सर्लाही । सर्लाहीमा भारतबाट आएका ३९ जनामा मलेरियाको सङ्क्रमण देखिएको छ । मलेरियालाई औलो पनि भनिन्छ । स्वास्थ्य कार्यालय सर्लाहीका भेक्टर कन्ट्रोल निरीक्षक मनोजकुमार झाले चालु आर्थिक वर्षमा ३९ जनामा मलेरियाको सङ्क्रमण पुष्टी भएको जानकारी दिए।
भारतको सुरत, मुम्बई, दिल्लीलगायतका स्थानमा मजदुरी गरेर फर्किएका बलरा, लालबन्दी, पर्सा, हरिपुरलगायत पालिकाका व्यक्तिमा मलेरिया देखिएको झाले बताए। “३९ वटै केस भारतबाट आयातित केस हुन्” स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक झाले भने, “भारतमा काम गर्दागर्दै अत्यधिक ज्वरो आउने तथा अन्य लक्षण देखिएपछि उहाँहरु यहाँ आएर परीक्षण गराउँदा मलेरिया पुुष्टि भएको हो ।”
झाका अनुसार धेरैमात्रामा भारतको सुरतबाट आउनेहरुमा मलेरियाको सङ्क्रमण बढी देखिएको छ । जिल्लाभर फेला परेका ३९ जना मलेरियाका सङ्क्रमितमध्ये २० जनाभन्दा बढी सीमावर्ती बलरा नगरपालिका–२, हथियौल जमुनिया गाउँका रहेका छन् ।
भारतमा बिरामी परेर काम गर्न नसक्ने भएर आएपछि बलरास्थित प्राथमिक स्वास्थ्य केन्द्र अचलगढमा गएर स्वास्थ्य परीक्षण गराउँदा उनीहरुमा मलेरियाको पुुष्टि भएको हो । पछिल्लो पटक केही दिनअघि लालबन्दी नगरपालिका–२, पुनर्वासका एक पुरुषमा मलेरिया सङ्क्रमण देखिएको छ ।
भारतको सुरतमा मजदुर गरेर फर्किएका ती पुरुषले प्राथमिक स्वास्थ्य केन्द्र हरिपुरमा गएर परीक्षण गराउँदा मलेरिया पुुष्टी भएको हो । मलेरिया पुुष्टी भएका पुरुषको सम्पर्कमा आएका परिवारका सदस्य र छरछिमेकी ३६ जनाको शुक्रबार बस्तीमै पुुगेर परीक्षण गरिएको छ ।
३६ जना कसैमा पनि मलेरिया नरहेको पाइएको आधारभूत स्वास्थ्य सेवा केन्द्र पुनर्वासका कार्यालय प्रमुख सन्तोषकुमार साहले बताए। “सङ्क्रमित व्यक्तिसँग सम्पर्क भएका मानिसको मलङ्गवा, हरिपुर र नगरपालिकाबाट आएका प्राविधिकसहित परीक्षण गर्दामा सबैको रिपोर्ट नेगेटिभ आयो,” स्वास्थ्य केन्द्रका इन्चार्ज साहले भने, “औषधी सेवन गरिरहेका सङ्क्रमित बिरामीको अवस्था पनि सामान्य नै छ ।”
स्वास्थ्यकर्मीका अनुसार एनोफिलिज जातको सङ्क्रमित पोथी लामखुट्टेले स्वस्थ मान्छेलाई टोक्दा मलेरियाको परजीवी सर्छ र यो रोगको सङ्क्रमण हुन्छ । मलेरिया सङ्क्रमण गराउने लामखुट्टे धेरैजसो राति सक्रिय हुन्छन् ।
मलेरिया हुँदा टाउको दुख्ने, शरीर दुख्ने, वाकवाकी लाग्नेजस्ता समस्या देखिन्छ । स्वास्थ्य कार्यालय सर्लाहीले लामखुुट्टेको टोकाइबाट बच्न र मलेरियाको शङ्का लागे अहिले जिल्लाका सबै पालिकामा जनस्वास्थ्य प्रयोगशाला रहेकाले त्यहाँ गएर परीक्षण गराउन आग्रह गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १८ गते, २०८२ - १२:४६
दमौली । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका क्रममा विस्फोट गर्दा क्षति भएकामध्ये ...
बैशाख १८ गते, २०८२ - १२:३८
काठमाडौँ । शिक्षक र सरकार महासंघबीच बुधबार भएको सहमतिमा शिक्षकहरूले असन्तुष्टि जनाएका छन् । विद्यालय कर्मचारीहरूले सरकारसँग भएको ९ बुँदे सहमति अस्वीका...
बैशाख १८ गते, २०८२ - १२:२८
काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा। शेखर कोइरालाले श्रमिक आयोग बनाउनुपर्नेमा जोड दिएको छन् । बिहीबार ललितपुरमा नेपाल ट्रेड युनियन काँग्रेसले एक सय ...
बैशाख १८ गते, २०८२ - १२:२४
काठमाडौँ। नेकपा (एमाले)ले पार्टीको आगामी विधान महाधिवेशनसम्ममा सदस्यता सङ्ख्या सात लाख ५० हजार पुर्याउने जनाएको छ । एमालेले यस वर्षलाई पार्टीको आन...
बैशाख १८ गते, २०८२ - ११:२७
जनकपुरधाम । जसपा नेपालकी केन्द्रीय सदस्य डा। बबी सिंह यादवले डान्स गर्दै पड्काएको पेस्तोलबारे सप्तरी प्रहरीले अनुसन्धान अगाडि बढाएको छ। यादवले पेस्...
बैशाख १८ गते, २०८२ - ११:१५
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले श्रम, रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्ने बताएको छन् । एक सय ३६ औँ अन्तरराष्ट्रिय श्रमिक दिवसका अ...
बैशाख १८ गते, २०८२ - ११:०५
काठमाडौँ । सङ्घीय संसद्, राष्ट्रियसभाका सांसद गोपालकुमार बस्नेतले राज्यले ज्येष्ठ नागरिकलाई संरक्षण गर्नेभन्दा पनि उनका सन्तानलाई आफ्ना बाबुआमाप्रतिको...
बैशाख १८ गते, २०८२ - १०:५१
सिन्धुपाल्चोक। अहिले चलिरहेको निरन्तरको सामान्य बर्सातले कोदारी लोक मार्गको भासिन थालेको छ । सडक भासिन थालेपछि पटक पटक सडक अवरुद्ध हुन थालेको छ । सडक ...
बैशाख १८ गते, २०८२ - १०:२३
म्याग्दी। रघुगङ्गा गाउँपालिकामा ३७ दशमलव पाँच मेगावाट क्षमताको चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजना निर्माण भएको छ । तुदी पावर कम्पनी लिमिटेड ...
बैशाख १८ गते, २०८२ - १०:१९
पर्वत । जलजला गाउँपालिका–७ धाइरिङमा सञ्चालित लुङ्दीखोला–भेडावारी–दुलेपानी सिँचाइ आयोजना सम्पन्न भएको छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमार्फ...
प्रतिकृया लेख्नुहोस्: