ललितपुर । ललितपुरमा दाइले नै बहिनीको हत्या गरेका छन् । ललितपुर महानगरपालिका– १२ मंगलबजार बस्ने ११ वर्षीया दुर्गा बोहराको हत्या भएको हो । हत्याका संलग्न उनका १५ वर्षीय दाइलाई प्रहरीले पक्राउ गरेको छ ।
गत २९ चैतमा दुर्गाको शव ललितपुर महानगरपालिका– ९ खपिन्छेस्थित बाबुराजा अवालेको घरको पानी ट्यांकीमा भेटिएको थियो । दुर्गा हराएको भनेर चैत ६ गते नै उनकी आमा भगवतीले निवेदन दिएकी थिइन् ।
शव सडेगलेको अवस्थामा भेटेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानको क्रममा मृतक दाइसँगै त्यस घरतर्फ जाँदै गरेको सिसिक्यामेरामा देखिएको थियो । दाइलाई नै पक्राउ गरेर अनुसन्धान गर्दा उनले हत्या स्वीकार गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले बताए ।
आफूहरू दुवैजना लागुऔषधको नसामा रहेको त्यही क्रममा सामान्य विवाद हुँदा सुरुमा पिटेकोमा पछि नाइलनको डोरीले घाँटी कसेर हत्या गरेको उनले बताएका छन् । नसाले छाडेपछि भोलिपल्ट त्यहाँ पुगी शव ट्यांकीमा लुकाएको उनको भनाइ छ । हत्या ४ चैतमा गरेकोमा ५ चैतमा गएर शव लुकाएका थिए ।
एसपी जिसीका अनुसार बोहराको परिवार २५ फागुनसम्म सोही घरमा डेरा गरी बस्दथे । घर पुरानो भएकाले त्यहाँ बस्नेहरू अन्यत्र सरेकाले घर खाली थियो । खाली घरमा उनीहरू लागुऔषध सेवनका लागि गएको र हत्या भएको प्रहरीको दाबी छ ।
प्रतिकृया लेख्नुहोस्: