Ntc summer Offer
Khabar Dabali १९ बैशाख २०८२ शुक्रबार | 2nd May, 2025 Fri
Investment bank

मकवानपुरका ३३ हजारभन्दा बढी बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु

खबरडबली संवाददाता

मकवानपुरगढी। मकवानपुरमा शनिबार र आइतबार भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु गरिएको छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत मकवानपुरमा पनि ६ महिनादेखि ५ वर्ष उमेर समूहका बालबालिकाहरुलाई भिटामिन ‘ए’ तथा एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधी खुवाउन सुरु गरिएको हो । 

जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार दुईदिने अभियानमा ३३ हजार तीन सय १० बालबालिकालाई भिटामिन ‘ए’ तथा २९ हजार तीन सय ९९ जना बालबालिकालाई जुकाको औषधी खुवाइने लक्ष्य लिइएको छ ।

जसका लागि जिल्लाभरीमा चार सय ७२ जना स्वयंसेविका परिचालन गरिएको जनस्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिएको छन् ।

मकवानपुरको १० पालिकामध्ये हेटौँडा उपमहानगरपालिकाका १४ हजार पाँच सय ८७ जना, थाहा नगरपालिकाका दुई हजार ६ सय ८३, इन्द्रसरोवरमा नौ सय ४६, कैलाशमा एक हजार चार सय ९८, राक्सिराङमा एक हजार ८ सय २५, मनहरीमा तीन हजार पाँच सय ३९, भीमफेदीमा एक हजार चार सय ७९, मकवानपुरगढीमा एक हजार सात सय ६, बकैयामा दुई हजार नौ सय ६ र बागमतीमा दुई हजार एक सय ४१ बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने लक्ष्य लिइएको सूचना अधिकारी घिमिरेले जानकारी दिए ।

त्यस्तै हेटौंडा उपमहानगरपालिकाका १२ हजार ८ सय ७३ जना, थाहा नगरपालिकाका २ हजार ३ सय ६८, इन्द्रसरोवरमा ८ सय ३५, कैलाशमा १ हजार ३ सय २२, राक्सिराङमा १ हजार ६ सय ११, मनहरीमा ३ हजार १ सय २५, भीमफेदीमा १ हजार ३ सय ६, मकवानपुरगढीमा १ हजार ५ सय ४, बकैयामा २ हजार ५ सय ६५ र बागमतीमा १ हजार ८ सय ९० बालबालिकालाई जुकाको औषधी खुवाइने भएको छ ।

कार्यालयका अनुसार दश पालिकामध्ये सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकामा १२ हजार ८ सय ७३ जनालाई जुकाको औषधी र १४ हजार पाँच सय ८७ जनालाई भिटामिन ‘ए’ खुवाइने भएको छ भने सबैभन्दा कम इन्द्रसरोवर गाउँपालिकाका इन्द्रसरोवरमा नौ सय ४६ जना बालबालिकालाई भिटामिन ‘ए’ र ८ सय ३५ लाई जुकाको औषधी खुवाइने भएको हो ।

सूचना अधिकारी घिमिरेका अनुसार हरेक वर्ष दुई चरणमा सरकारले देशैभरका उमेर लक्षित बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने गरेको छ । 

यसअघि मकवानपुरमा कात्तिक २ र ३ गते पहिलो चरणमा भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइएको थियो । साथै घर नजिकैको खोप केन्द्रमा गएर आफना बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउनसमेत जनस्वास्थ्य कार्यालय मकवानपुरले अनुरोध गरेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तनहुँ जलविद्युत् आयोजना प्रभावितलाई क्षतिपूर्ति वितरण

दमौली । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका क्रममा विस्फोट गर्दा क्षति भएकामध्ये ...

विद्यालय कर्मचारीद्वारा सरकारसँगको ९ बुँदे सहमति अस्वीकार

काठमाडौँ । शिक्षक र सरकार महासंघबीच बुधबार भएको सहमतिमा शिक्षकहरूले असन्तुष्टि जनाएका छन् । विद्यालय कर्मचारीहरूले सरकारसँग भएको ९ बुँदे सहमति अस्वीका...

श्रमिक आयोग बनाउनुपर्नेमा नेता कोइरालाको जोड

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा। शेखर कोइरालाले श्रमिक आयोग बनाउनुपर्नेमा जोड दिएको छन् । बिहीबार ललितपुरमा नेपाल ट्रेड युनियन काँग्रेसले एक सय ...

एमालेले पार्टी सदस्यता साढे सात लाख पुर्याउने

काठमाडौँ। नेकपा (एमाले)ले पार्टीको आगामी विधान महाधिवेशनसम्ममा सदस्यता सङ्ख्या सात लाख ५० हजार पुर्याउने जनाएको छ ।  एमालेले यस वर्षलाई पार्टीको आन...

जसपा नेत्रीले पेस्ताेल पड्काउँदै नाचेको भिडिओ भाइरल, अनुसन्धानको लागि जिप्रका बोलाइयो

जनकपुरधाम । जसपा नेपालकी केन्द्रीय सदस्य डा। बबी सिंह यादवले डान्स गर्दै पड्काएको पेस्तोलबारे सप्तरी प्रहरीले अनुसन्धान अगाडि बढाएको छ। यादवले पेस्...

श्रम, रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्छ : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले श्रम, रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्ने बताएको छन् । एक सय ३६ औँ अन्तरराष्ट्रिय श्रमिक दिवसका अ...

बाबुआमालाई वृद्धाश्रममा राख्ने होइन, सन्तानसँगै बस्ने संस्कारको विकास गर्नुपर्छ: राष्ट्रियसभा सदस्य बस्नेत

काठमाडौँ । सङ्घीय संसद्, राष्ट्रियसभाका सांसद गोपालकुमार बस्नेतले राज्यले ज्येष्ठ नागरिकलाई संरक्षण गर्नेभन्दा पनि उनका सन्तानलाई आफ्ना बाबुआमाप्रतिको...

सामान्य बर्सातलेनै भासिन थाल्यो कोदारी राजमार्ग

सिन्धुपाल्चोक। अहिले चलिरहेको निरन्तरको सामान्य बर्सातले कोदारी लोक मार्गको भासिन थालेको छ । सडक भासिन थालेपछि पटक पटक सडक अवरुद्ध हुन थालेको छ । सडक ...

राहुघाट जलविद्युत् आयोजना सम्पन्न, परीक्षण उत्पादन हुँदै

म्याग्दी। रघुगङ्गा गाउँपालिकामा ३७ दशमलव पाँच मेगावाट क्षमताको चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजना निर्माण भएको छ ।  तुदी पावर कम्पनी लिमिटेड ...

पर्वतमा लुङ्दीखोला सिँचाइ आयोजना सम्पन्न

पर्वत । जलजला गाउँपालिका–७ धाइरिङमा सञ्चालित लुङ्दीखोला–भेडावारी–दुलेपानी सिँचाइ आयोजना सम्पन्न भएको छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमार्फ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending