काठमाडौँ । पेट्रोलियम पदार्थबाट ८९ अर्ब रुपियाँ कर सङ्कलन भएको छ । चालुु आर्थिक वर्ष २०८१र८२ को चैतसम्म विभिन्न कर शीर्षकमा पेट्रोलियम पदार्थबाट सो राजस्व सङ्कलन भएको नेपाल आयल निगमले जनाएको छ ।
गत आव २०८०/८१ मा निगमले तीन खर्ब ५६ अर्ब ७२ करोड रुपियाँको इन्धन आयात गरेर एक खर्ब १२ अर्ब १७ लाख रुपियाँ राजस्व सङ्कलन गरेको थियो ।
निगमका अनुसार समीक्षा अवधिसम्म भन्सार शुुल्कबापत २९ अर्ब ३५ करोड रुपियाँ, मूल्य अभिवृद्धि कर (भ्याट) मार्फत ३३ अर्ब ९७ करोड सङ्कलन भएको छ । यस्तै वातावरण शुुल्कबापत दुुई अर्ब ३८ करोड, सडक मर्मत दस्तुुरबापत चार अर्ब २९ करोड रुपियाँ सङ्कलन भएको छ । पूर्वाधार विकास करबापत १५ अर्ब ८५ करोड, हरित करबापत एक अर्ब ५९ करोड रुपियाँ राजस्व सङ्कलन गरेको छ ।
निगमले पेट्रोलमा प्रतिलिटर २५ रुपियाँ २० पैसा भन्सार शुुल्क, चार रुपियाँ सडक मर्मत शुुल्क, १० रुपियाँ, एक रुपियाँ ३६ पैसा मूूल्य स्थिरीकरण कोषमा, एक रुपियाँ ५० पैसा वातावरण शुुल्क, मूल्य अभिवृद्धि कर १८ रुपियाँ र हरित करबापत एक रुपियाँ सङ्कलन गर्छ ।
यस्तै डिजेल प्रतिलिटरमा भन्सार शुुल्क १२ रुपियाँ, सडकमर्मत दस्तुुर दुुई रुपियाँ, पूर्वाधार विकास कर १० रुपियाँ, मूल्य स्थिरीकरण कोष एक रुपियाँ ५७ पैसा, मूल्य अभिवृद्धि कर १८ रुपियाँ, वातावरण शुुल्क एक रुपियाँ ५० पैसा र हरित करबापत प्रतिलिटरमा एक रुपियाँ सङ्कलन हुने गरेको छ ।
हवाई इन्धन प्रतिलिटरमा भन्सार शुुल्क प्रतिलिटर दुुई रुपियाँ १० पैसा, मूल्य स्थिरीकरण कोषमा एक रुपियाँ ३६ पैसा र मूूल्य अभिवृद्धि करमा १५ रुपियाँ ८४ पैसा कर निगमले सङ्कलन गर्छ ।
खाना पकाउने एलपी ग्यास प्रतिलिटर भन्सार शुुल्कबापत ८८ रुपियाँ १९ पैसा, मूूल्य स्थिरीकरण कोष १८ रुपियाँ ९५ पैसा र मूल्य अभिवृद्धिकरमा २१२ रुपियाँ १७ पैसा सङ्कलन हुने गरेको छ ।
पेट्रोलियम पदार्थ आयात हुने भन्सार नाकामा कर सङ्कलन हुने गर्छ । निगमका प्रवक्ता मनोजकुुमार ठाकुुरले इन्धनबाट सङ्कलन हुने कर सिधै सरकारको खातामा जम्मा हुने गरेको जानकारी दिए । चालुु आवको बजेटमार्फत डिजेल र पेट्रोल प्रतिलिटरमा एक रुपियाँका दरले हरित कर लगाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०८२ - १७:०७
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गणतन्त्रमाथि खतरा आएपछि आफुहरुलेमात्रै चासो राखेको बताएका छन् । शनिवार नेकपा एसनिकट आद...
बैशाख २० गते, २०८२ - १६:५६
वर्तमान संविधानलाई आँखा चिम्लिएर समर्थन गर्न सकिदैन
बैशाख २० गते, २०८२ - १६:४२
नेपालगञ्ज । कोहलपुर नगरपालिकामा आजदेखि जग्गाधनी प्रमाणपत्र वितरण कार्यक्रम सुरु भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारील...
बैशाख २० गते, २०८२ - १६:३५
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले राजनीतिक दलको विचार फरक भए पनि राष्ट्रिय दृष्टिकोण एकै हुनुपर्...
बैशाख २० गते, २०८२ - १६:२४
काठमाडौँ। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गैरआवासीय नेपालीलाई एकजुट भएर अगाडि बढ्न आग्रह गरेको छिन्। आज यहाँ आयोजित गैरआवासीय नेपाली सङ्घ (एनआर...
बैशाख २० गते, २०८२ - १५:५८
फिदिम। संघीय सरकारले बाढीले पुल बगाएको पाँचथरको फिदिम १ र ११ लाई जोड्ने फेमे खोलाका मेची राजमार्ग स्थित पाँचथर र ताप्लेजुङलाई जोड्ने काबेली नदीको बेलि...
बैशाख २० गते, २०८२ - १५:२१
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएका नीति तथा कार्यक्रम सही भएको दाबी गरेका छन् । शनिबार बालुवाटारमा आयोजित एमाले संसदीय दलको ...
बैशाख २० गते, २०८२ - १४:५१
धनगढी। भारत भ्रमणमा रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र उत्तराखण्ड प्रदेशका उहाँका समकक्षी पुष्करसिंह धामीबिच आज भेटवार्ता भएको छ ...
बैशाख २० गते, २०८२ - १४:२९
दार्चुला। सदरमुकाम खलङ्गास्थित वीरेन्द्र वनको पारिपट्टिको नेपाली भूमिमा भारतले तटबन्ध निर्माण गरेकामा त्यसको स्थानीय राजनीतिक दल तथा बासिन्दाले विरोध ...
बैशाख २० गते, २०८२ - १४:०६
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले महिला सक्रिय भए सजिलै चुनाव जितिने बताएका छन्। शनिवारका माओवादी केन्द्रको काठमाडौंको दक्षि...
प्रतिकृया लेख्नुहोस्: