Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८२ शुक्रबार | 25th April, 2025 Fri
Investment bank

गैँडाको शून्य चोरीसिकार पाँच सय दिन कट्यो

खबरडबली संवाददाता

चितवन । दुर्लभ एकसिङ्गे गैँडाको चोरीसिकार विगत पाँच सय १६ दिनदेखि रोकिएको छ । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा प्राकृतिक कारणले गैँडा मरे पनि चोरीसिकारी हुन नपाएको हो ।

निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार २०८० साल कात्तिक ३० गते निकुञ्जकै पूर्वी सेक्टरअन्तर्गत चपरचुली क्षेत्रमा खाल्डोमा पारेर तस्करले दुईवटा गैँडा मारेका थिए । त्यसको नौ दिनमा नौ जना अभियुक्तलाई निकुञ्जले पक्राउ गरी सार्वजनिक गरेको थियो । यसयता सुरक्षा रणनीतिमा थप परिवर्तन गरी काम गरिरहेकाले चोरीसिकार हुन नपाएको उनले बताए ।

चालु आर्थिक वर्षको हालसम्म २४ गैँडा मृत भेटिएका छन् । यी सबै प्राकृतिक कारणले मरेका हुन् । सूचना अधिकारी थापामगरका अनुसार बाघ तथा गोहीको आक्रमणमा परेर, एकापसमा जुधेर, बिरामी भएर, दलदलमा फसेर, बूढो भएर, भाले गैँडाले थिचेर ती गैँडा मरेका हुन् । निकुञ्ज आसपास बसोबास गर्ने जनता सचेत हुँदा चोरीसिकारीले गैँडा मार्न नपाएका हुन् ।

गत आर्थिक वर्षमा गैँडा २१ वटा मरेका थिए । मरेका गैँडामध्ये १८ वटा प्राकृतिक कारणले होभने दुईवटा चोरीसिकारीले र एउटाको कारण खुल्न नसकेको उनले बताए । मगरका अनुसार आर्थिक वर्ष २०७९/८० मा चितवन राष्ट्रिय निकुञ्जमा २२ वटा गैँडा मरेका थिए । जसमध्ये २० वटा कालगतिले, एउटा विद्युतीय करेन्टबाट र एउटा चोरी सिकारीले मारेका थिए ।

विगतमा एक हजार ७१ दिनसम्म चोरीसिकार शून्य भएपछि उत्सवका रूपमा मनाइएको थियो । यसपछिका वर्षहरूमा चोरीसिकार शून्य गर्ने तर यसलाई उत्सवका रूपमा नमनाउने नीतिअनुरुप काम गरिएको थियो ।

सन् २०२१ को गणनाअनुसार नेपालमा गैँडाको सङ्ख्या ७५२ पुगेको छ । एकसिङ्गे गैँडाको सङ्ख्या सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा ६९४ रहेको छ । बर्दियामा ३८, शुक्लाफाँटामा १८ र पर्सामा तीन गैँडा रहेको तथ्याङ्क छ । यस वर्ष गैँडा गणना गर्ने कार्यक्रम रहे पनि अन्तिम समयमा बजेट व्यवस्थापनमा समस्या भएपछि स्थगन गर्नुपरेको थियो । गणना गर्न नसके पनि अनुगमनलाई तीव्रता दिइएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्वसाधारणलाई कुटपिट गर्ने ट्राफिक प्रहरी जिम्मेवारी विहीन

काठमाडौं । बाटाेमा हिडिरहेका सर्वसाधारणलाई निर्घात कुटपिट गर्ने चारैजना ट्राफिक प्रहरीकाे जिम्मेवारी खाेसिएकाे छ । कुटपिट गरेकाे घटना सार्वजनिक भए लगत...

सङ्खुवासभा पहिरोले मकालु र भोटखोला गाउँपालिकामा सडक अवरुद्ध

सङ्खुवासभा । उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको मकाल र भोटखोला गाउँपालिकामा सडक अवरुद्ध भएको छ । लगातारको वर्षासँगै आएको पहिरोले मकालु गा...

कटारीबाट माओवादीको ९ दिने जनसाङ्गितिक अभियान सुरु

युवराज कार्की (सन्ताेष) उदयपुर । उदयपुरको कटारीबाट प्रदेश १ (कोशी) प्रदेशमा नेकपा (ओवादी केन्द्र) को ९ दिने जनसाङ्गितिक अभियान सुरु भएको छ । माओवाद...

संरक्षणको पर्खाइमा मोरङको कोलुङ झरना

 मोरङ । तराईमा पनि झरना हुन्छ भन्दा धेरैलाई अचम्म लाग्न सक्छ । तर, मोरङको सामलिङमा मनै लोभ्याउने झरना छ । यो ‘कोलुङ झरना’ तराई र पहाडको फेदीमा रहेको म...

नयाँबस्तीमाथि बाँसबारीको सहज जित

काठमाडौं । बाँसबारी क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा नयाँबस्ती क्लबमाथि सहज जित निकालेको छ । एन्फा मैदानमा बिहीबार भएको खेलमा बाँसबारीले नयाँबस्ती...

गभर्नर नियुक्तिमा ढिलाइ हुनु दुर्भाग्यपूर्ण: महत

काठमाडाैं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा ढिलाइ गर्न नहुने बताएका छन् । बिपी चिन्तन प्रतिष्...

एमालेबाट भयभित भएकाहरूले सरकार ढल्ने भ्रम फिँजाए: प्रधानमन्त्री

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको राष्ट्रवादी अडान र जनपक्षीय दृष्टिकोणबाट भयभित भइरहेकाहरूले दिनैपिच्छे सरकार ढल्ने हल्ला गर्दै भ्रम...

सरकारले निजी मेडिकल कलेजहरूलाई दिँदै आएका सेवाहरू राेकिने

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी मेडिकल कलेजहरूलाई दिँदै आएका सेवाहरू रोक्ने घोषणा गरेको छ । आवासीय चिकित्सकहरूलाई तलब नदिँदासम्मका...

नेपाल युथ गेम्स मङ्सिरमा

काठमाडौं । सार्थक खेल संसारको आयोजनमा नेपाल युथ गेम्स आगामी मङ्सिर १३ देखि २० गतेसम्म काठमाडौंमा हुने भएको छ । प्रतियोगितामा १५ वर्षमुनिका खेलाडीले...

गेटाफेमाथि रियलको कठिन जित

काठमाडौं । रियल म्याड्रिडले स्पेनिस ला लिगामा गेटाफेमाथि कठिन जित निकालेको छ ।  बुधबार राति भएको खेलमा रियलले गेटाफेलाई उसैको मैदानमा १–० गोलले हरा...

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

chisankhugadi palika tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending