रेसुङ्गा। गुल्मीमा बिद्युत् सर्ट भएर आगलागी हुने घटना बढ्दै गएका छन् । भर्खरै नयाँ वर्षको दिन इस्मा गाउँपालिका–१ का दान बहादुर सारूको घर बिद्युत् सर्ट भएर आगलागी हुँदा क्षणभरमै ध्वस्त बन्यो । शरीरका लुगा बाहेक सबै गुमाएका सारू परिवार बिचल्लीमा परेको छ । त्यस्तै इस्मा गाउँपालिका–२ की विमला दर्जीको घर पनि गत चैत २६ गते बिद्युत् सर्ट भएर आगलागी हुँदा आँखै अगाडी खरानी बन्यो ।
आगोले साढे दुई तोलाको सुनको सिक्री र नगद तिस हजारसहित लत्ता कपडा, अन्नपात जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । गत चैत २६ गते बिद्युत् सर्ट भएकै कारण आगलागी हुँदा मालिका गाउँपालिका–६ अर्जेका डिल्लीराज अर्यालको गोठसहितको कुखुरा फर्ममा आगलागी हुँदा सात सय कुखुरा मरेका थिए । परदेशबाट फर्किएर कुखुरा पालन गरेको डिल्लीराजका छोरा कमलले सात सय कुखुरा नष्ट भएपछि व्यावसायिक सपना खरानी बनेको बताए।
यो आर्थिक वर्षमा मात्रै बिद्युत् सर्ट भएर तीन घर र दुई गोठ जलेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीले सबैभन्दा पहिला आगलागी हुनै नदिन व्यक्ति स्वयम सचेत रहन आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीमा प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक गङ्गा बहादुर सारूले बिद्युत् सर्ट भएर पनि आगलागी भएकाले समयमै विद्युतीय तार र उपकरणको मर्मत गर्न सुझाव दिए । उनले आगलागी भए तत्काल नियन्त्रण वा उद्धारको काम गर्न प्रहरीसहित स्थानीय स्तरमा विपद् उद्धार समूह वा टोली आवश्यक रहेको बताए।
गत चैत महिनामा मात्रै बिद्युत् सर्टसहित आगलागीका ४० घटना भएका छन् । नजिकैको जङ्गलको आगो बस्ती पसेपछि इस्मा गाउँपालिका–१ हस्तिचौरकी ५० बर्षीया कमला कुवंरको घर नष्ट भयो । श्रीमान् खुम बहादुर कुवंरको मृत्यु भएको धेरै भएको थिएनन् । छ महिना नपुग्दै आगलागीले घर सकियो । घर नजिकैको जङ्गलमा आगो लागेको थियो । घर गोठसम्मै आउला भन्ने कुवंरलाई थिएन । तर, हावाले खरबारी हुँदै घर गोठसम्म आगो आइपुग्यो । कमलाले हारगुहार गर्दागर्दै आँखै अगाडी घर गोठ, दुई भैँसी, चार बाख्रा, कुखुरा, खाद्यान्न, लत्ताकपडा र नगद र गरगहनासहित सबै सम्पत्ति आँखै अगाडी खरानी बने । कुवंर परिवारसँग खाने, लगाउने, ओढ्ने ओछ्याउने केही पनि छैनन् । ‘शरीरका कपडा बाहेक खाने र लगाउने केही रहेन । दैवले असोजमा श्रीमानलाई लग्यो अहिले घर गोठ,’उनले भने,‘पीडा सहन नै मुस्किल परेको छ ।’
आगलागीले घरधनी कुवंर र छोरी बसन्तीसहित संरक्षणमा रहेका दुई बालिकाको बिचल्ली गरायो । संरक्षणमा रहेका लक्ष्मी पाण्डेयले कालिका निमाविको कक्षा ८ र राधिका पाण्डेयले कक्षा २ मा पढ्थे । वार्षिक परीक्षा चलिरहेको बेला सबै किताव कापी र पोसाकहरू आगोमा खरानी बने । बसन्ती कालिका निमाविको शिक्षिका छन्। घरमा ल्याएका विद्यार्थीका उत्तरपुस्तिक सहितका व्यक्तिगत तथा शैक्षिक सामग्री जलेर नष्ट भएका थिए ।
चैत महिनामा मात्रै गुल्मीमा हुरिबतास र आगलागी ८९ घटना भएका छन् । हुरिबतासका ४९ र आगलागीका ४० घटनामा एक जनाको मृत्यु र एक जना घाइते भएका छन् । भने आगलागीमा परेर १३ पशुचौपायको मृत्यु र पाँच घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । आगलागीका कारण तीन घर र १५ गोठ जलेर नष्ट भएका छन् । आगलागीबाट मात्रै ४९ लाख ३५ हजार बराबरको भौतिक क्षति भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी गङ्गा बहादुर सारूले जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २८ गते, २०८३ - १७:४९
पोखरा। पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई) दुबईका लागि उडान सञ्चालन हुन लागेको छ । आगामी असोज ७ गतेदेखि नियमित उडान सञ्च...
जेष्ठ २८ गते, २०८३ - १७:२६
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले आगामी आर्थिक वर्षको बजेट समता, सामाजिक न्याय र समन्यायिक समृद्धिलाई केन्द्रमा राखेर ल्याएको दाबी ...
जेष्ठ २८ गते, २०८३ - १७:१०
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमार्फत करको दर हेरफेर गरी निश्चित व्यवसायीलाई फाइदा पुर्याएको आरोपको खण्डन गरेका छन्। प्रतिनिधिसभाको बैठ...
जेष्ठ २८ गते, २०८३ - १७:०३
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशको सभापतिमा चन्द्रबहादुर राई निर्वाचित भएका छन्। मोरङको विराटचोकमा सम्पन्न पार्टीको पहिलो प...
जेष्ठ २८ गते, २०८३ - १६:५७
इराक। इराकस्थित अमेरिकी दूतावासले सुरक्षा चेतावनी जारी गर्दै इराकमा रहेका अमेरिकी नागरिकलाई पुर्ण तयारीका साथ क्षेत्रीय घटनाक्रमको सङ्कटकालीन अवस्थामा...
जेष्ठ २८ गते, २०८३ - १६:४६
रुकुमपश्चिम। रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –५ मा एक महिलाको मृत्यु भएको छ । वडाका काँडागाउँ निवासी करिब ३५ वर्षीया रमा पुरीको आज बिहान मृत्यु भएक...
जेष्ठ २८ गते, २०८३ - १६:४१
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङ विभिन्न माग राख्दै माइतीघर पुगेको छन् । उनको निजी सचिवालयका अनुसार मन्त्री गुरुङ माइती घरमा विभिन्न मुद्दा बोकेर धर्ना...
जेष्ठ २८ गते, २०८३ - १६:०६
काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइएको प्रकरणसम्बन्धी अदालतमा विचाराधीन मुद्दामा बुधबारदेखि अन्तिम बहस सुरु भएको छ। ...
जेष्ठ २८ गते, २०८३ - १५:५९
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दाँतको उपचारका लागि अस्पताल पुगेका छन् । दाँतमा समस्या देखिएपछि उनी महाराजगञ्जस्थित त्रिभुवन विश्वव...
जेष्ठ २८ गते, २०८३ - १५:४१
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमाअन्तर्गत सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा मात्रै नक्साङ्कनको काम बाँकी रहेको ...



प्रतिकृया लेख्नुहोस्: