Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८२ शनिबार | 3rd May, 2025 Sat
Investment bank

मकवानपुरमा यात्रुवाहक बस दुर्घटना, ४३ जना घाइते

खबरडबली संवाददाता

हेटौँडा। पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीमा यात्रुवाहक बस दुर्घटना हुँदा ४३ जना घाइते भएको छ । बिहीबार बिहान  ४ बजेर ५० मिनेटको समयमा इटहरीबाट भैरहवा जाँदै गरेको लु।२ ख ५९९ नम्बरको यात्रुवाहक बस सडकबाट करिब १० मिटर तल खस्दा दुर्घटना भएको हो ।

सवारी दुर्घटनामा १६ जना मध्यम र २७ जना सामान्य घाइते भएको छन्। मध्यम घाइते मध्य ६ जनाको नयाँ मेडिकलमा र १० जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । त्यस्तै सामान्य घाइते ३ जनाको नयाँ मेडिकलमा र २४ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । 

बस दुर्घटनामा पूर्वी नवलपरासी कावासोती नगरपालिका–४ हसौराका १६ वर्षीय इसा महतो, सिराहा धनगढीमाई नगरपालिका–६ का ६८ वर्षीय राम चन्द्र महतो, मोरङ विराटनगर महानगरपालिका–६ का २४ वर्षीय पूजा राई, भारत घर भई हाल भैरहवा बस्ने २२ वर्षीय महोमत गुल्सेर, अर्घाखाँची बस्ने २४ वर्षीय यामडी हारुन, २९ वर्षीय महोमद सामुदिन, रुपन्देही बस्ने १२ वर्षीय अनुराधा चौधरी, देश भारत घर भई हाल चितवन भरतपुर महानगरपालिका–१ पुलचोक बस्ने २५ वर्षीय सौरभ मण्डल, हाल वतन नखुलेको अन्दाजी ४६ वर्षीय मिना चौधरी घाइते हुनुभएको हो । उहाँहरूको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको छ ।

त्यस्तै सुनसरी इनरुवा–१ बस्ने १९ वर्षीय रेष्मा प्रसाईँ, ४६ वर्षीय राजेन्द्र कुमार प्रसाईँ, सुनसरी लहान घर भई हाल चितवन भरतपुर–१० बस्ने ६१ वर्षीय बबि साह, रुपन्देही भैरहवा बस्ने १५ वर्षीय लक्ष्मी चौधरी, २ वर्षीय ओम चौधरी, मोरङ विराटनगर–६ बस्ने १७ वर्षीय भूमिका कुमारी राई, भारत घर भई हाल चितवन–१० बस्ने १२ वर्षीय आवृत्ति साह, नवलपरासी कावासोती–४ बस्ने ६५ वर्षीय नन्द कुमारी महतो, भारत सपोल जिल्ला कुशवहर यराजी–१ बस्ने ३५ वर्षीय महमत गुल्सेर, सप्तरी छिन्नमस्ना गाउँपालिका–५ बस्ने २७ वर्षीय सम्भु कुमार चौधरी घाइते हुनु भएको हो ।

त्यस्तै सवारी दुर्घटनामा भारत सिपोल जिल्ला कुशर यरार बस्ने २२ वर्षीय इन्जाद आलम, सप्तरी दुधेवसी–९ बस्ने ३४ वर्षीय इन्द्रजित साह, सुनसरी धरान नगरपालिका–१७ बस्ने ३९ वर्षीय खडक बि।क।, सप्तरी खडक नगरपालिका–१ बस्ने २५ वर्षीय रमेश साह, सुनसरी रामधुनी नगरपालिका–१ बस्ने ३६ वर्षीय धिरज चौधरी, सुनसरी इटहरी–९ बस्ने ६१ वर्षीय नृपम घिमिरे, सुनसरी धरान–१७ बस्ने ३१ वर्षीय मानव रानपाल, चितवन–११ बस्ने १४ वर्षीय उदय साह, उदयपुर बेला नगरपालिका–१बस्ने ३० वर्षीय पूजा बस्नेत, सुनसरी बराह क्षेत्र–२ बस्ने १५ वर्षीय सुदिप काफ्ले, ३० वर्षीय सुजन काफ्ले घाइते भएको छन् । 

त्यस्तै रुकुम बस्ने २४ वर्षीय बेबी ओली, भारत घर भई हाल काँकडभिट्टा बस्ने २२ वर्षीय अब्दुल रश्मि, सुनसरी धरान–५ बस्ने २४ वर्षीय दान बहादुर नेपाली, सुनसरी वराहक्षेत्र–१० बस्ने १८ वर्षीय सुशान्त श्रेष्ठ, सुनसरी इटहरी–१ बस्ने २९ वर्षीय सिवा थारु, २ वर्षीय हमान थारु, नवलपरासी कावासोती–४ बस्ने १४ वर्षीय उर्मिला महतो, ७ वर्षीय सम्झना महतो, नवलपरासी पश्चिम सुस्ता बस्ने २७ वर्षीय मनीषा पुलामी मगर, ८ वर्षीय माहयु थापामगर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 
त्यस्तै सवारी दुर्घटनामा भोजपुर हलुवागढि–४ बस्ने २१ वर्षीय ममता नेपाली, सप्तरी खड्क–१ बस्ने ३३ वर्षीय सरोज चौधरी, सुनसरी वराहक्षेत्र नगरपालिका–३ बस्ने ३४ वर्षीय विसन धामी घाइते भएको छन् । 

दुर्घटनामा घाइते भएकाहरूको उद्धार गरी चितवनतर्फ उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। दुर्घटनामा घाइते भएकाहरूको अवस्था मध्यम रहेको छ । उहाँका अनुसार बसको स्टेरिङ लक भएर नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । घाइतेहरूको शरीरको विभिन्न भागमा चोट लागेको छ । यात्रुबहाक बसमा ५२ जना यात्रु सवार रहेका थिए । दुर्घटनामा संलग्न बसका चालक बारा जिल्लाको कोल्बी नगरपालिका–११ निवासी २९ वर्षीय राकेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मुख्यमन्त्री शाह र उत्तराखण्डका मुख्यमन्त्री धामीबिच भेटवार्ता

धनगढी। भारत भ्रमणमा रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र उत्तराखण्ड प्रदेशका उहाँका समकक्षी पुष्करसिंह धामीबिच आज भेटवार्ता भएको छ ...

तटबन्ध निर्माण रोक्न प्रजिअलाई ज्ञापनपत्र, अविलम्ब कूटनीतिक पहल गर्न माग

दार्चुला। सदरमुकाम खलङ्गास्थित वीरेन्द्र वनको पारिपट्टिको नेपाली भूमिमा भारतले तटबन्ध निर्माण गरेकामा त्यसको स्थानीय राजनीतिक दल तथा बासिन्दाले विरोध ...

महिलाहरू सक्रिय भए चुनाव सजिलै जितिन्छ, ६४ मा महिला सक्रिय भएकै कारण माओवादी पहिलो बन्यो: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले महिला सक्रिय भए सजिलै चुनाव जितिने बताएका छन्। शनिवारका माओवादी केन्द्रको काठमाडौंको दक्षि...

लिफ्टिङमार्फत काभ्रेगाउँमा ‘एक घर, एक धारा’

ढोरपाटन।  बागलुङ नगरपालिका–१३ काभ्रेडाँडामा ‘एक घर, एक धारा’ निर्माण भएको छ । लामो समयदेखि खानेपानीको समस्या हुँदै आएको यस गाउँमा करिब १०० मिटर तल रहे...

एक महिनामै नेपाल भित्रिए १६ हजार विदेशी पर्यटक

काठमाडौँं । सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुस...

देशको जिम्मेवारी तरुणको काँधमा छ: नेता कोइराला

नवलपुर। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले तरुणहरूको काँधमा देशको जिम्मेवारी रहेको बताएको छन् ।  नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा...

आपसी मित्रता, प्रेम र सद्भाव जागृत गराउन आवश्यक : राष्ट्रपति

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो देश पूर्वीय ज्ञान परम्पराको स्रोत भएको तथा यो ज्ञान, परम्परा र सभ्यताभित्र अनेक संस्कृति र सभ्यताको एकता...

मनाङमा यार्सा खोज्न गएका युवाको भीरबाट लडेर मृत्यु

लमजुङ। मनाङमा यार्सागुम्बा जडिबुटी खोज्ने क्रममा भीरबाट लडेर एक युवाको मृत्यु भएको छ । मनाङको नार्पाभूमी गाउँपालिका–२ नाम्जेर्खमा यार्सागुम्बा खोज्न ग...

भारतको गोवामा मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु

नयाँदिल्ली। भारतको तटीय राज्य गोवामा रहेको एक हिन्दू मन्दिरमा आगो बाल्नका लागि भेला भएका हजारौं मानिसलाई कुल्चिएर छ जनाको मृत्यु भएको अधिकारीहरुले शनि...

बैतडीमा कक्षा १२ को परीक्षाको तयारी पूरा, १९ वटा केन्द्र निर्धारण

बैतडी। शिक्षक आन्दोलनका कारण राष्ट्रिय परिक्षा बोर्डले वैशाख २१ गतेदेखि सारेको कक्षा १२ को परीक्षाको सबै तयारी पूरा भएको छ । कक्षा १२ को परीक्षाका ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending