नेपालगन्ज। जिल्ला प्रशासन कार्यालय बाँकेले सार्वजनिक बिदाहरूमा पनि आफ्नो कार्यालयले प्रवाह गर्ने केही महत्त्वपूर्ण सेवाहरू सूचारु राख्ने जानकारी गराएको छ ।
१६ वटा सार्वजनिक बिदाका दिन पनि जिल्ला प्रशासन कार्यालय बाँकेले नागरिकतासम्बन्धी सेवा, राहदानी, राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरणसम्बन्धी सम्पूर्ण सेवाहरू प्रवाह गर्ने जानकारी एक सार्वजनिक सूचना मार्फत गराएको छ ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीको हस्ताक्षरमा सार्वजनिक गरिएको सूचनामा २०८२ वैशाख १ देखि चैत मसान्तसम्मको १६ वटा शनिबार बाहेकका सार्वजनिक बिदाहरूमा पनि उपरोक्त महत्त्वपूर्ण सेवाहरू सूचारु रहने जनाइएको छ ।
सूचनामा दिइएको जानकारी अनुसार वैशाख २९ गते उभौली पर्व तथा बुद्ध जयन्ती, जेठ १५ गते गणतन्त्र दिवस, असोज ६ गते घटस्थापना, मङ्सिर १८ गते धान्य पूर्णिमा, पुस १० गते क्रिसमस डे, पुस १५ गते उधौली पर्व तथा तमु ल्होसार, पुस २७ गते तमु ल्होसार र पृथ्वी जयन्ती, माघ १ गते माघी पर्व र माघ ५ गते सोनाम ल्होसारका दिनमा सार्वजनिक बिदा भए पनि जिल्ला प्रशासन कार्यालय बाँकेबाट नागरिकता, राहदानी, राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरणसम्बन्धी सेवाहरू प्रवाह गरिने छ ।
सोही प्रकारले माघ १६ गते सहीद दिवस, फागुन ३ गते महाशिवरात्री, फागुन ६ गते ग्याल्पो ल्होसार, फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस, फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवस तथा तोकिएको दिनमा पर्ने ईद र बकराईदको दिनमा सार्वजनिक बिदा भए पनि जिल्ला प्रशासन बाँकेबाट उपरोक्त सेवाहरू प्रदान गरिने बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले बताए।
उनले भने, ‘‘सरकारको निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालय बाँकेले १६ वटा महत्त्वपूर्ण सार्वजनिक बिदाका दिनहरूमा पनि आफ्नो केही आवश्यक सेवा प्रवाह गर्ने भएको छ ।’’
सार्वजनिक बिदाका माथि उल्लेखित ती दिनहरूमा पनि सेवा लिन जिल्ला प्रशासन कार्यालयमा आउन जिल्लावासीलाई सार्वजनिक सूचना मार्फत अनुरोध गरिएको जनाउँदै प्रमुख जिल्ला अधिकारी जोशीले त्यसका लागि जिल्ला प्रशासन कार्यालय बाँकेले सबै तयारी पूरा गरेको बताए।
सार्वजनिक बिदाका दिनमा पनि केही आवश्यक सेवा प्रवाह गर्ने सरकारको निर्णय निकै सराहनीय रहेको जनाउँदै नागरिक सरोकार समाज बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले तोकिएका सार्वजनिक बिदाका दिनहरूमा सेवा लिन आउनेहरूलाई सहज र सरल रूपमा सेवा दिने व्यवस्था मिलाउन प्रशासनसँग आग्रह गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २८ गते, २०८३ - १७:४९
पोखरा। पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई) दुबईका लागि उडान सञ्चालन हुन लागेको छ । आगामी असोज ७ गतेदेखि नियमित उडान सञ्च...
जेष्ठ २८ गते, २०८३ - १७:२६
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले आगामी आर्थिक वर्षको बजेट समता, सामाजिक न्याय र समन्यायिक समृद्धिलाई केन्द्रमा राखेर ल्याएको दाबी ...
जेष्ठ २८ गते, २०८३ - १७:१०
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमार्फत करको दर हेरफेर गरी निश्चित व्यवसायीलाई फाइदा पुर्याएको आरोपको खण्डन गरेका छन्। प्रतिनिधिसभाको बैठ...
जेष्ठ २८ गते, २०८३ - १७:०३
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशको सभापतिमा चन्द्रबहादुर राई निर्वाचित भएका छन्। मोरङको विराटचोकमा सम्पन्न पार्टीको पहिलो प...
जेष्ठ २८ गते, २०८३ - १६:५७
इराक। इराकस्थित अमेरिकी दूतावासले सुरक्षा चेतावनी जारी गर्दै इराकमा रहेका अमेरिकी नागरिकलाई पुर्ण तयारीका साथ क्षेत्रीय घटनाक्रमको सङ्कटकालीन अवस्थामा...
जेष्ठ २८ गते, २०८३ - १६:४६
रुकुमपश्चिम। रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –५ मा एक महिलाको मृत्यु भएको छ । वडाका काँडागाउँ निवासी करिब ३५ वर्षीया रमा पुरीको आज बिहान मृत्यु भएक...
जेष्ठ २८ गते, २०८३ - १६:४१
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङ विभिन्न माग राख्दै माइतीघर पुगेको छन् । उनको निजी सचिवालयका अनुसार मन्त्री गुरुङ माइती घरमा विभिन्न मुद्दा बोकेर धर्ना...
जेष्ठ २८ गते, २०८३ - १६:०६
काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइएको प्रकरणसम्बन्धी अदालतमा विचाराधीन मुद्दामा बुधबारदेखि अन्तिम बहस सुरु भएको छ। ...
जेष्ठ २८ गते, २०८३ - १५:५९
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दाँतको उपचारका लागि अस्पताल पुगेका छन् । दाँतमा समस्या देखिएपछि उनी महाराजगञ्जस्थित त्रिभुवन विश्वव...
जेष्ठ २८ गते, २०८३ - १५:४१
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमाअन्तर्गत सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा मात्रै नक्साङ्कनको काम बाँकी रहेको ...



प्रतिकृया लेख्नुहोस्: