काठमाडौं । काठमाडौं महानगरपालिकाले कुकुर–विरालो दर्ता गर्न सूचना जारी गरेको छ ।
महानगरपालिका क्षेत्रमा कुकुर/बिराला चोरी भएको, हराएको तथा छाडा छोडिएको जनगुनासो आइरहेको भन्दै महानगरले आफ्ना कुकुर/बिरालोलाई माइक्रोचिप लगाएर वडामा दर्ता गरेर मात्रै पाल्न सूचना जारी गरेको हो ।
‘काठमाडौं महानगर क्षेत्रबाट वा क्षेत्रभित्र कुकुर/बिरालो बिक्री वितरण गर्ने व्यक्ति/संस्थाले अनिवार्य रूपमा माइक्रोचिपिङ गरेर मात्र बिक्री वितरण गर्नु/गराउनुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ महानगरले सूचनामा भनेको छ ।
प्रतिकृया लेख्नुहोस्: