Ntc summer Offer
Khabar Dabali १ जेष्ठ २०८२ बुधबार | 14th May, 2025 Wed
Investment bank

माओवादीकाे तराई जागरण अभियान नवलपुरबाट पुन सुरु

खबरडबली संवाददाता

नवलपुर । नयाँ वर्षको अवसर पारेर माओवादी केन्द्रको तराई मधेस जागरण अभियान नवलपुरको गैंडाकोटबाट पुन सुरु गरेको छ । 

अभियानका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार गैंडाकोट आइपुगेका छन् । उनले गैडाकोटमा माओवादी कार्यकर्ताहरुलाई सम्बोधन गर्दै नयाँ बर्षको अवसर पारेर गैंडाकोटबाट अभियान पुन सुरु गर्न पाउँदा खुसी लागेको बताए ।

तीनकुनेको प्रदर्शनपछि राजावादीहरु अपराधिक तत्वको रुपमा नाङ्गिएको उनको टिप्पणी छ । माओवादी केन्द्रले राजनीतिक हस्तक्षेप नगरेको भए सो दिन ठूलो राजनीतिक दुर्घटना हुने अवस्था देखिएपछि काठमाडौंमा जनप्रदर्शन गरेको उनको दाबी छ ।

एकैदिन भएको समाजवादी मोर्चा र राजावादीहरुको प्रदर्शनले राजावादी कस्ता हुन्छन र गणतन्त्रवादीहरु कस्ता हुन्छन भनेर प्रष्टाएको उनले बताए । आफूहरुको प्रदर्शनले गणतन्त्रवादीहरु लोकतन्त्रप्रति उत्तरदायी छ भन्ने पुष्टि भएको बताउँदै पूर्वप्रधानमन्त्री प्रचण्डले मधेस जागरण अभियानले माओवादीप्रति जनताको भरोसा बढेको बताए । माओवादी मात्रै परिवर्तनशील पार्टी भएको उनको भनाई छ ।

प्रचण्डले भोलि गैंडाकोट, रजहर, कावासोती लगायतका स्थानमा सम्बोद्धन गर्ने कार्यक्रम रहेको छ भने कावासोतीमा माओवादी केन्द्रले नवलपुर केन्द्रित सभा गर्ने भएको छ ।  कार्यक्रममा सहभागी हुन हालै पार्टी उपाध्यक्षको जिम्मेवारीमा फर्किएका नन्दबहादुर पुन पासाङ लगायत केन्द्रीय नेताहरू गैंडाकोट आइपुगेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु

भारत । भारतको उत्तर क्षेत्रमा पर्ने पञ्जाब राज्यको अमृतसर जिल्लामा अवैध रक्सी सेवनका कारण २१ जनाको निधन भएको छ भने थप १० जना गम्भीर अवस्थामा अस्पतालमा...

किराँती राष्ट्रिय मुक्ति मोर्चाको संघीय अध्यक्षमा रामकुमार राई

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन किराँती राष्ट्रिय मुक्ति मोर्चाको संघीय समिति अध्यक्षमा खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामकु...

सत्यमोहन जोशीको एक सय छैटौँ जयन्तीकाे अवसरमा नइका तीन कृतिको लोकार्पण

काठमाडौं । वानीरा फाउन्डेसनले मङ्गलबार एक समारोहबिच काठमाडौँमा शताब्दी पुरुष डा.सत्यमोहन जोशीको एक सय छैटौँ जयन्ती मनाएको छ । सोही अवसरमा प्रसिद्ध ...

मर्मत तथा कालाेपत्रे गर्नकाे लागि कुलेखानी–कलंकी–हुमाने सडक खण्ड १९ दिनका लागि बन्द हुने

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौँडालाई संघीय राजधानी काठमाडौंसँग जोड्ने प्रमुख वैकल्पिक मार्ग मानिने कुलेखानी–कलंकी–हुमाने सडक खण्ड १९ दिनका ला...

शेख हसिनाको पार्टी निर्वाचनबाट प्रतिबन्धित

ढाका । बङ्गलादेशको निर्वाचन आयोगले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको राजनीतिक दल अवामी लिगको भविष्यको संसदीय चुनावमा सहभागिता रोक्ने गरी दर्ता निलम्बन ...

नाकाबन्दीका कारण गाजामा अनिकाल र जोखिमको चेतावनी

जेनेभा । लामो समयसम्म जारी नाकाबन्दीले मानवीय सहायता प्रवाह नहुँदा गाजामा अनिकाल र जोखिमको खतरा बढिरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले चेतावनी द...

पाकिस्तानी जेलबाट एक हप्तामा ३३० अफगान कैदी रिहा

काबुल । पाकिस्तानमा बन्दी बनाइएका कुल तीन सय ३० अफगान कैदीलाई रिहा गरी स्वदेश फिर्ता गरिएको मङ्गलबार शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयको आधिकारिक त...

काठमाडौँ जोड्ने कुलेखानी–हुमाने सडक १९ दिन बन्द हुने

मकवानपुर । हेटौँडा–कुलेखानी–फाखेल–हुँदै काठमाडौँ जोड्ने कुलेखानी–कलंकी–हुमाने सडक खण्डमा सवारी आवागमन बन्द हुने भएको छ । मकवानपुरको इन्द्रसरोवर गाउ...

नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुन्छ : गृहमन्त्री लेखक

मोरङ । गृहमन्त्री रमेश लेखकले नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँगको कुराकानी गर्द...

उदयपुरका चार पालिकामा वाइसिएलकाे नयाँ नेतृत्व

युवराज कार्की (सन्ताेष) उदयपुर । नेकपा (माओवादी केन्द्र) को सहायक संगठन रुपमा चिनिने योङ कम्युनिस्ट लिग (वाइसिएल) को तीन नगरपालिका र एक गाउँपालिकाम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending