Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८२ शनिबार | 3rd May, 2025 Sat
Investment bank

सुनसरीमा सामाजिक सद्भाव विषयक संवाद

खबरडबली संवाददाता

इनरुवा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-६ मा सामाजिक सद्भाव विषयक संवाद गरिएको छ । सामाजिक परिवर्तन केन्द्र काठमाडौँको आयोजना तथा भोक्राहा नरसिंह गाउँपालिका ६ नम्बर वडामा संवाद कार्यक्रम सम्पन्न भएको हो । 

संवादमा सामाजिक परिवर्तन केन्द्र काठमाडौँका लागि सुनसरी सयोजक रमेश भट्टराई र संवाद सहजकर्ताले सहजीकरण गरेको थिए । संवादमा भोक्राहा नरसिंह गाउँपालिका ६ नम्बर वडा धार्मिक हिसाबले हिन्दु, मुस्लिम र क्रिच्यिन सहितको समावेसी वडा अनि जातीय रूपमा हिन्दुमा पर्ने साह, मेहता, यादव, मुसहर लगायतको बाहुल्य भएको र मुस्लिम अंसारी, मंसुरी, मियाँको बसोवास भएकाले एकले अर्कालाई सम्मान गर्दै छलफल भएको छ । 

गाउँमा गैरदलित र दलितमा मुसहर, सदा चमार अनि ठुलो जाती दाबी गर्ने साह, मेहतासम्मको बसोवास रहेकाले सबै एकैनासका नहुने अवस्था रहेकोले कहिले पूजापाठ त कहिले जातीय भोज त कहिले सामुदायिक विद्यलायको शिक्षाको विषयमा विवाद हुदै आएकोमा संवाद गरेर सदभाव कायम गर्ने प्रतिबद्धता जनाएका छन् । यसको समयमा सम्बोधन गर्न नसकेको खण्डमा समस्या ठुलो हुन सक्ने भएकाले सरोकारबालाहरूका बिचमा सुरुमा मौखिक जानकारी र पछि संवाद गरेको भोक्राहा नरसिंह ६ नम्बर वडा अध्यक्ष सेरोजुद्धिन अंसारीले बताए। 

उनीहरूलाई गुनासोको बारेमा एक ठाउँमा बस्न सकिन्छ की? भनेर राखेको बताए । सरोकारवालाहरूलाई राखेर संवाद गर्न महत्त्वपूर्ण ठानेर गरिएको कार्यक्रममा साह समुदायको मैनजन जोगिन्द्र साह, उराँव सुमदायका खुसीलाल उराँव र मुसहर समुदायका अगुवा कामेश्वर सदाले एक आपसमा सम्बन्ध सुधार गर्ने, समुदायमा केही समस्या भए सामुहिक रूपमा संवादको माध्यमबाट सामाधन गर्ने बचन र प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा स्थानीय घनश्याम साहले समुदायका अगुवाहरूका बिचमा अन्तरक्रिया नहुदा एकअर्कालाई हेर्ने दृष्टिकोणमा विभेद , छुवाछूत गरेको भान भएकोमा कोही कसैले समुदायमा विभेद, छुवाछूत र हेला नगरेको बताए । अर्का सहभागी सुरेन्द्र कुमार साहले शैक्षिक गुणस्तर नहुदाँ पनि सामाजिक सदभावमा असर परेको बताए । उनका अजुसार विद्यालयमा जुन समुदायको विधार्थी छ, त्यो समुदायको शिक्षक नभएकोले शैक्षिक गुणस्तरीयको विषयमा प्रश्न उठाउने गरेको छ । 

रामसेवक सदाले दलित समुदायको चेतनास्तर बढाउन अभिभावक शिक्षा, विधार्थीको हितमा काम गर्न शिक्षकहरू इमानदार, सामाजिक बनावट अनुसार विद्यालयमा दरबन्दी शिक्षक समावेशी हुनुपर्ने जरुरी देखिएको बताए । त्यसैगरी रन्जित साहले समानुपातिक सहभागीताले सामाजिक सदभावमा योगदान गर्ने भएकोले सबै पक्षले समान्ताको कुरामा ध्यान दिनुपर्नेमा जोड दिए ।  

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिलाहरू सक्रिय भए चुनाव सजिलै जितिन्छ, ६४ मा महिला सक्रिय भएकै कारण माओवादी पहिलो बन्यो: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले महिला सक्रिय भए सजिलै चुनाव जितिने बताएका छन्। शनिवारका माओवादी केन्द्रको काठमाडौंको दक्षि...

लिफ्टिङमार्फत काभ्रेगाउँमा ‘एक घर, एक धारा’

ढोरपाटन।  बागलुङ नगरपालिका–१३ काभ्रेडाँडामा ‘एक घर, एक धारा’ निर्माण भएको छ । लामो समयदेखि खानेपानीको समस्या हुँदै आएको यस गाउँमा करिब १०० मिटर तल रहे...

एक महिनामै नेपाल भित्रिए १६ हजार विदेशी पर्यटक

काठमाडौँं । सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुस...

देशको जिम्मेवारी तरुणको काँधमा छ: नेता कोइराला

नवलपुर। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले तरुणहरूको काँधमा देशको जिम्मेवारी रहेको बताएको छन् ।  नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा...

आपसी मित्रता, प्रेम र सद्भाव जागृत गराउन आवश्यक : राष्ट्रपति

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो देश पूर्वीय ज्ञान परम्पराको स्रोत भएको तथा यो ज्ञान, परम्परा र सभ्यताभित्र अनेक संस्कृति र सभ्यताको एकता...

मनाङमा यार्सा खोज्न गएका युवाको भीरबाट लडेर मृत्यु

लमजुङ। मनाङमा यार्सागुम्बा जडिबुटी खोज्ने क्रममा भीरबाट लडेर एक युवाको मृत्यु भएको छ । मनाङको नार्पाभूमी गाउँपालिका–२ नाम्जेर्खमा यार्सागुम्बा खोज्न ग...

भारतको गोवामा मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु

नयाँदिल्ली। भारतको तटीय राज्य गोवामा रहेको एक हिन्दू मन्दिरमा आगो बाल्नका लागि भेला भएका हजारौं मानिसलाई कुल्चिएर छ जनाको मृत्यु भएको अधिकारीहरुले शनि...

बैतडीमा कक्षा १२ को परीक्षाको तयारी पूरा, १९ वटा केन्द्र निर्धारण

बैतडी। शिक्षक आन्दोलनका कारण राष्ट्रिय परिक्षा बोर्डले वैशाख २१ गतेदेखि सारेको कक्षा १२ को परीक्षाको सबै तयारी पूरा भएको छ । कक्षा १२ को परीक्षाका ...

अन्तर्राष्ट्रिय भलिवल खेलाडी श्रेष्ठको निधन

रेसुङ्गा। गुल्मीको रेसुङ्गा नगरपालिका–१ का अन्तर्राष्ट्रिय भलिवल खेलाडी ५५ वर्षीय बद्री प्रकाश श्रेष्ठको मृत्यु भएको छ । लामो समयदेखि लिभरको समस्याले ...

कैलालीमा कुप्रथा रोक्न छाउगोठ भत्काइयो

कैलाली। कैलालीमा कुप्रथा र कुलत रोक्न धनगढी उपमहानगरपालिका वडा नम्बर १२ मा ४५ दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरिएको छ । वडा नम्बर १२ ले शान्ति सुरक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending