Khabar Dabali २८ जेष्ठ २०८३ बिहीबार | 11th June, 2026 Thu
Investment bank

पेट्रोलियम पदार्थबाट ८९ अर्ब रुपियाँ कर सङ्कलन

खबरडबली संवाददाता

काठमाडौँ । पेट्रोलियम पदार्थबाट ८९ अर्ब रुपियाँ कर सङ्कलन भएको छ । चालुु आर्थिक वर्ष २०८१र८२ को चैतसम्म विभिन्न कर शीर्षकमा पेट्रोलियम पदार्थबाट सो राजस्व सङ्कलन भएको नेपाल आयल निगमले जनाएको छ । 

गत आव २०८०/८१ मा निगमले तीन खर्ब ५६ अर्ब ७२ करोड रुपियाँको इन्धन आयात गरेर एक खर्ब १२ अर्ब १७ लाख रुपियाँ राजस्व सङ्कलन गरेको थियो । 

निगमका अनुसार समीक्षा अवधिसम्म भन्सार शुुल्कबापत २९ अर्ब ३५ करोड रुपियाँ, मूल्य अभिवृद्धि कर (भ्याट) मार्फत ३३ अर्ब ९७ करोड सङ्कलन भएको छ । यस्तै वातावरण शुुल्कबापत दुुई अर्ब ३८ करोड, सडक मर्मत दस्तुुरबापत चार अर्ब २९ करोड रुपियाँ सङ्कलन भएको छ । पूर्वाधार विकास करबापत १५ अर्ब ८५ करोड, हरित करबापत एक अर्ब ५९ करोड रुपियाँ राजस्व सङ्कलन गरेको छ । 

निगमले पेट्रोलमा प्रतिलिटर २५ रुपियाँ २० पैसा भन्सार शुुल्क, चार रुपियाँ सडक मर्मत शुुल्क, १० रुपियाँ, एक रुपियाँ ३६ पैसा मूूल्य स्थिरीकरण कोषमा, एक रुपियाँ ५० पैसा वातावरण शुुल्क, मूल्य अभिवृद्धि कर १८ रुपियाँ र हरित करबापत एक रुपियाँ सङ्कलन गर्छ । 

यस्तै डिजेल प्रतिलिटरमा भन्सार शुुल्क १२ रुपियाँ, सडकमर्मत दस्तुुर दुुई रुपियाँ, पूर्वाधार विकास कर १० रुपियाँ, मूल्य स्थिरीकरण कोष एक रुपियाँ ५७ पैसा, मूल्य अभिवृद्धि कर १८ रुपियाँ, वातावरण शुुल्क एक रुपियाँ ५० पैसा र हरित करबापत प्रतिलिटरमा एक रुपियाँ सङ्कलन हुने गरेको छ । 

हवाई इन्धन प्रतिलिटरमा भन्सार शुुल्क प्रतिलिटर दुुई रुपियाँ १० पैसा, मूल्य स्थिरीकरण कोषमा एक रुपियाँ ३६ पैसा र मूूल्य अभिवृद्धि करमा १५ रुपियाँ ८४ पैसा कर निगमले सङ्कलन गर्छ । 

खाना पकाउने एलपी ग्यास प्रतिलिटर भन्सार शुुल्कबापत ८८ रुपियाँ १९ पैसा, मूूल्य स्थिरीकरण कोष १८ रुपियाँ ९५ पैसा र मूल्य अभिवृद्धिकरमा २१२ रुपियाँ १७ पैसा सङ्कलन हुने गरेको छ । 

पेट्रोलियम पदार्थ आयात हुने भन्सार नाकामा कर सङ्कलन हुने गर्छ । निगमका प्रवक्ता मनोजकुुमार ठाकुुरले इन्धनबाट सङ्कलन हुने कर सिधै सरकारको खातामा जम्मा हुने गरेको जानकारी दिए । चालुु आवको बजेटमार्फत डिजेल र पेट्रोल प्रतिलिटरमा एक रुपियाँका दरले हरित कर लगाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोखरा-दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा। पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई)  दुबईका लागि उडान सञ्चालन हुन लागेको छ । आगामी असोज ७ गतेदेखि नियमित उडान सञ्च...

समतालाई केन्द्रमा राखेर बजेट ल्याएको अर्थमन्त्री वाग्लेको दाबी

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले आगामी आर्थिक वर्षको बजेट समता, सामाजिक न्याय र समन्यायिक समृद्धिलाई केन्द्रमा राखेर ल्याएको दाबी ...

करको दर हेरफेर गरेको आरोप अस्वीकार गर्दै अर्थमन्त्री वाग्लेले भने– तपाईँका काण्डहरु पनि खुल्नेछन्

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमार्फत करको दर हेरफेर गरी निश्चित व्यवसायीलाई फाइदा पुर्‍याएको आरोपको खण्डन गरेका छन्। प्रतिनिधिसभाको बैठ...

रास्वपा कोशी प्रदेश सभापतिमा चन्द्रबहादुर राई निर्वाचित, पराजित गोमा तामाङले राजनीति छोड्ने घोषणा

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशको सभापतिमा चन्द्रबहादुर राई निर्वाचित भएका छन्। मोरङको विराटचोकमा सम्पन्न पार्टीको पहिलो प...

इराकस्थित अमेरिकी दूतावासद्वारा इराकमा रहेका अमेरिकी नागरिकलाई सतर्क रहन आग्रह

इराक। इराकस्थित अमेरिकी दूतावासले सुरक्षा चेतावनी जारी गर्दै इराकमा रहेका अमेरिकी नागरिकलाई पुर्ण तयारीका साथ क्षेत्रीय घटनाक्रमको सङ्कटकालीन अवस्थामा...

रुकुम पश्चिममा घाँस काट्न गएकी महिलाको मृत्यु

रुकुमपश्चिम। रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –५ मा एक महिलाको मृत्यु भएको छ । वडाका काँडागाउँ निवासी करिब ३५ वर्षीया रमा पुरीको आज बिहान मृत्यु भएक...

गृहमन्त्री सुधन गुरुङ पीडितको गुनासो सुन्न माइतीघरमा

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङ विभिन्न माग राख्दै माइतीघर पुगेको छन् । उनको निजी सचिवालयका अनुसार मन्त्री गुरुङ माइती घरमा विभिन्न मुद्दा बोकेर धर्ना...

नक्कली भुटानी शरणार्थी प्रकरण: हाइप्रोफाइल व्यक्तिलाई बयानका लागि झिकाउन माग

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइएको प्रकरणसम्बन्धी अदालतमा विचाराधीन मुद्दामा बुधबारदेखि अन्तिम बहस सुरु भएको छ। ...

शिक्षण अस्पताल अस्पताल पुगे ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दाँतको उपचारका लागि अस्पताल पुगेका छन् । दाँतमा समस्या देखिएपछि उनी महाराजगञ्जस्थित त्रिभुवन विश्वव...

नेपाल–भारत सीमा व्यवस्थित गर्न संयुक्त प्राविधिक टोली क्रियाशील छ: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमाअन्तर्गत सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा मात्रै नक्साङ्कनको काम बाँकी रहेको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending