बनेपा । गृहमन्त्री रमेश लेखकले सरकारले गत असोज महिनामा बाढीपहिरोबाट क्षति भएका निजी आवास पुननिर्माणको काम एक वर्षभित्र सक्ने लक्ष्य राखेको बताएको छन ।
काभ्रेपलान्चोक जिल्लाको रोसी गाउँपालिका–२ मा मनसुनजन्य विपदबाट क्षतिग्रस्त निजी आवासको विस्तृत क्षति आँकलन शुभारम्भ कार्यक्रमको सुरुवात गर्नुहुँदै मन्त्री लेखकले बाढीपहिरोबाट पूर्ण क्षति भएका सबै निजी आवास एक वर्षमा पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
गृहमन्त्री लेखकले केही नीति, कानुन र कार्यविधिका कारण बाढीपहिरोबाट भएको क्षतिको पुननिर्माणमा ढिलाइ भएको बताए।
गृहमन्त्री लेखकले विस्तृत क्षति सङ्कलनको काम सम्पन्न भए लगत्तै अस्थायी र स्थायी आवासको काम सुरु गर्ने बताए । उनले काभ्रेपलान्चोकमा रहेका बाढीपहिरो पीडित परिवारका लागि अस्थायी आवास निर्माण गर्न बुधबार सात करोड ३५ लाख रुपियाँ रकम निकाशा भएको जानकारी गराए ।
उनले सरकारले अस्थायी आवासका लागि २५ हजारका दरले दुई किस्तामा ५० हजार रुपियाँ र स्थायी आवासका लागि चार लाख रुपियाँ उपलब्ध गराउने बताए। गृहमन्त्री लेखकले स्थानीय तहले विपद् पोर्टलमा प्रभावितको तथ्याङ्क समावेश गर्ने काममा ढिलाई र बजेट लगायतका विविध कारणले पुनर्निर्माणको काममा ढिलाई भएको बताए।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य सूर्यमान दोङले मनसुनको समयमा बाढीपहिरो प्रभावित नागरिक झन प्रभावित बन्न सक्ने भएकोले बेलैमा सचेत भएर पुनर्निर्माणको काम सुरु गर्नुपर्ने बताउनुभयो । उहाँले निजी आवासका साथै बस्ती जोगाउनका लागि तटबन्ध निर्माणको काम समेत सुरु गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईं, प्रदेश सभा सदस्य तीर्थ लामाले बाढीपहिरोबाट क्षति भएका निजी आवास, सार्वजनिक पूर्वाधार निर्माणका लागि सबै एकजुट भएर छिटोभन्दा छिटो काम सुरु गर्नुपर्ने बताए ।
कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर दिनेश भट्टले बाढीपहिरोका कारणबाट क्षति भएका निजी आवासको विस्तृत आँकलनको काम सकिएसँगै स्थायी आवास निर्माणको काम सुरु गरिने बताए।
कार्यक्रममा गाउँपालिका अध्यक्ष दिनेश लामाले निजी आवासमा साथै सार्वजनिक पूर्वाधारको पुनर्निर्माणको काम कसरी सुरु गर्ने भन्ने चुनौती रहेको बताए । बाढीपहिरोका कारण गाउँपालिकाभित्रको सयौँ हेक्टर खेतीयोग्य जमिन बगरमा परिणत भएकोले खाद्य सङ्कटको अवस्था समेत देखिने जोखिम रहेको उनको भनाइ छ। गत असोजमा गएको बाढीपहिरोको क्षति आँकलन लागि १८ जना प्राविधिक खटिने छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०८२ - १७:०७
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गणतन्त्रमाथि खतरा आएपछि आफुहरुलेमात्रै चासो राखेको बताएका छन् । शनिवार नेकपा एसनिकट आद...
बैशाख २० गते, २०८२ - १६:५६
वर्तमान संविधानलाई आँखा चिम्लिएर समर्थन गर्न सकिदैन
बैशाख २० गते, २०८२ - १६:४२
नेपालगञ्ज । कोहलपुर नगरपालिकामा आजदेखि जग्गाधनी प्रमाणपत्र वितरण कार्यक्रम सुरु भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारील...
बैशाख २० गते, २०८२ - १६:३५
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले राजनीतिक दलको विचार फरक भए पनि राष्ट्रिय दृष्टिकोण एकै हुनुपर्...
बैशाख २० गते, २०८२ - १६:२४
काठमाडौँ। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गैरआवासीय नेपालीलाई एकजुट भएर अगाडि बढ्न आग्रह गरेको छिन्। आज यहाँ आयोजित गैरआवासीय नेपाली सङ्घ (एनआर...
बैशाख २० गते, २०८२ - १५:५८
फिदिम। संघीय सरकारले बाढीले पुल बगाएको पाँचथरको फिदिम १ र ११ लाई जोड्ने फेमे खोलाका मेची राजमार्ग स्थित पाँचथर र ताप्लेजुङलाई जोड्ने काबेली नदीको बेलि...
बैशाख २० गते, २०८२ - १५:२१
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएका नीति तथा कार्यक्रम सही भएको दाबी गरेका छन् । शनिबार बालुवाटारमा आयोजित एमाले संसदीय दलको ...
बैशाख २० गते, २०८२ - १४:५१
धनगढी। भारत भ्रमणमा रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र उत्तराखण्ड प्रदेशका उहाँका समकक्षी पुष्करसिंह धामीबिच आज भेटवार्ता भएको छ ...
बैशाख २० गते, २०८२ - १४:२९
दार्चुला। सदरमुकाम खलङ्गास्थित वीरेन्द्र वनको पारिपट्टिको नेपाली भूमिमा भारतले तटबन्ध निर्माण गरेकामा त्यसको स्थानीय राजनीतिक दल तथा बासिन्दाले विरोध ...
बैशाख २० गते, २०८२ - १४:०६
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले महिला सक्रिय भए सजिलै चुनाव जितिने बताएका छन्। शनिवारका माओवादी केन्द्रको काठमाडौंको दक्षि...
प्रतिकृया लेख्नुहोस्: