बागलुङ । बागलुङका चार पालिकामा क्षयरोग नियन्त्रण अभियान चलाइएको छ। क्षयरोग पत्ता लगाउने, सर्ने दर घटाउने र बिरामीको उपचार गरी क्षयरोगमुक्त पालिका बनाउन जिल्लाका १० मध्ये बागलुङ नगरपालिका, गलकोट नगरपालिका, बडिगाड गाउँपालिका र काठेखोला गाउँपालिकामा यो अभियान सुरु भएको छ।
गत वर्ष बडिगाड र गलकोटमा सुरु भएको अभियान यस वर्ष बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकामा विस्तार गरिएको हो। नेपाल सरकारको क्षयरोगमुक्त पालिका कार्यविधिअनुसार यी पालिकामा विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन्। प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका क्षयरोग निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिए।
‘क्षयरोग सरुवा रोग भएकाले सर्ने दर घटाउनु नै मुख्य लक्ष्य हो। यसका लागि बिरामी पत्ता लगाएर उपचार गर्नुपर्छ। सचेतना मुख्य कुरा हो। अभियानले बिरामी पत्ता लगाउने दर बढाएको छ। उपचारपछि बिरामीको संख्या कम हुँदै जान्छ,’ घिमिरेले भने, ‘यो आर्थिक वर्षमा जिल्लामा २०३ बिरामी पत्ता लागेका छन्। औषधि सेवनले रोग सर्नबाट रोकिन्छ र निर्मूलनमा सहयोग पुग्छ।’
बडिगाड गाउँपालिकामा गत वर्ष १३३ बिरामी थिए, अहिले ४३ मा झरेको छ। सर्वेक्षण जारी छ। गलकोटमा ३१ र बागलुङ नगरपालिकामा ३० सक्रिय बिरामी छन्।
यी पालिकामा एआई प्रविधिबाट क्षयरोग पत्ता लगाउने काम तीव्र छ। प्रत्येक पालिकामा क्षयरोग संयोजक तोकिएको छ। पालिका प्रमुखको नेतृत्वमा क्षयरोगमुक्त समन्वय समिति र वडास्तरीय समिति गठन भइरहेको छ।
ढोरपाटन नगरपालिकामा अभियान नचले पनि एक्सरेमार्फत परीक्षण भइरहेको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ। अभियानका लागि स्वास्थ्य शाखामा एकाइ, पालिकास्तरीय समन्वय समिति र वडास्तरीय समिति गठन गरिनेछ।
बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले क्षयरोग पत्ता लगाउने, उपचार गर्ने, सर्ने दर घटाउने, रोकथाम गर्ने र मृत्युदर शून्यमा झार्ने लक्ष्य रहेको बताए। नगरपालिकाका १४ मध्ये १२ वडामा सूक्ष्म योजना तयार भइसकेको उनले जानकारी दिए। नेपाल सरकारले सन् २०३५ भित्र क्षयरोग निवारण गर्ने लक्ष्यका साथ खोजी अभियान तीव्र पारेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १८ गते, २०८२ - १२:४६
दमौली । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका क्रममा विस्फोट गर्दा क्षति भएकामध्ये ...
बैशाख १८ गते, २०८२ - १२:३८
काठमाडौँ । शिक्षक र सरकार महासंघबीच बुधबार भएको सहमतिमा शिक्षकहरूले असन्तुष्टि जनाएका छन् । विद्यालय कर्मचारीहरूले सरकारसँग भएको ९ बुँदे सहमति अस्वीका...
बैशाख १८ गते, २०८२ - १२:२८
काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा। शेखर कोइरालाले श्रमिक आयोग बनाउनुपर्नेमा जोड दिएको छन् । बिहीबार ललितपुरमा नेपाल ट्रेड युनियन काँग्रेसले एक सय ...
बैशाख १८ गते, २०८२ - १२:२४
काठमाडौँ। नेकपा (एमाले)ले पार्टीको आगामी विधान महाधिवेशनसम्ममा सदस्यता सङ्ख्या सात लाख ५० हजार पुर्याउने जनाएको छ । एमालेले यस वर्षलाई पार्टीको आन...
बैशाख १८ गते, २०८२ - ११:२७
जनकपुरधाम । जसपा नेपालकी केन्द्रीय सदस्य डा। बबी सिंह यादवले डान्स गर्दै पड्काएको पेस्तोलबारे सप्तरी प्रहरीले अनुसन्धान अगाडि बढाएको छ। यादवले पेस्...
बैशाख १८ गते, २०८२ - ११:१५
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले श्रम, रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्ने बताएको छन् । एक सय ३६ औँ अन्तरराष्ट्रिय श्रमिक दिवसका अ...
बैशाख १८ गते, २०८२ - ११:०५
काठमाडौँ । सङ्घीय संसद्, राष्ट्रियसभाका सांसद गोपालकुमार बस्नेतले राज्यले ज्येष्ठ नागरिकलाई संरक्षण गर्नेभन्दा पनि उनका सन्तानलाई आफ्ना बाबुआमाप्रतिको...
बैशाख १८ गते, २०८२ - १०:५१
सिन्धुपाल्चोक। अहिले चलिरहेको निरन्तरको सामान्य बर्सातले कोदारी लोक मार्गको भासिन थालेको छ । सडक भासिन थालेपछि पटक पटक सडक अवरुद्ध हुन थालेको छ । सडक ...
बैशाख १८ गते, २०८२ - १०:२३
म्याग्दी। रघुगङ्गा गाउँपालिकामा ३७ दशमलव पाँच मेगावाट क्षमताको चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजना निर्माण भएको छ । तुदी पावर कम्पनी लिमिटेड ...
बैशाख १८ गते, २०८२ - १०:१९
पर्वत । जलजला गाउँपालिका–७ धाइरिङमा सञ्चालित लुङ्दीखोला–भेडावारी–दुलेपानी सिँचाइ आयोजना सम्पन्न भएको छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमार्फ...
प्रतिकृया लेख्नुहोस्: