काठमाडौं । आन्दाेलनरत शिक्षककाे माग वार्ताद्वारा सम्बाेधन गर्न राष्ट्रिय मानव अधिकार आयोग सरकारलाई सुझाव दिएकाे छ । आयोगले आज विज्ञप्ति जारी गरेर वार्ताबाट समाधान गर्न सरकारलाई सुझाव दिएकाे हाे ।
‘आन्दोलन लम्बिँदै गएमा एसईई परीक्षाको नतिजा, कक्षा १२ को परीक्षा र बालवालिकाको भर्ना अभियान समेत प्रभावित हुने देखिएको छ,’ आयोगले भनेको छ, ‘साथै, आन्दोलनका कारण माइतीघर क्षेत्रमा विगत तेह्र दिनदेखि सहज आवागमनमा समेत अवरोध सिर्जना भएको अनुगमनवाट पाइएको छ ।’
मागहरू सम्बोधन गराउन आन्दोलन नै गर्नुपर्ने वातावरणको सिर्जना हुनु चिन्ताको विषय विषय भएको आयोगको ठहर छ । ‘विद्यालयका शिक्षकशिक्षिकाहरूले आफ्नो वृत्तिविकासका साथै संस्थागत हकहितका लागि माग राख्नु, विचार व्यक्त गर्नु, शान्तिपूर्ण प्रदर्शन गर्नु मानव अधिकारको मूल्य मान्यता अनुकुल नै हुन्छ,’ आयोगको विज्ञप्तिमा भनिएको छ, ‘तर आफ्ना मागहरु सम्बोधन गराउन आन्दोलन नै गर्नुपर्ने वातावरणको सिर्जना हुनु चिन्ताको विषय हो । विद्यालयहरू बन्द हुँदा बालबालिकाको शिक्षाको अधिकारको सुनिश्चितामा बाधा उत्पन्न हुने देखिएको छ ।’
शिक्षकसँग विगतमा भएको सहमति कार्यान्वयन गर्न आयोगले सरकारलाई आग्रह गरेको छ । ‘शिक्षा जस्तो संवेदनशील क्षेत्रमा देखिएको समस्याको वार्तावाट समाधान गरी पठनपाठन सुचारु गर्न, कानून निमर्माणमा सम्बन्धित पक्षसँग पर्याप्त छलफल तथा परामर्श गरी विद्यालय शिक्षासम्बन्धी कानुनलाई समयसापेक्ष बनाउन एवम् शिक्षकहरूसँग विगतमा नेपाल सरकारले गरेका सम्झौताहरूको कार्यान्वयन गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २ गते, २०८२ - २०:३९
पोखरा । जेनजी आन्दोलनका बावजुत आन्तरिक राजस्व कार्यालय पोखराले अपेक्षाकृत राजस्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार पहिलो चार महिनामा डेढ अर्ब राज...
मंसिर २ गते, २०८२ - २०:३६
काठमाडाैं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारी प्रहरी नायब महानिरीक्षक (डिआइजी) बढुवामा सिफारिस भएका छन् । सोमबार बसेको बढुवा समितिको सच...
मंसिर २ गते, २०८२ - २०:३२
काठमाडाैं । सर्वोच्च अदालतले पाँच सांसदलाई पदमुक्त गर्ने मधेश प्रदेश सभामुखको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश नित्यान...
मंसिर २ गते, २०८२ - २०:२७
बागलुङ । बागलुङमा ६ हजार नागरिकलाई योग शिक्षा प्रदान गरिएको छ । मानवसेवा आश्रम बागलुङ शाखाले आयोजना गरेको योग शिविरबाट ६ हजार बढीलाई योगासनको विषयमा ज...
मंसिर २ गते, २०८२ - १९:३१
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)–२ को उद्घाटन खेलमा गत संस्करणको विजेता जनकपुर बोल्ट्स काठमाडौं गोर्खाज्ससँग पराजित भएको छ । ...
मंसिर २ गते, २०८२ - १९:२१
झापा । पूर्वीनाका काँकरभिट्टाबाट ३० किलोमिटर उत्तर प्राकृतिक रूपमा सुन्दर सलकपुरमा यति बेला सुन्तला पाकेर पहेँलपुर भएका छन् । सुन्तला पाकेसँगै यहाँ पर...
मंसिर २ गते, २०८२ - १९:१७
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा पहिलो दिन नै दल दर्तामा उत्साह देखिएको छ । आयोगमा हा...
मंसिर २ गते, २०८२ - १९:११
काठमाडौं । नागरिक समाजका अगुवाहरूले फागुन २१ मा निर्धारित प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा गराउन प्रभावकारी शान्ति–सुरक्षा सुनिश्चित गर्न र राजनीत...
मंसिर २ गते, २०८२ - १९:०१
चिन । चीनको १५औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा अहिले अत्याधुनिक प्रविधिको प्रदर्शन हुँदैछ । रोबोटले खेलाडीलाई मेडल प्रदान गर्दै दर्शकको ध्यान तानेका ...
मंसिर २ गते, २०८२ - १८:१४
काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाबारे नेपाली कांग्रेस र नेकपा एमालेले सभामुख देवराज घिमिरेसँग अनौपचारिक भेटघाट गरेका छन् । कांग्रेसका प्रमुख सचेतक ...




प्रतिकृया लेख्नुहोस्: