Khabar Dabali २८ जेष्ठ २०८३ बिहीबार | 11th June, 2026 Thu
Investment bank

दिगो अर्थतन्त्र र जिविकोपार्जनका लागि जमिन बाँझो नराख्न किसानलाई आग्रह

खबरडबली संवाददाता

इलाम । पछिल्लो समय खेती योग्य जमिन बाँझै छोड्ने प्रवृत्ति बढेपछि इलाम नगरपालिका–४ ले जमिन बाँझो नराख्न किसानहरूलाई आग्रह गरेको छ । वडाले आफ्ना ९० प्रतिशत नागरिक कृषि र पशुपालनमानै आश्रित रहेको भन्दै दिगो अर्थतन्त्र र जिविकोपार्जनका लागि जमिन बाँझो राख्न नहुने किसानहरूलाई सुुझाएको छ ।

वडाध्यक्ष नुतनदेव दुुलालले अहिले पानी परेर जमिन राम्ररी भिजेकाले तरकारी, अन्नबाली र अन्य नगदेबाली लगाउन किसानहरूलाई आग्रह गरिरहेको बताए । ‘‘वडा कार्यालयले पनि विभिन्न समयमा सिजन अनुसारको तरकारी, फलफूल तथा अन्य बिरुवाहरूको वितरण गरिरहेको छ ।,’’ वडाध्यक्ष दुलालले भनेृृ, ‘‘अन्य विभिन्न अनुदान र साझेदारीका कृषिसम्बन्धी कार्यक्रम समेत अघि सारेको छ । जस्ले वडावासी किसानहरूको आयआर्जनमा टेवा पुुग्न सक्छ ।’’

वडाले यसपटक लागत साझेदारीमा बारी जोत्नका लागि हाते ट्याक्टर, खोर्सानी र गोलभेडा खेतीका लागि टनेल लगायतका सामग्री वितरण गरेको दुुलालले जानकारी दिए ।

यता कृषिलाई प्राथमिकता जिल्लाका पालिकाहरूले पनि किसानलाई आधुनिक कृषि औजारहरू उपलब्ध गराइरहेका छन् । पशुुपालन र कृषिलाई आवश्यक पर्ने साम्रगीहरू घाँस काट्न प्रयोग गरिने च्याप कटर, बारी जोत्न हाते ट्याक्टर, चिया टिप्ने मेसिन  लगायतका सामग्री किसानहरूलाई वितरण गरिरहेका छन् । जिल्लाका सूूर्योदय नगरपालिकाले चिया टिप्ने मेसिन, च्यापकटर, हाते ट्याक्टर वितरण गरिरहेको छ । यस्तै रोङले हाते ट्याक्टर, धान रोप्ने मेसिन, च्याप कटर, मौरी पालनका लागि मौरीको घारलगायतका सामग्री किसानहरूलाई उपलब्ध गराएको रोङ गाउँपालिका उपाध्यक्ष विष्णुुमाया भुुजेलले बताईन ।

जिल्लाको दुुर्गम मानिने माङ्सेबुुङ गाउँपालिकाले पनि यसपटक किसानहरूका लागि लागेत साझेदारीमा बारी जोत्न हाते ट्याक्टर वितरण गरेको छ । बारी जोत्नै नपाएर जमिन बाँझो हुन थालेपछि विकल्पका रूपमा किसानलाई हाते ट्याक्टर उपलब्ध गराइएको माङ्सेबुुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले बताए । माई नगरपालिका, देउमाई नगरपालिका र इलाम नगरपालिकाले पनि कृषिलाई प्राथमिकतामा राखेर किसानलाई आधुुनिक औजार तथा मेसिनहरू उपलब्ध गराइरहेका छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोखरा-दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा। पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई)  दुबईका लागि उडान सञ्चालन हुन लागेको छ । आगामी असोज ७ गतेदेखि नियमित उडान सञ्च...

समतालाई केन्द्रमा राखेर बजेट ल्याएको अर्थमन्त्री वाग्लेको दाबी

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले आगामी आर्थिक वर्षको बजेट समता, सामाजिक न्याय र समन्यायिक समृद्धिलाई केन्द्रमा राखेर ल्याएको दाबी ...

करको दर हेरफेर गरेको आरोप अस्वीकार गर्दै अर्थमन्त्री वाग्लेले भने– तपाईँका काण्डहरु पनि खुल्नेछन्

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमार्फत करको दर हेरफेर गरी निश्चित व्यवसायीलाई फाइदा पुर्‍याएको आरोपको खण्डन गरेका छन्। प्रतिनिधिसभाको बैठ...

रास्वपा कोशी प्रदेश सभापतिमा चन्द्रबहादुर राई निर्वाचित, पराजित गोमा तामाङले राजनीति छोड्ने घोषणा

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशको सभापतिमा चन्द्रबहादुर राई निर्वाचित भएका छन्। मोरङको विराटचोकमा सम्पन्न पार्टीको पहिलो प...

इराकस्थित अमेरिकी दूतावासद्वारा इराकमा रहेका अमेरिकी नागरिकलाई सतर्क रहन आग्रह

इराक। इराकस्थित अमेरिकी दूतावासले सुरक्षा चेतावनी जारी गर्दै इराकमा रहेका अमेरिकी नागरिकलाई पुर्ण तयारीका साथ क्षेत्रीय घटनाक्रमको सङ्कटकालीन अवस्थामा...

रुकुम पश्चिममा घाँस काट्न गएकी महिलाको मृत्यु

रुकुमपश्चिम। रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –५ मा एक महिलाको मृत्यु भएको छ । वडाका काँडागाउँ निवासी करिब ३५ वर्षीया रमा पुरीको आज बिहान मृत्यु भएक...

गृहमन्त्री सुधन गुरुङ पीडितको गुनासो सुन्न माइतीघरमा

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङ विभिन्न माग राख्दै माइतीघर पुगेको छन् । उनको निजी सचिवालयका अनुसार मन्त्री गुरुङ माइती घरमा विभिन्न मुद्दा बोकेर धर्ना...

नक्कली भुटानी शरणार्थी प्रकरण: हाइप्रोफाइल व्यक्तिलाई बयानका लागि झिकाउन माग

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइएको प्रकरणसम्बन्धी अदालतमा विचाराधीन मुद्दामा बुधबारदेखि अन्तिम बहस सुरु भएको छ। ...

शिक्षण अस्पताल अस्पताल पुगे ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दाँतको उपचारका लागि अस्पताल पुगेका छन् । दाँतमा समस्या देखिएपछि उनी महाराजगञ्जस्थित त्रिभुवन विश्वव...

नेपाल–भारत सीमा व्यवस्थित गर्न संयुक्त प्राविधिक टोली क्रियाशील छ: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमाअन्तर्गत सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा मात्रै नक्साङ्कनको काम बाँकी रहेको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending