काठमाडौं ।नेपाली कांग्रेसले सत्तारूढ गठबन्धन दलहरूभित्र अझै समन्वय र सन्तुलनको आवश्यकता रहेको बताएको छ ।
सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहीबार करिब तीन घन्टासम्म चलेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले गठबन्धन दलहरूभित्र अझै समन्वयको आवश्यकता औंल्याएको प्रवक्ता प्रकाशशरण महतले बताए ।
‘सरकारका प्रस्तुती अझै राम्रो हुनुपर्छ, गठबन्धन दलहरूबीच अझै समन्वय र सन्तुलन हुनुपर्यो भन्ने कुराहरू आएको छ,’ उनले भने, ‘गठबन्धन दलसँग नियुक्ति लगायतमा तालमेल मिल्नुपर्छ भन्ने कुरा साथीहरूले राख्नुभयो।’
छलफलमा सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग निरन्तर संवाद भइरहेको कुरा राखेका थिए। ‘सुधार र थप समन्वयको आवश्यकता हुन्छ, गराउँछौं’ भन्ने कुरा सभापति देउवाको थियो।
कांग्रेसले प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले भनेको आधारमा सरकार बन्ने र ढल्ने नहुने बताएको छ । ‘प्रमुख प्रतिपक्षी दलले त सरकारको प्रतिपक्षमा भएको हुनाले सरकार ढलिहालोस् भन्ने स्वभाविक धर्म नै हो,’ महतले भने, ‘उहाँ(प्रचण्ड)ले भनेको कुरामा टिप्पणी छैन । उहाँले के भन्नुहुन्छ भन्ने आधारमा सरकार बन्ने र ढल्ने हुँदैन ।’
साथै, उनले गठबन्धन सरकार भन्नासाथ सबै एउटैको मात्रै निर्णय लागू नहुने बताउँदै समन्वय आवश्यक भएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०८२ - १४:२९
दार्चुला। सदरमुकाम खलङ्गास्थित वीरेन्द्र वनको पारिपट्टिको नेपाली भूमिमा भारतले तटबन्ध निर्माण गरेकामा त्यसको स्थानीय राजनीतिक दल तथा बासिन्दाले विरोध ...
बैशाख २० गते, २०८२ - १४:०६
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले महिला सक्रिय भए सजिलै चुनाव जितिने बताएका छन्। शनिवारका माओवादी केन्द्रको काठमाडौंको दक्षि...
बैशाख २० गते, २०८२ - १३:४३
ढोरपाटन। बागलुङ नगरपालिका–१३ काभ्रेडाँडामा ‘एक घर, एक धारा’ निर्माण भएको छ । लामो समयदेखि खानेपानीको समस्या हुँदै आएको यस गाउँमा करिब १०० मिटर तल रहे...
बैशाख २० गते, २०८२ - १३:२०
काठमाडौँं । सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुस...
बैशाख २० गते, २०८२ - १२:४५
नवलपुर। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले तरुणहरूको काँधमा देशको जिम्मेवारी रहेको बताएको छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा...
बैशाख २० गते, २०८२ - १२:३३
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो देश पूर्वीय ज्ञान परम्पराको स्रोत भएको तथा यो ज्ञान, परम्परा र सभ्यताभित्र अनेक संस्कृति र सभ्यताको एकता...
बैशाख २० गते, २०८२ - १२:१६
लमजुङ। मनाङमा यार्सागुम्बा जडिबुटी खोज्ने क्रममा भीरबाट लडेर एक युवाको मृत्यु भएको छ । मनाङको नार्पाभूमी गाउँपालिका–२ नाम्जेर्खमा यार्सागुम्बा खोज्न ग...
बैशाख २० गते, २०८२ - १२:०८
नयाँदिल्ली। भारतको तटीय राज्य गोवामा रहेको एक हिन्दू मन्दिरमा आगो बाल्नका लागि भेला भएका हजारौं मानिसलाई कुल्चिएर छ जनाको मृत्यु भएको अधिकारीहरुले शनि...
बैशाख २० गते, २०८२ - ११:५८
बैतडी। शिक्षक आन्दोलनका कारण राष्ट्रिय परिक्षा बोर्डले वैशाख २१ गतेदेखि सारेको कक्षा १२ को परीक्षाको सबै तयारी पूरा भएको छ । कक्षा १२ को परीक्षाका ...
बैशाख २० गते, २०८२ - ११:४६
रेसुङ्गा। गुल्मीको रेसुङ्गा नगरपालिका–१ का अन्तर्राष्ट्रिय भलिवल खेलाडी ५५ वर्षीय बद्री प्रकाश श्रेष्ठको मृत्यु भएको छ । लामो समयदेखि लिभरको समस्याले ...
प्रतिकृया लेख्नुहोस्: