काठमाडौँ । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले काठमाडौँका नदी सफा गर्न ठोस कार्यक्रम ल्याउने बताएका छन् । काठमाडौँको वडा नं १० बुद्धनगरवासीद्वारा सञ्चालन गरिएको ‘सके सफा गरौँ नसके फोहर त नगरौँ’ भन्ने नारासहितको बुद्धनगर सरसफाइ अभियानको १० वर्ष पूरा भएको उपलक्ष्यमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले नदी सफा गर्नका लागि नदीमा ढल मिसाउने अवस्थाको अन्त्य गर्नुपर्ने बताए ।
उपप्रधानमन्त्री सिंहले नदी सफा गर्नका लागि काठमाडौँ उपत्यका विकास प्राधिकरण, बागमती सभ्यता एकीकृत विकास समितिलगायतसँग छलफल गर्ने र लगानीको लक्ष्य र उद्देश्यअनुरुप प्रतिफल प्राप्त नभएको पक्षलाई विश्लेषण गर्न जरुरी रहेकामा जोड दिए ।
उपप्रधानमन्त्री सिंहले बुद्धनगरवासीले सानो भए पनि सकारात्मक कामलाई निरन्तरता दिएर रचनात्मक कामलाई जारी राखेको भनी अभियन्ता र सहभागीप्रति आभार प्रकट गर्दै बधाई दिए । उनले उक्त अभियानमा आबद्ध हुन सबैलाई आह्वान समेत गरे ।
उक्त अभियानबाट टोलवासीको मनमा सकारात्मक दियो बाल्ने प्रयास गरिएको र त्यो सफल भएको उल्लेख गर्दै मन्त्री सिंहले सरसफाइ अभियान २०७२ को भूकम्प अगाडि नै सुरु भई ५२२ हप्ता पूरा गरेको जानकारी दिए । कार्यक्रमका अभियन्ता संविधानसभाका पूर्वसदस्य मोहनकुमार राईले सार्थक परिवर्तनका लागि सानै काम गरौँ भन्ने भावनाले प्रेरित भई बुद्धनगर सफाइ अभियान सञ्चालन गरेको र यसलाई १० वर्षसम्म निरन्तरता दिन सकिएको उनले बताए ।
थर्ड आई युथ क्लबका सुवास राईको समाजमा केही गरौँ भन्ने भावनाबाट यो अभियान सुरु गरी यसलाई हालसम्म निरन्तरता दिइएकाले दुनियाँले के भन्छ भन्ने कुरामा नलागी आत्मसन्तुष्टिका लागि काम गरिएको बताए ।
यसअघि बुद्धनगरस्थित सेतो गणेशस्थानबाट सुरु भएको सरसफाइ कार्यक्रमका सभापति समाजसेवी सप्तराज बज्राचार्यले सहभागी सबैलाई सरसफाइलाई निरन्तरता दिइ १० वर्ष पूरा गरेकामा धन्यवाद दिए । कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, कांग्रेस नेतृ सृजना सिंह र नेपाली कांग्रेस क्षेत्र नं १ का सभापति रविन्द्रविक्रम राणालगायत सहभागी रहेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २८ गते, २०८३ - १७:४९
पोखरा। पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई) दुबईका लागि उडान सञ्चालन हुन लागेको छ । आगामी असोज ७ गतेदेखि नियमित उडान सञ्च...
जेष्ठ २८ गते, २०८३ - १७:२६
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले आगामी आर्थिक वर्षको बजेट समता, सामाजिक न्याय र समन्यायिक समृद्धिलाई केन्द्रमा राखेर ल्याएको दाबी ...
जेष्ठ २८ गते, २०८३ - १७:१०
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमार्फत करको दर हेरफेर गरी निश्चित व्यवसायीलाई फाइदा पुर्याएको आरोपको खण्डन गरेका छन्। प्रतिनिधिसभाको बैठ...
जेष्ठ २८ गते, २०८३ - १७:०३
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशको सभापतिमा चन्द्रबहादुर राई निर्वाचित भएका छन्। मोरङको विराटचोकमा सम्पन्न पार्टीको पहिलो प...
जेष्ठ २८ गते, २०८३ - १६:५७
इराक। इराकस्थित अमेरिकी दूतावासले सुरक्षा चेतावनी जारी गर्दै इराकमा रहेका अमेरिकी नागरिकलाई पुर्ण तयारीका साथ क्षेत्रीय घटनाक्रमको सङ्कटकालीन अवस्थामा...
जेष्ठ २८ गते, २०८३ - १६:४६
रुकुमपश्चिम। रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –५ मा एक महिलाको मृत्यु भएको छ । वडाका काँडागाउँ निवासी करिब ३५ वर्षीया रमा पुरीको आज बिहान मृत्यु भएक...
जेष्ठ २८ गते, २०८३ - १६:४१
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङ विभिन्न माग राख्दै माइतीघर पुगेको छन् । उनको निजी सचिवालयका अनुसार मन्त्री गुरुङ माइती घरमा विभिन्न मुद्दा बोकेर धर्ना...
जेष्ठ २८ गते, २०८३ - १६:०६
काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइएको प्रकरणसम्बन्धी अदालतमा विचाराधीन मुद्दामा बुधबारदेखि अन्तिम बहस सुरु भएको छ। ...
जेष्ठ २८ गते, २०८३ - १५:५९
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दाँतको उपचारका लागि अस्पताल पुगेका छन् । दाँतमा समस्या देखिएपछि उनी महाराजगञ्जस्थित त्रिभुवन विश्वव...
जेष्ठ २८ गते, २०८३ - १५:४१
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमाअन्तर्गत सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा मात्रै नक्साङ्कनको काम बाँकी रहेको ...



प्रतिकृया लेख्नुहोस्: