Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८२ शनिबार | 3rd May, 2025 Sat
Investment bank

द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन सकिँदैन: प्रधानमन्न्त्री

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायलाई अन्तिम टुङ्गोमा पुर्‍याउँदा द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन नसकिने स्पष्ट गरेका छन्।

नेपाल भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको छैटौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगबाट पीडितलाई न्याय दिने गरी कार्यसम्पादन हुने बताए।

उनले ती आयोग गठन प्रक्रियामा अब ढिलाइ नहुने भन्दै अधिनायकवाद परास्त भई लोकतान्त्रिक प्रणालीमा मुलुक गइसकेकाले अब कुनै बहकाउमा लागेर कुनै पनि खालका हत्या, हिंसा, धार्मिक सद्भाव खलबलाउने गतिविधि, अराजकतालगायत कार्य स्वीकार्य नहुने स्पष्ट गरे।

“अहिले हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा छौँ । यहाँ जनताका बीचमा गएर प्रतिस्पर्धा गर्न पाइन्छ । चुनाव जितेर एमालेले एकल सरकार बनाएर विकास र समृद्धिका लागि अभूतपूर्व कामको थालनी गरेका बेला त्यसबाट त्रसित भएर प्रतिक्रियावादीको उक्साहटमा हामीलाई विस्थापित गरियो । अहिले संयुक्त सरकारका रूपमा हामीले काम गरिरहेका छौँ”, प्रधानमन्त्री ओलीले भने, “हामीसँग राष्ट्र निर्माण र एकताका इतिहास छन् । हामी समृद्ध र सिङ्गो नेपाल नयाँ पुस्तालाई हस्तान्तरण गर्नेछौँ । हामी सिमाना खुम्चन र राष्ट्रिय स्वाभिमानमा आँच आउन दिनेछैनौँ । हाम्रो सभ्य र सुसंस्कृत समाजलाई कायम राखेर अघि बढ्छौँ ।”

प्रधानमन्त्री ओलीले विविधतायुक्त मुलकमा सामाजिक सद्भावसहितको राष्ट्रिय एकता आवश्यक भएको बताउँदै एमालेले त्यसको अगुवाइ गरिरहेकाले भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनले देश र पार्टीप्रति गरेको विश्वासलाई अझ बलियो बनाउनुपर्नेमा जोड दिए।

अध्यक्ष ओलीले यही वैशाख ११ गते लोकतन्त्र दिवसका दिन एमालेले युवाहरूको सम्मेलन आयोजना गरी जनताको अधिकार र विकासका पक्षमा उत्सव मनाउन आह्वान पनि गरे।  

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लिफ्टिङमार्फत काभ्रेगाउँमा ‘एक घर, एक धारा’

ढोरपाटन।  बागलुङ नगरपालिका–१३ काभ्रेडाँडामा ‘एक घर, एक धारा’ निर्माण भएको छ । लामो समयदेखि खानेपानीको समस्या हुँदै आएको यस गाउँमा करिब १०० मिटर तल रहे...

एक महिनामै नेपाल भित्रिए १६ हजार विदेशी पर्यटक

काठमाडौँं । सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुस...

देशको जिम्मेवारी तरुणको काँधमा छ: नेता कोइराला

नवलपुर। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले तरुणहरूको काँधमा देशको जिम्मेवारी रहेको बताएको छन् ।  नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा...

आपसी मित्रता, प्रेम र सद्भाव जागृत गराउन आवश्यक : राष्ट्रपति

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो देश पूर्वीय ज्ञान परम्पराको स्रोत भएको तथा यो ज्ञान, परम्परा र सभ्यताभित्र अनेक संस्कृति र सभ्यताको एकता...

मनाङमा यार्सा खोज्न गएका युवाको भीरबाट लडेर मृत्यु

लमजुङ। मनाङमा यार्सागुम्बा जडिबुटी खोज्ने क्रममा भीरबाट लडेर एक युवाको मृत्यु भएको छ । मनाङको नार्पाभूमी गाउँपालिका–२ नाम्जेर्खमा यार्सागुम्बा खोज्न ग...

भारतको गोवामा मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु

नयाँदिल्ली। भारतको तटीय राज्य गोवामा रहेको एक हिन्दू मन्दिरमा आगो बाल्नका लागि भेला भएका हजारौं मानिसलाई कुल्चिएर छ जनाको मृत्यु भएको अधिकारीहरुले शनि...

बैतडीमा कक्षा १२ को परीक्षाको तयारी पूरा, १९ वटा केन्द्र निर्धारण

बैतडी। शिक्षक आन्दोलनका कारण राष्ट्रिय परिक्षा बोर्डले वैशाख २१ गतेदेखि सारेको कक्षा १२ को परीक्षाको सबै तयारी पूरा भएको छ । कक्षा १२ को परीक्षाका ...

अन्तर्राष्ट्रिय भलिवल खेलाडी श्रेष्ठको निधन

रेसुङ्गा। गुल्मीको रेसुङ्गा नगरपालिका–१ का अन्तर्राष्ट्रिय भलिवल खेलाडी ५५ वर्षीय बद्री प्रकाश श्रेष्ठको मृत्यु भएको छ । लामो समयदेखि लिभरको समस्याले ...

कैलालीमा कुप्रथा रोक्न छाउगोठ भत्काइयो

कैलाली। कैलालीमा कुप्रथा र कुलत रोक्न धनगढी उपमहानगरपालिका वडा नम्बर १२ मा ४५ दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरिएको छ । वडा नम्बर १२ ले शान्ति सुरक्...

वर्तमान शासन व्यवस्था टिकाउन सरकार लागिपरेको छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान शासन व्यवस्था टिकाउनका लागि सरकार लागिपरेको बताएका छन्। शनिबार ललितपुरमा ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending