Khabar Dabali २९ जेष्ठ २०८३ शुक्रबार | 12th June, 2026 Fri
Investment bank

भारतबाट आएका ३९ जनामा मलेरिया

खबरडबली संवाददाता

सर्लाही । सर्लाहीमा भारतबाट आएका ३९ जनामा मलेरियाको सङ्क्रमण देखिएको छ । मलेरियालाई औलो पनि भनिन्छ । स्वास्थ्य कार्यालय सर्लाहीका भेक्टर कन्ट्रोल निरीक्षक मनोजकुमार झाले चालु आर्थिक वर्षमा ३९ जनामा मलेरियाको सङ्क्रमण पुष्टी भएको जानकारी दिए।

भारतको सुरत, मुम्बई, दिल्लीलगायतका स्थानमा मजदुरी गरेर फर्किएका बलरा, लालबन्दी, पर्सा, हरिपुरलगायत पालिकाका व्यक्तिमा मलेरिया देखिएको झाले बताए। “३९ वटै केस भारतबाट आयातित केस हुन्” स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक  झाले भने, “भारतमा काम गर्दागर्दै अत्यधिक ज्वरो आउने तथा अन्य लक्षण देखिएपछि उहाँहरु यहाँ आएर परीक्षण गराउँदा मलेरिया पुुष्टि भएको हो ।”

झाका अनुसार धेरैमात्रामा भारतको सुरतबाट आउनेहरुमा मलेरियाको सङ्क्रमण बढी देखिएको छ । जिल्लाभर फेला परेका ३९ जना मलेरियाका सङ्क्रमितमध्ये २० जनाभन्दा बढी सीमावर्ती बलरा नगरपालिका–२, हथियौल जमुनिया गाउँका रहेका छन् ।

भारतमा बिरामी परेर काम गर्न नसक्ने भएर आएपछि बलरास्थित प्राथमिक स्वास्थ्य केन्द्र अचलगढमा गएर स्वास्थ्य परीक्षण गराउँदा उनीहरुमा मलेरियाको पुुष्टि भएको हो । पछिल्लो पटक केही दिनअघि लालबन्दी नगरपालिका–२, पुनर्वासका एक पुरुषमा मलेरिया सङ्क्रमण देखिएको छ ।

भारतको सुरतमा मजदुर गरेर फर्किएका ती पुरुषले प्राथमिक स्वास्थ्य केन्द्र हरिपुरमा गएर परीक्षण गराउँदा मलेरिया पुुष्टी भएको हो । मलेरिया पुुष्टी भएका पुरुषको सम्पर्कमा आएका परिवारका सदस्य र छरछिमेकी ३६ जनाको शुक्रबार बस्तीमै पुुगेर परीक्षण गरिएको छ ।

३६ जना कसैमा पनि मलेरिया नरहेको पाइएको आधारभूत स्वास्थ्य सेवा केन्द्र पुनर्वासका कार्यालय प्रमुख सन्तोषकुमार साहले बताए। “सङ्क्रमित व्यक्तिसँग सम्पर्क भएका मानिसको मलङ्गवा, हरिपुर र नगरपालिकाबाट आएका प्राविधिकसहित परीक्षण गर्दामा सबैको रिपोर्ट नेगेटिभ आयो,” स्वास्थ्य केन्द्रका इन्चार्ज साहले भने, “औषधी सेवन गरिरहेका सङ्क्रमित बिरामीको अवस्था पनि सामान्य नै छ ।”

स्वास्थ्यकर्मीका अनुसार एनोफिलिज जातको सङ्क्रमित पोथी लामखुट्टेले स्वस्थ मान्छेलाई टोक्दा मलेरियाको परजीवी सर्छ र यो रोगको सङ्क्रमण हुन्छ । मलेरिया सङ्क्रमण गराउने लामखुट्टे धेरैजसो राति सक्रिय हुन्छन् । 

मलेरिया हुँदा टाउको दुख्ने, शरीर दुख्ने, वाकवाकी लाग्नेजस्ता समस्या देखिन्छ । स्वास्थ्य कार्यालय सर्लाहीले लामखुुट्टेको टोकाइबाट बच्न र मलेरियाको शङ्का लागे अहिले जिल्लाका सबै पालिकामा जनस्वास्थ्य प्रयोगशाला रहेकाले त्यहाँ गएर परीक्षण गराउन आग्रह गरेको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोखरा-दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा। पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई)  दुबईका लागि उडान सञ्चालन हुन लागेको छ । आगामी असोज ७ गतेदेखि नियमित उडान सञ्च...

समतालाई केन्द्रमा राखेर बजेट ल्याएको अर्थमन्त्री वाग्लेको दाबी

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले आगामी आर्थिक वर्षको बजेट समता, सामाजिक न्याय र समन्यायिक समृद्धिलाई केन्द्रमा राखेर ल्याएको दाबी ...

करको दर हेरफेर गरेको आरोप अस्वीकार गर्दै अर्थमन्त्री वाग्लेले भने– तपाईँका काण्डहरु पनि खुल्नेछन्

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमार्फत करको दर हेरफेर गरी निश्चित व्यवसायीलाई फाइदा पुर्‍याएको आरोपको खण्डन गरेका छन्। प्रतिनिधिसभाको बैठ...

रास्वपा कोशी प्रदेश सभापतिमा चन्द्रबहादुर राई निर्वाचित, पराजित गोमा तामाङले राजनीति छोड्ने घोषणा

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशको सभापतिमा चन्द्रबहादुर राई निर्वाचित भएका छन्। मोरङको विराटचोकमा सम्पन्न पार्टीको पहिलो प...

इराकस्थित अमेरिकी दूतावासद्वारा इराकमा रहेका अमेरिकी नागरिकलाई सतर्क रहन आग्रह

इराक। इराकस्थित अमेरिकी दूतावासले सुरक्षा चेतावनी जारी गर्दै इराकमा रहेका अमेरिकी नागरिकलाई पुर्ण तयारीका साथ क्षेत्रीय घटनाक्रमको सङ्कटकालीन अवस्थामा...

रुकुम पश्चिममा घाँस काट्न गएकी महिलाको मृत्यु

रुकुमपश्चिम। रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –५ मा एक महिलाको मृत्यु भएको छ । वडाका काँडागाउँ निवासी करिब ३५ वर्षीया रमा पुरीको आज बिहान मृत्यु भएक...

गृहमन्त्री सुधन गुरुङ पीडितको गुनासो सुन्न माइतीघरमा

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङ विभिन्न माग राख्दै माइतीघर पुगेको छन् । उनको निजी सचिवालयका अनुसार मन्त्री गुरुङ माइती घरमा विभिन्न मुद्दा बोकेर धर्ना...

नक्कली भुटानी शरणार्थी प्रकरण: हाइप्रोफाइल व्यक्तिलाई बयानका लागि झिकाउन माग

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइएको प्रकरणसम्बन्धी अदालतमा विचाराधीन मुद्दामा बुधबारदेखि अन्तिम बहस सुरु भएको छ। ...

शिक्षण अस्पताल अस्पताल पुगे ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दाँतको उपचारका लागि अस्पताल पुगेका छन् । दाँतमा समस्या देखिएपछि उनी महाराजगञ्जस्थित त्रिभुवन विश्वव...

नेपाल–भारत सीमा व्यवस्थित गर्न संयुक्त प्राविधिक टोली क्रियाशील छ: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमाअन्तर्गत सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा मात्रै नक्साङ्कनको काम बाँकी रहेको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending