वासिङ्टन । तीन वर्षभन्दा बढी चलेको युद्ध अन्त्य गर्ने वार्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूतले सोमबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनसँग ‘स्थायी शान्ति’ सम्झौताका लागि खुला रहेको बताएका छन् ।
ट्रम्पले मस्को र किएभलाई युद्धविराममा सहमत हुन दबाब दिइरहनुभएको छ तर रुसी र अमेरिकी अधिकारीहरूबिच बारम्बार वार्ता भए पनि क्रेमलिनबाट कुनै ठुलो सहुलियत प्राप्त गर्न असफल भए ।
शुक्रबार ट्रम्पका विशेष दूत स्टिभ विटकफले सेन्ट पिटर्सबर्गमा पुटिनसँग भेट गरे । रिपब्लिकन राष्ट्रपति ट्रम्प जनवरीमा ह्वाइट हाउस फर्केपछि उनिहरूको यो तेस्रो बैठक थियो । सोमबार टेलिभिजनमा प्रसारण गरिएको फक्स न्यूजको अन्तर्वार्तामा विटकेफले शान्ति सम्झौता ‘उदय हुँदै’ गरेको आफूले देखेको र पुटिनका दुई प्रमुख सल्लाहकार युरी उसाकोभ र किरिल दिमित्रिभ ‘प्रभावशाली बैठक’ मा रहनुभएको बताए ।
“पुटिनको अनुरोध यहाँ स्थायी शान्ति होस् भन्ने हो । त्यसैले युद्धविरामभन्दा पर हामीले त्यसको जवाफ पायौँ”, विटकफले भने, “हामीलाई यो ठाउँमा पुग्न केही समय लाग्यो, मलाई लाग्छ हामी केही कुराको नजिक हुन सक्छौँ जुन विश्वव्यापी रूपमा धेरै, धेरै महत्त्वपूर्ण हुनेछ ।” उनले रुस र संयुक्त राज्य अमेरिका बीचको व्यापारिक सम्झौताहरू पनि वार्ताको हिस्सा रहेको बताए ।
“मलाई लाग्छ केही धेरै आकर्षक व्यापारिक अवसरमार्फत रुसी–अमेरिकी सम्बन्धलाई पुनः आकार दिने सम्भावना छ, जसले यस क्षेत्रमा वास्तविक स्थिरता दिन्छ भन्ने मलाई लाग्छ”, उनले भने । कूटनीतिक उथलपुथलका बावजुद युक्रेन युद्धविराम प्राप्त गर्ने ट्रम्पको मुख्य उद्देश्यमा थोरै अर्थपूर्ण प्रगति भएको छ ।
पुटिनले गत महिना द्वन्द्वमा पूर्ण र बिना शर्त विरामका लागि अमेरिका–युक्रेनी संयुक्त प्रस्तावलाई अस्वीकार गरे भने क्रेमलिनले कृष्ण सागरमा युद्धविराम गरेको छ र पश्चिमले केही प्रतिबन्धहरू हटाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २५ गते, २०८२ - २०:४६
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल संस्कृत विश्वविद्यालयको सेवा आयोगको अध्यक्ष पदमा प्राध्यापक डा. भागवतप्रसाद शर्मालाई नियुक्त गरेका छन् ...
कार्तिक २५ गते, २०८२ - २०:३७
काठमाडौं । सरकारकाे डिजिटल रूपान्तरण यात्रालाई गति दिन राष्ट्रिय कृत्रिम बुद्धिमत्ता (एआई) केन्द्र स्थापना गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रा...
कार्तिक २५ गते, २०८२ - १९:४०
काठमाडौं । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को नियमित बैठकले सात महत्वपूर्ण निर्णय गरेको छ । बैठकका निर्णयबारे सञ्चा...
कार्तिक २५ गते, २०८२ - १९:३५
काठमाडौं । नेपाल प्रहरीको ३३ औं नयाँ महानिरीक्षक (आईजीपी)मा दानबहादुर कार्की नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई नेपाल प्...
कार्तिक २५ गते, २०८२ - १९:३१
काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पदमुक्त गरेको हो । संविधानको ...
कार्तिक २५ गते, २०८२ - १९:२८
वासिङ्टन । अमेरिकी इतिहासमा सबैभन्दा दीर्घकालीन सरकारी सटडाउन ४०औँ दिनमा पुग्दा आइतबार दुर्लभ सप्ताहन्त सत्रका लागि आइतबार सिनेट पुनः बसेको छ । सदन...
कार्तिक २५ गते, २०८२ - १९:२५
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन सफल बनाउन स्थानीय सरकारको भूमिका निर्णायक हुने बताउँदै संघ, प्रदेश र स्थानीय तहबीचको सुदृढ समन...
कार्तिक २५ गते, २०८२ - १९:१६
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरुद्ध आज विशेष अदालतमा...
कार्तिक २५ गते, २०८२ - १९:०५
दाङ । लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन मंसिर ८ गते बस्ने भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सोमबार बसेको प्रदेश मन्त्रिपरिषद् ब...
कार्तिक २५ गते, २०८२ - १८:२१
उदयपुर । गाईघाट कदमाहा सडक खण्डअन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका–४, बगाहास्थित शान्तिचोकमा यात्रुवाहक विङ्गर दुर्घटना हुदाँ चालकसहित १२ जना यात्रुह...




प्रतिकृया लेख्नुहोस्: