इनरुवा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-६ मा सामाजिक सद्भाव विषयक संवाद गरिएको छ । सामाजिक परिवर्तन केन्द्र काठमाडौँको आयोजना तथा भोक्राहा नरसिंह गाउँपालिका ६ नम्बर वडामा संवाद कार्यक्रम सम्पन्न भएको हो ।
संवादमा सामाजिक परिवर्तन केन्द्र काठमाडौँका लागि सुनसरी सयोजक रमेश भट्टराई र संवाद सहजकर्ताले सहजीकरण गरेको थिए । संवादमा भोक्राहा नरसिंह गाउँपालिका ६ नम्बर वडा धार्मिक हिसाबले हिन्दु, मुस्लिम र क्रिच्यिन सहितको समावेसी वडा अनि जातीय रूपमा हिन्दुमा पर्ने साह, मेहता, यादव, मुसहर लगायतको बाहुल्य भएको र मुस्लिम अंसारी, मंसुरी, मियाँको बसोवास भएकाले एकले अर्कालाई सम्मान गर्दै छलफल भएको छ ।
गाउँमा गैरदलित र दलितमा मुसहर, सदा चमार अनि ठुलो जाती दाबी गर्ने साह, मेहतासम्मको बसोवास रहेकाले सबै एकैनासका नहुने अवस्था रहेकोले कहिले पूजापाठ त कहिले जातीय भोज त कहिले सामुदायिक विद्यलायको शिक्षाको विषयमा विवाद हुदै आएकोमा संवाद गरेर सदभाव कायम गर्ने प्रतिबद्धता जनाएका छन् । यसको समयमा सम्बोधन गर्न नसकेको खण्डमा समस्या ठुलो हुन सक्ने भएकाले सरोकारबालाहरूका बिचमा सुरुमा मौखिक जानकारी र पछि संवाद गरेको भोक्राहा नरसिंह ६ नम्बर वडा अध्यक्ष सेरोजुद्धिन अंसारीले बताए।
उनीहरूलाई गुनासोको बारेमा एक ठाउँमा बस्न सकिन्छ की? भनेर राखेको बताए । सरोकारवालाहरूलाई राखेर संवाद गर्न महत्त्वपूर्ण ठानेर गरिएको कार्यक्रममा साह समुदायको मैनजन जोगिन्द्र साह, उराँव सुमदायका खुसीलाल उराँव र मुसहर समुदायका अगुवा कामेश्वर सदाले एक आपसमा सम्बन्ध सुधार गर्ने, समुदायमा केही समस्या भए सामुहिक रूपमा संवादको माध्यमबाट सामाधन गर्ने बचन र प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा स्थानीय घनश्याम साहले समुदायका अगुवाहरूका बिचमा अन्तरक्रिया नहुदा एकअर्कालाई हेर्ने दृष्टिकोणमा विभेद , छुवाछूत गरेको भान भएकोमा कोही कसैले समुदायमा विभेद, छुवाछूत र हेला नगरेको बताए । अर्का सहभागी सुरेन्द्र कुमार साहले शैक्षिक गुणस्तर नहुदाँ पनि सामाजिक सदभावमा असर परेको बताए । उनका अजुसार विद्यालयमा जुन समुदायको विधार्थी छ, त्यो समुदायको शिक्षक नभएकोले शैक्षिक गुणस्तरीयको विषयमा प्रश्न उठाउने गरेको छ ।
रामसेवक सदाले दलित समुदायको चेतनास्तर बढाउन अभिभावक शिक्षा, विधार्थीको हितमा काम गर्न शिक्षकहरू इमानदार, सामाजिक बनावट अनुसार विद्यालयमा दरबन्दी शिक्षक समावेशी हुनुपर्ने जरुरी देखिएको बताए । त्यसैगरी रन्जित साहले समानुपातिक सहभागीताले सामाजिक सदभावमा योगदान गर्ने भएकोले सबै पक्षले समान्ताको कुरामा ध्यान दिनुपर्नेमा जोड दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २८ गते, २०८३ - १७:४९
पोखरा। पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई) दुबईका लागि उडान सञ्चालन हुन लागेको छ । आगामी असोज ७ गतेदेखि नियमित उडान सञ्च...
जेष्ठ २८ गते, २०८३ - १७:२६
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले आगामी आर्थिक वर्षको बजेट समता, सामाजिक न्याय र समन्यायिक समृद्धिलाई केन्द्रमा राखेर ल्याएको दाबी ...
जेष्ठ २८ गते, २०८३ - १७:१०
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमार्फत करको दर हेरफेर गरी निश्चित व्यवसायीलाई फाइदा पुर्याएको आरोपको खण्डन गरेका छन्। प्रतिनिधिसभाको बैठ...
जेष्ठ २८ गते, २०८३ - १७:०३
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशको सभापतिमा चन्द्रबहादुर राई निर्वाचित भएका छन्। मोरङको विराटचोकमा सम्पन्न पार्टीको पहिलो प...
जेष्ठ २८ गते, २०८३ - १६:५७
इराक। इराकस्थित अमेरिकी दूतावासले सुरक्षा चेतावनी जारी गर्दै इराकमा रहेका अमेरिकी नागरिकलाई पुर्ण तयारीका साथ क्षेत्रीय घटनाक्रमको सङ्कटकालीन अवस्थामा...
जेष्ठ २८ गते, २०८३ - १६:४६
रुकुमपश्चिम। रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –५ मा एक महिलाको मृत्यु भएको छ । वडाका काँडागाउँ निवासी करिब ३५ वर्षीया रमा पुरीको आज बिहान मृत्यु भएक...
जेष्ठ २८ गते, २०८३ - १६:४१
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङ विभिन्न माग राख्दै माइतीघर पुगेको छन् । उनको निजी सचिवालयका अनुसार मन्त्री गुरुङ माइती घरमा विभिन्न मुद्दा बोकेर धर्ना...
जेष्ठ २८ गते, २०८३ - १६:०६
काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइएको प्रकरणसम्बन्धी अदालतमा विचाराधीन मुद्दामा बुधबारदेखि अन्तिम बहस सुरु भएको छ। ...
जेष्ठ २८ गते, २०८३ - १५:५९
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दाँतको उपचारका लागि अस्पताल पुगेका छन् । दाँतमा समस्या देखिएपछि उनी महाराजगञ्जस्थित त्रिभुवन विश्वव...
जेष्ठ २८ गते, २०८३ - १५:४१
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमाअन्तर्गत सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा मात्रै नक्साङ्कनको काम बाँकी रहेको ...



प्रतिकृया लेख्नुहोस्: