काठमाडाैं । अब चीनमा प्रेमी प्रेमिका खोज्ने कथा अलि फरक ढंगले गर्न थालिएको छ ।
तिब्र गतिको जीवनशैली, करियरको बढ्दो दबाब र विवाहप्रतिको परम्परागत सोचमा आएको ह्रासले युवालाई नयाँ बैबाहिक सामाजिक संकटतर्फ धकेलिएको छ । अहिले अवस्था यस्तो छ कि धेरै युवाहरु अविवाहित छन्, उनीहरुसँग न बिहे गर्ने समय छ, न त मन नै छ ।
यो प्रवृत्तिप्रति सरकार र समाज दुवै चिन्तित छन्, किनभने जन्मदरमा आएको ह्रास र पारिवारिक संरचनाको कमजोरीले देशको सामाजिक संरचनालाई असर गरिरहेको छ । यो सामाजिक परिवर्तनको बीचमा एक नयाँ प्रवृत्ति भने देखा परेको छ। त्यो हो, लाइभ भिडियो डेटिङ शो।
रेड नोट जस्ता सामाजिक सञ्जाल प्लेटफर्महरूमा हरेक रात त्यस्ता सयौं शोहरू भइरहेका छन्, जहाँ हजारौं युवा युवतिहरू प्रेमी र प्रेमिका खोजीमा सामेल भइरहेका छन् ।
रिपोर्टका अनुसार चीनमा ३० प्रतिशतभन्दा बढी युवाहरू अझै अविवाहित छन्। यसको प्रमुख कारण शिक्षा र करियरलाई लिएर बढ्दो दबाब रहेको विज्ञहरू बताउँछन् । युवाहरूसँग डेटिङ वा सम्बन्धका लागि समय नै हुँदैन। यस्तो अवस्थामा व्यवस्थित विवाह वा पारिवारिक सञ्जालजस्ता परम्परागत विधिहरू मार्फत सम्बन्ध स्थापित गर्ने इच्छा पहिलेको जस्तो सहज छैन।
यद्दपी, डेटिङ शोले भने केही राहात गरेको छ । यी शोहरू हरेक राति ११ बजेबाट सुरु हुने यी सत्रहरू साइबर म्याचमेकर टियान जिनजस्ता प्रभावशालीले आयोजना गरेका छन्। जसको प्रत्येक सत्रमा एकपटकमा कम्तिमा ८०० भन्दा बढी दर्शकहरू सामेल भइरहेका छन ।
यी लाइभ डेटिङ सत्रहरूमा भाग लिने युवाहरूले क्यामेरामा आफ्नो बारेमा बताउनु पर्छ। आफ्नो उमेर, पेशा, आय, शौक र व्यक्तिगत प्रतिभा जस्ता कुराहरू साझा गर्नु पर्छ । कतिपय सहभागीले गीत गाउँछन् भने कोही आ–आफ्नो शैलीमा नाच्दै दर्शकको मन जित्ने प्रयास गर्छन् । वास्तविक प्रतिक्रिया लाइभ टिप्पणीहरू मार्फत पनि उपलब्ध हुन्छन् ।
स्टीव चेन, एक २५ वर्षीय मेडिकल विद्यार्थी हुन्, जसले आफूलाई सधैं ‘बर्थ सिंगल’ भनेर वर्णन गर्ने गर्दथे तर एक यस्तो कार्यक्रम मार्फत विशेष व्यक्तिलाई भेटेका थिए । धेरै प्रत्यक्ष सत्रहरू र कुराकानीहरू पछि उनको क्रिस्टिन झांग, एक नियमित दर्शकसँग प्रेम महसुस गर्न थाले । बिस्तारै उनीहरुको कुराकानी डेटिङसम्म पुग्यो र अहिले यतिखेर उनीहरु गम्भीर सम्बन्धमा छन् ।
यो पछिल्लो प्रवृत्ति चीनका सहरी युवाहरूमाझ लोकप्रिय हुँदै गइरहेको छ। यो परम्परागत सम्बन्धहरू भन्दा फरक मात्र होइन, पूर्ण रूपमा डिजिटल पनि छ जहाँ हजारौं दर्शकहरूको अगाडि पहिलो छाप बनाउन पाइन्छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - २२:१४
प्रजातन्त्र : अमर रहोस्! यो जित कसको : जनताको! इन्कलाब : जिन्दाबाद! त्यो दिन म यस्तै नारा लगाइरहेकी थिएँ। हजारौँ मानिसको भिडबाट जुरुक्क उठेर ...
चैत्र २६ गते, २०८२ - २१:५७
काठमाडाैं । नेपााल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा उपलब्ध तथ्यांक सुविधासम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। अब तथ्यांक प्याक खरिद ...
चैत्र २६ गते, २०८२ - २१:४८
काठमाडाैं । नेपाल टेलिकमले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीहरूका लागि “एसईई अफर २०८२” उपलब्ध गराएको छ। यस अफर अन्तर्...
चैत्र २६ गते, २०८२ - २१:३१
धनुषाकी २५ वर्षीया रुबीकुमारी ठाकुर केही महिनाअघि सम्म स्थानीय परामर्श संस्थामा मासिक २० हजार रुपैयाँ तलबमा काम गर्थिन्। बिहान कार्यालय, साँझ घर—जीवन ...
चैत्र २६ गते, २०८२ - २१:२५
काठमाडाैँ । इरान र इजरायलबिचको बढ्दो तनावका कारण विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुजमा अनिश्चितता कायम नै रहेको छ। इरान सर...
चैत्र २६ गते, २०८२ - २१:०८
चितवन। माडी नगरपालिकामा एक युवतीको दुर्घटनाबाट मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–८ खरकट्टाकी १८ वर्षीया प्रिति परियार रहेकी छन्। भरतपुरबा...
चैत्र २६ गते, २०८२ - २१:०३
कञ्चनपुर । कञ्चनपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्धुरातर्फ गइरहेको से १ ज २९० नम्बरको जीप भित्री ग...
चैत्र २६ गते, २०८२ - २०:२१
काठमाडाैं । वर्षौँदेखि बन्द वा कमजोर अवस्थामा रहेका सरकारी उद्योगलाई पुनः चलाउने तयारीमा सरकार जुटेको छ। चुनावी भाषणमा गरिएको प्रतिबद्धता अहिले नीतिगत...
चैत्र २६ गते, २०८२ - २०:१०
झापा । नेपाल पत्रकाार महासंघ झापा शाखाले सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णय फिर्ता लिन माग गर्दै आन्दो...
चैत्र २६ गते, २०८२ - १९:५१
प्रतिनिधिसभा सदस्यहरूले शपथ लिएको दुई साता बितिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न नसक्नु साधारण प्रशासनिक ढिलाइ होइन । यो पार्टीभि...


प्रतिकृया लेख्नुहोस्: