Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

केटी पेरी महिला उडानमा अन्तरिक्षमा उडान भर्न तयार

खबरडबली संवाददाता

वासिङ्टन । पप स्टार केटी पेरी अर्बपति जेफ बेजोसको रकेटमा ब्रह्माण्डमा गर्जना गर्दै सोमबार अन्तरिक्षको किनारा छुने सम्पूर्ण महिला समूहमा सबैभन्दा ठुलो नाम हुनेछ ।

‘फायरवर्क’ र ‘क्यालिफोर्निया गर्ल्स’ गायिकालाई अमेजनका संस्थापक स्वामित्वमा रहेको अन्तरिक्ष कम्पनी ब्लु ओरिजिनको विमानमा पृथ्वीको सतहबाट १०० किलोमिटर (६० माइल) भन्दा माथि उडाइने छन् । बेजोसकी मङ्गेतर लरेन सान्चेजसहित अन्य पाँच महिला पश्चिमी टेक्सासबाट बिहान करिब ८ः३० बजे (१३३० जिएमटी) तिर प्रक्षेपण हुने उडानमा सहभागी हुने छन् ।

उनीहरूको पूर्ण स्वचालित यान ठाडो रूपमा उठ्नेछ । त्यसपछि चालक दल क्याप्सुल मध्य–उडानमा छुट्टिनेछ र पछि प्यारासुट र रेट्रो रकेटद्वारा गति कम गरेर जमिनमा फर्कनेछ ।
सन् १९६३ मा भ्यालेन्टिना तेरेस्कोभाको ऐतिहासिक एकल उडानपछि सोमबारको अभियान पहिलो महिला अन्तरिक्ष हो ।

यो ब्लु ओरिजिनको ११औँ उप–कक्षीय (सब–अर्बिटल) चालक दल सञ्चालन पनि हो, जसले धेरै वर्षदेखि अन्तरिक्ष पर्यटनको अनुभव प्रदान गर्दै आएको छ । कम्पनीले आफ्नो न्यु शेपर्ड रकेटले सम्भव बनाएको यात्राको मूल्य सार्वजनिक रूपमा बताउँदैन् ।

करिब १० मिनेटसम्म चल्ने यो उडानले यात्रुहरूलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त अन्तरिक्षको सीमा–कर्मन रेखाभन्दा बाहिर ल्याउनेछ । त्यहाँ एक छोटो अवधि हुनेछ जतिबेला महिलाहरूले आफ्नो सीटबाट बेल्ट खोल्न र शून्य गुरुत्वाकर्षणमा तैरिन सक्नेछन् ।

प्रेरणा

पेरीले हालै एले पत्रिकालाई ‘मेरी छोरी डेजीका लागि’ भाग लिइरहेको बताए । छोरीलाई उनले अभिनेता ओर्लान्डो ब्लुमसँग साझा गर्नुहुन्छ । पेरी ‘उनलाई आफ्ना सपनाहरूमा कुनै सीमा नराख्न प्रेरित गर्न’ सहभागी भइरहेकी छिन् । “उनको आँखाबाट प्रेरणा र उनको आँखामा भएको प्रकाश देखेर म निकै उत्साहित छु जब उनले त्यो रकेट गएको देख्छिन् र उनी भोलिपल्ट स्कुल फर्कन्छिन् र भन्छिन्, ‘आमा अन्तरिक्षमा जानुभयो’”, पेरीले भनिन् ।

उनले इन्स्टाग्राममा पोस्ट गरिएको छुट्टै भिडियोमा अन्तरिक्ष प्रशिक्षणका क्रममा उनले यात्रा गर्ने क्याप्सुललाई ‘कछुवा’ नाम दिइएको र ‘फेदर’ डिजाइनले सजाइएको बताइन ।ती दुवै नाम उनका आमाबाबुले उनका लागि राखेका दुई उपनाम हुन् ।

“त्यहाँ कुनै संयोग छैन र म यी पुष्टिहरूका लागि धेरै आभारी छु, र म मभन्दा ठुलो केही कुराले जहाज चलाइरहेको महसुस गर्छु त्यसका लागि पनि धेरै आभारी छु”, पेरीले भिडियोमा भनिन । 

आफ्नो सन् २००८ को हिट ‘आइ किस्ड अ गर्ल’ सँगै अन्तर्राष्ट्रिय मञ्चमा आउनुभएकी पेरी टिभी प्रस्तोता गेल किङ, फिल्म निर्माता केरियान फ्लिन, पूर्व नासा वैज्ञानिक आइशा बोवे र यौन हिंसा विरुद्धको अभियान समूहकी संस्थापक अमान्डा न्गुयेनसँग बस्नेछिन । उनिहरूले ५२ जना अघिल्लो ब्लु ओरिजिन यात्रुहरूलाई पछ्याउनुहुनेछ, जसमा लामो समयदेखि ‘स्टार ट्रेक’ का प्रमुख व्यक्ति विलियम स्याटनर पनि छन् ।

यस्ता उच्च प्रोफाइलका पाहुनाहरूले ब्लु ओरिजिनको काममा सार्वजनिक रुचि कायम राख्न उद्देश्य राखिएको छ, जसले अन्तरिक्ष पर्यटनको क्षेत्रमा धेरै प्रतिद्वन्द्वी फर्महरूसँग लडाइँ गरिरहेको छ । बेजोसको यात्री उडानहरूमा मुख्य प्रतिद्वन्द्वी भर्जिन ग्यालेक्टिक हो । यसले समान सब–अर्बिटल अनुभव प्रदान गर्दछ । तर ब्लु ओरिजिनको लक्ष्य एलन मस्कको स्पेसएक्ससँग सिधै प्रतिस्पर्धा गर्न भविष्यमा अन्तरिक्ष पर्यटकहरूलाई कक्षामा लैजाने हो ।

जनवरीमा ब्लु ओरिजिनको धेरै शक्तिशाली न्यु ग्लेन रकेटले आफ्नो पहिलो मानवरहित कक्षीय मिसन सफलतापूर्वक पूरा गरेको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...

ताप्लेजुङको हाङदेवामा भालुको आतंक

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...

फागुन २१ को निर्वाचन अपरिहार्य छ: कोइराला

विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...

चीन–नेपाल सम्बन्ध अद्वितीय छ: राजदूत छन सङ

काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...

छथर जोरपाटीमा आँप ब्लक विकास कार्यक्रम सञ्चालनमा समस्या

धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...

देशका महत्वपूर्ण मानिने औद्योगिक क्षेत्र एक दशकमा पनि बनेनन्

काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...

ललितपुरमा बोरामा प्याक गरेकाे अवस्थमा शव फेला

काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...

निर्वाचन नजिकिँदै गर्दा ८ जिल्ला सीडीओविहीन

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...

आइसिसी टी–२० विश्वकपकाे लागि २४ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...

लहान नगरपालिकाद्वारा विपन्न परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग

सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending