कास्की । सिइसी काठमाडौं र गण्डकी हिरोज केपी ओली कप टी–२० पुरुष राष्ट्रिय क्लबस्तरीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
पोखरामा रङ्गशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगितामा बिहिबार वर्षाका कारण पहिलो सेमीफाइनल खेल पाँच ओभरको खेलाइयो भने दोस्रो खेलको पहिलो इनिङ चलिरहँदा वर्षा भएपछि टस गराइएको थियो । प्रतियोगिताको पहिलो सेमीफाइनलमा हिमाल फ्रेन्ड्स क्रिकेट एकेडेमीलाई १० रनले हराउँदै काठमाडौँ फाइनलमा प्रवेश गरेको हो । वर्षाको कारण समयमा खेल सुरु हुन नसकेपछि पाँच ओभरको खेलमा ५८ रनको विजयी लक्ष्य पाएको हिमाल फ्रेन्ड्स निर्धारित पाँच ओभरमा तीन विकेट गुमाउँदै ४७ रनमा समेटियो ।
उसका लागि ओपनर सुवोध ऐरी र आशिष तिरुवाले १३, १३ रन बनाए । अभिनाष सिंहले १२ दिपक रोकायाले चार रन बनाए । बलिङमा काठमाडौंका मनोज यादवले दुई तथा युनिश विक्रम सिंह ठकुरीले एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौँले निर्धारित पाँच ओभरमा एक विकेटको क्षतिमा ५७ रन बनाएको थियो । काठमाडौँका लागि ओपनर रित गौतमले २८ रन बनाए । अर्जुन घर्तीले १३ र दिपेन्द्र रावतले अविजित आठ रन बनाए ।
यस्तै दोस्रो सेमिफाइनल खेलमा गण्डकी हिरोजविरुद्ध अत्तरिया क्रिकेट एकेडेमीले उत्कृष्ट पारी खेलेपनि टसमा दुर्भाग्य भयो । टस हारेर ब्याटिङको निम्तो पाएको अत्तरियाले १३.३ ओभरमा चार विकेटको क्षतिमा एक सय ४६ रन बनाउँदा पुनः वर्षा भएका कारण खेल रोकिएको थियो ।
अत्तरियाले उत्कृष्ट सुरुवात गरेको थियो । ओपनर अभिषेक पलले १९ रन जोड्दा अर्का ओपनर विपिन रावलले ७२ रनको उत्कृष्ट पारी खेले । यस्तै खगेन्द्र जोशीले २० र टेक रावतले अविजित ११ रन बनाए । बलिङमा गण्डकी हिरोजका मिलन बोहोराले तीन विकेट लिए । नारायण जोशीले एक विकेट लिए ।
मदन भण्डारी स्पोट्र्स एकेडेमीले आयोजना गरेको प्रतियोगिताको फाइनल खेल शुक्रबार हुनेछ । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाखका रुपियाँ पुरस्कार पाउनेछन् । यस्तै म्यान अफ दी सिरिजलाई ३० हजार, बेष्ट बलर र बेस्ट ब्याटरलाई जनही १० हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ । चैत २३ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा १६ टोलीले भाग लिएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २१ गते, २०८२ - २०:०६
सर्लाही । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै अगाडि बढाइएको बताएका छन् । नेपाल प्...
मंसिर २१ गते, २०८२ - २०:०२
नेपिदो । मध्य म्यानमारको एक सहरमा शनिबार भएको हवाई आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । एएफपीसँग कुरा गर्दै स्थानीय सरकारी अधिकारी र उद्धारकर्ता ...
मंसिर २१ गते, २०८२ - १९:५८
पोखरा । तीन दशकअघि मङ्सिर–पुस महिनामा पोखराको लेकसाइड सुनसान हुन्थ्यो । नेपाल घुम्न आएका विदेशी पर्यटक क्रिसमस मनाउन स्वदेश फर्कने तयारीमा हुन्थे भने ...
मंसिर २१ गते, २०८२ - १९:१२
सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबिच अविश्वास बढेको बताएका छन् । वीरता जेसिज विर्तामोडको आयोजनामा आज यहाँ आयोजित ‘सङ...
मंसिर २१ गते, २०८२ - १९:१०
खाँदबारी । सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा पाँच शय्याको अत्याधुनिक आधारभूत अस्पतालको आज उद्घाटन गरिएको छ । अस्पतालमा शव परीक्षण सेवा, ल्याब, फार्मे...
मंसिर २१ गते, २०८२ - १९:०८
भारत । लाखौँ श्रमिक रहेको भारतको पश्चिमी राजस्थानमा धुलो, रोग र गरिबी दैनन्दिन चुनौती जस्तै छन् । यही कठोर वातावरणबिच सन्तोष देवीजस्ता महिलाले सौर्य इ...
मंसिर २१ गते, २०८२ - १९:०३
साना । यमन सरकारले संयुक्त राष्ट्रसङ्घको पहलमा पुनः सुरू हुन लागेको वार्ताको तयारी स्वरूप शुक्रबार ‘विद्रोही हुथी समूह’ का २६ सदस्यका शव हस्तान्तरण गर...
मंसिर २१ गते, २०८२ - १९:००
ओटावा । क्यानाडामा नोभेम्बर महिनामा कुल ५४ हजार व्यक्तिले रोजगारी पाएका छन्, जुन कुल रोजगारीमा ०.३ प्रतिशत वृद्धि भएको स्टाटिस्टिक्स क्यानाडाले जनाएको...
मंसिर २१ गते, २०८२ - १८:५८
नवलपुर । नवलपुरको कावासोती –११ रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको स्वर्ण महोत्सवको अवसरमा आयोजना गरिएको स्वास्थ्य शिविरमा ६ सय ६० जनाले निःशुल्क...
मंसिर २१ गते, २०८२ - १८:५५
महोत्तरी । सशस्त्र प्रहरीले महोत्तरीको एकडारा गाउँपालिका –४ हलखोरी चोकबाट कटुवा पेस्तोलसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । बर्दीबासस्थित...




प्रतिकृया लेख्नुहोस्: