्काल पाउनुपर्ने, आयोगले प्रकाशित गरेको सिट म्याट्रिक्स मा १७ औँ बैठकले पुनः थपेको सिट सङ्ख्या समेत जोडी, एक सिट पनि नघटाई भविष्यमा पिजी सिट नघट्ने दिशामा जाने गरी अविलम्ब म्याचिङ प्रकृयाको सुरुवात हुनुपर्ने संघको माग छ ।

यि माग ७२ घण्टाभित्र सम्बोधन नभएमा संघ सम्पूर्ण चिकित्सकलाई चरणबद्ध आन्दोलनमा उत्रिन आवाहन गर्न बाध्य हुने चेतावनी विज्ञप्तिमार्फत सरकारलाई दिएको छ ।

आयोगको १६ औँ बैठकले सम्पूर्ण आवासीय चिकित्सकलाई नेपाल सरकारको आठौँ तहको मेडिकल अधिकृतले पाउने तलब बराबरको निवृत्तिभरण दिने निर्णय गरेपनि कार्यन्वयन हुन सकेको छैन ।

विगत लामो समयदेखि विभिन्न निजि मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सक एवम् एमडी/एमएस/एमडिएस लगायत विभिन्न स्नातकोत्तर तहमा अध्ययन गर्न सङ्घर्षरत परीक्षार्थी आन्दोलनरत छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्वसाधारणलाई कुटपिट गर्ने ट्राफिक प्रहरी जिम्मेवारी विहीन

काठमाडौं । बाटाेमा हिडिरहेका सर्वसाधारणलाई निर्घात कुटपिट गर्ने चारैजना ट्राफिक प्रहरीकाे जिम्मेवारी खाेसिएकाे छ । कुटपिट गरेकाे घटना सार्वजनिक भए लगत...

सङ्खुवासभा पहिरोले मकालु र भोटखोला गाउँपालिकामा सडक अवरुद्ध

सङ्खुवासभा । उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको मकाल र भोटखोला गाउँपालिकामा सडक अवरुद्ध भएको छ । लगातारको वर्षासँगै आएको पहिरोले मकालु गा...

कटारीबाट माओवादीको ९ दिने जनसाङ्गितिक अभियान सुरु

युवराज कार्की (सन्ताेष) उदयपुर । उदयपुरको कटारीबाट प्रदेश १ (कोशी) प्रदेशमा नेकपा (ओवादी केन्द्र) को ९ दिने जनसाङ्गितिक अभियान सुरु भएको छ । माओवाद...

संरक्षणको पर्खाइमा मोरङको कोलुङ झरना

 मोरङ । तराईमा पनि झरना हुन्छ भन्दा धेरैलाई अचम्म लाग्न सक्छ । तर, मोरङको सामलिङमा मनै लोभ्याउने झरना छ । यो ‘कोलुङ झरना’ तराई र पहाडको फेदीमा रहेको म...

नयाँबस्तीमाथि बाँसबारीको सहज जित

काठमाडौं । बाँसबारी क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा नयाँबस्ती क्लबमाथि सहज जित निकालेको छ । एन्फा मैदानमा बिहीबार भएको खेलमा बाँसबारीले नयाँबस्ती...

गभर्नर नियुक्तिमा ढिलाइ हुनु दुर्भाग्यपूर्ण: महत

काठमाडाैं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा ढिलाइ गर्न नहुने बताएका छन् । बिपी चिन्तन प्रतिष्...

एमालेबाट भयभित भएकाहरूले सरकार ढल्ने भ्रम फिँजाए: प्रधानमन्त्री

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको राष्ट्रवादी अडान र जनपक्षीय दृष्टिकोणबाट भयभित भइरहेकाहरूले दिनैपिच्छे सरकार ढल्ने हल्ला गर्दै भ्रम...

सरकारले निजी मेडिकल कलेजहरूलाई दिँदै आएका सेवाहरू राेकिने

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी मेडिकल कलेजहरूलाई दिँदै आएका सेवाहरू रोक्ने घोषणा गरेको छ । आवासीय चिकित्सकहरूलाई तलब नदिँदासम्मका...

नेपाल युथ गेम्स मङ्सिरमा

काठमाडौं । सार्थक खेल संसारको आयोजनमा नेपाल युथ गेम्स आगामी मङ्सिर १३ देखि २० गतेसम्म काठमाडौंमा हुने भएको छ । प्रतियोगितामा १५ वर्षमुनिका खेलाडीले...

गेटाफेमाथि रियलको कठिन जित

काठमाडौं । रियल म्याड्रिडले स्पेनिस ला लिगामा गेटाफेमाथि कठिन जित निकालेको छ ।  बुधबार राति भएको खेलमा रियलले गेटाफेलाई उसैको मैदानमा १–० गोलले हरा...

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

chisankhugadi palika tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending