Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

अफगानिस्तानमा अमेरिकाले छाडेका लाखौं हतियार आतंकवादीका हातमा

खबरडबली संवाददाता

काठमाडाैं । अफगानिस्तानमा तालिबानले प्राप्त गरेका आधा मिलियन हतियारहरू आतंकवादी समूहहरूलाई बेचेको खुलेको छ ।

बीबीसीका अनुसार ती मध्ये कतिपय हराएको, अझै नियन्त्रणमा राखिएको भए पनि धेरै जसो हतियार तालिवानी समुहले आतंकवादी समुहलाई बिक्री गरेको छन् ।

संयुक्त राष्ट्र संघले यो विश्वास गरेको छ कि केही अमेरिकन हतियारहरू अहिले अल कायदा सम्बद्ध समुहको हातमा परिसकेको छ ।

तालिबानले २०२१ मा अफगानिस्तानको पुनः नियन्त्रण प्राप्त गरेको थियो । जहाँ धेरै जसो अमेरिकाले अनुदान दिएको हात हतियारहरू पनि छाडनु परेको अवस्था थियो । त्यो बेला लगभग १० लाख हतियार र सैन्य उपकरणहरू तालिवान समुहले नियन्त्रणमा लिएको एक पूर्व अफगान अधिकारीले जनाएका छन ।

सन २०२१ मा तालिबान अफगानिस्तानमा बढ्दै जाँदा धेरै अफगान सैनिकहरूले आफ्नो हतियार र सवारीसाधन त्यागेर आत्मसमर्पण गरेका थिए वा अफगानिस्तान नै छाडेर बिदेश भाग्नु पर्ने अवस्था थियो । र, केही उपकरणहरू भने केवल अमेरिकी सेनाहरूले त्यही छाडेर स्वदेश फर्किएका थिए ।

अमेरिकी निर्मित हतियारहरू जस्तै एम ४ र एम १६ राइफलहरूका साथै तत्कालिन अफगानी सरकारको स्वामित्वमा रहेका अन्य पुराना हतियारहरू समावेश थिए । जुन दशकौंको द्वन्द्वमा अमेरिकाले अनुदानमा आफु समर्थित तत्कालिन अफगानी सरकारलाई दिएको थियो ।

गत वर्षको अन्त्यमा दोहामा भएको छलफलमा तालिबानले स्वयंले पनि यो स्वीकार गरेको थियो कि कम्तीमा आधा भन्दा बढी सैन्य उपकरणहरूको अवस्थाका बारेमा तालिवान सरकारलाई पनि जानकारी छैन । १.५ करोड भन्दा हतियार र हतियार जन्य सामाग्रीका बारेमा तालिवान सरकारलाई समेत कुनै जानकारी रहेको छैन ।

फेब्रुअरीमा आएको एक प्रतिवेदनमार्फत संयुक्त राष्ट्र संघले भनेको थियो कि ती हतियारहरू अहिले तहरीक– ए–तालिबान पाकिस्तान, इस्लामिक मूभमेन्ट अफ उज्वेकिस्तान, पूर्वी तुर्कस्तान इस्लामिक आन्दोलन र यमनको अन्सारुल्लाह आन्दोलनलगायत अल कायदा सम्बद्ध संगठनहरूको पहुँचमा ती हतियारहरू पुगेका छन वा तिनीहरूलाई कालो बजारमा विक्री बितरण गरिरहेका छन् ।

बीबीसीले यो कुरा तालिबान सरकारका उपप्रवक्ता हमदुल्लाह फितरातलाई प्रश्न राखेको थियो । फितरातका अनुसार  हतियारको संरक्षण र भण्डारणलाई गम्भीरताका साथ तालिवानी सरकारले  लिएको छ।

‘सबै हलुका र भारी हतियारहरू सुरक्षित रूपमा भण्डारण गरिएका छन्। हामी तस्करी वा नोक्सानको दाबीलाई दृढतापूर्वक अस्वीकार गर्छौं,’ उनले भने।

तर, सन २०२३ को संयुक्त राष्ट्र संघको प्रतिवेदनले तालिबानले स्थानीय कमाण्डरहरूले जफत गरेका अमेरिकी हतियारहरूको २० प्रतिशत राख्न अनुमति दिएको र परिणामस्वरूप कालोबजारी फस्टाएको बताएको छ। यी कमाण्डरहरू तालिबानसँग सम्बद्ध छन् तर तिनीहरूको क्षेत्रहरूमा प्रायः स्वायत्तता छ।

संयुक्त राष्ट्रले उल्लेख गरेको छ कि ‘शक्ति सुदृढ गर्न स्थानीय कमाण्डर र लडाकुहरू बीच हतियारको उपहार व्यापक रूपमा दिइने अभ्यास भएको छ, कालो बजार तालिबानका लागि हतियारको धनी हुने स्रोत बनेको छ।’

तर, तालिबानले भने आतंकवादी समक्ष पुगेको बिषयलाइ भने अस्विकार गर्दै आएको छ । पुनः अमेरिकाका राष्ट्रपतिमा निर्वाचित भए पछि डाेनाल्ड ट्रम्पले साे हतियार अमेरिकालाइ फिर्ता दिनु पर्ने माग गरिरहेका छन् । तर, तालिबान सरकारले त्यसलाइ पनि अस्विकार गरिरहेकाे छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि कालो मसी छर्केर दुर्व्यवहार

दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ ।  ५-६ जनाको समूहमा आएको ...

सुनको मूल्य घट्यो, चाँदी बढ्यो,तोलाको कति पुग्यो ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...

बंगलादेशमा कट्टरपन्थी उन्मादः दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो

कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...

नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ।   प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...

प्रतिनिधिसभा निर्वाचन आचारसंहिता प्रस्ताव : अनुमति बिना उम्मेदवारले सवारी प्रयोग गर्न नपाउने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending