Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८२ बिहीबार | 1st May, 2025 Thu
Investment bank

मदन भण्डारी राजमार्ग विस्तार,पूर्वी सुर्खेत खण्ड धमाधम कालोपत्रे

खबरडबली संवाददाता

सुर्खेत। मदन भण्डारी राजमार्गको पूर्वी सुर्खेत खण्डको कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको छ । पूर्वी सुर्खेतको भेडाबारीदेखि धुलियाबिटसम्म पर्ने ३५ किमी यो सडकमा कालोपत्रे गर्ने काम धमाधम भइरहेको छ । हालसम्म पूर्वी खण्डमा ९० प्रतिशत सडक कालोपत्रे भइसकेको छ भने अब १० प्रतिशत मात्र कालोपत्रे हुन बाँकी छ । 

मदन भण्डारी राजमार्ग आयोजना कार्यालय सुर्खेतका अनुसार पूर्वी सुर्खेतमा पर्ने ३५ किमी सडकमध्ये २९ किमी कालोपत्रे भइसकेको छ । कार्यालयका इन्जिनियर रेशम वलीले हालसम्म २९ किलोमिटर सडक कालोपत्रे भइसकेको र बाँकी रहेको छ किलोमिटर सडकमा पनि कालोपत्रेको काम भइरहेको बताए। उनका अनुसार यो खण्डमा पर्ने पुलहरूको काम पनि सम्पन्न भई नियमित यातायात सञ्चालन भइरहेका छन् ।

इन्जिनियर वलीले मदन भण्डारी राजमार्गको पूर्वी खण्डको काम अब अन्तिम चरणमा रहेको बताए । यो खण्डमा निर्माण गर्नुपर्ने अधिकांश पुल निर्माण भइसके, अब एउटा पुल मात्र ढलान गर्न बाँकी छ । वीरेन्द्रनगर, लेकबेँसी, गुर्भाकोट भेडाबारीसम्म जोडिने यो सडक निर्माण गर्न २०७८ असार २८ गते ठेक्का सम्झौता गरिएको थियो । २०८० पुस २७ गतेसम्ममा स्तरोन्नतिको काम सक्ने गरी कालिका ९केएस० वेदान्सी जेभी कैलालीले ठेक्का पाएको हो । २०८१ पुस २६ गतेसम्मका लागि म्याद थपिएको थियो ।

उक्त मितिमा काम नसकिएपछि पुन: म्याद थपिएको छ । अन्तिम पटक २०८२ भदौ २९ सम्म म्याद थप गरिएको हो । योजनाले १२ वटा पक्की पुल निर्माण गर्नुपर्ने भए पनि हालसम्म ११ वटा पुलको काम पूरा भएको छ । सात वटा पुल निर्माण गर्ने जिम्मेवारी पाएको हिम सगरमाथा कन्स्ट्रक्सन कम्पनी चितवनले सात वटै पुलको काम पूरा गरेको छ । कम्पनीले उक्त पुल बनाउन २६ करोड ५६ लाख रुपियाँमा सम्झौता गरेको थियो ।

पूर्वतिर कालोपत्रे भएर गाडी गुड्न थालेपछि त्यस क्षेत्रका बासिन्दाको जनजीवन सहज हुन थालेको छ । पहिले सदरमुकाम वीरेन्द्रनगर आउन तीनरचार घण्टा लाग्ने गरेकोमा अहिले बढीमा एक घण्टामा छोटिएको स्थानीय बताउँछन् । लेकबेँसी नगरपालिका–७ का वडाध्यक्ष रुद्रबहादुर नेपालीले अहिले सडक कालोपत्रे भएपछि काठमाडौँ जाने रात्रि बस पनि यही सडक भएर जाने गरेको बताए। उनले सडक कच्ची हुँदा फाट्टफुट्ट आउने गाडी अहिले कालोपत्रे भएपछि नियमित आउने गरेको जानकारी दिए।

सुरुमा भेडाबारी धुलियाबिट सडक नामकरण हुँदा झन्डै तीन दशकसम्म स्तरोन्नति हुन नसकेकोमा मदन भण्डारी राजमार्ग जोडिएपछि स्तरोन्नति भएको स्थानीयको भनाइ छ । मदन भण्डारी राजमार्गको पूर्वी खण्डको कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगे पनि पश्चिम क्षेत्रमा भने विवादले ढिलाइ भएको छ । चौकुने गाउँपालिकाको गुटु–बल्दे खण्डको बिजौरामा स्थानीयले अवरोध गरेपछि काम रोकिएको बताइएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राहुघाट जलविद्युत् आयोजना सम्पन्न, परीक्षण उत्पादन हुँदै

म्याग्दी। रघुगङ्गा गाउँपालिकामा ३७ दशमलव पाँच मेगावाट क्षमताको चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजना निर्माण भएको छ ।  तुदी पावर कम्पनी लिमिटेड ...

पर्वतमा लुङ्दीखोला सिँचाइ आयोजना सम्पन्न

पर्वत । जलजला गाउँपालिका–७ धाइरिङमा सञ्चालित लुङ्दीखोला–भेडावारी–दुलेपानी सिँचाइ आयोजना सम्पन्न भएको छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमार्फ...

सात महिनादेखि तलबविहीन चिकित्सक

हुम्ला। जिल्ला अस्पताल हुम्लाका चिकित्सकले सात महिनादेखि तलब नपाएको गुनासो गरेका छन् ।  गत कात्तिक महिनादेखि जिल्ला अस्पताल हुम्लामा कार्यरत चार जन...

श्रमिकको सामाजिक सुरक्षा सुनिश्चित हुनुपर्ने: पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशको सामाजिक, आर्थिक र भौतिक विकासमा श्रमिक वर्गको योगदान महत्वपूर्ण रहेको बताएको छिन् । अन्तरराष्ट...

स्वास्थ्य बिमा सुविधा अव तुरुन्तै

काठमाडौँ। अब स्वास्थ्य बिमा गर्नेले आफू बसेकै स्थानमा प्रस्थान बिन्दु कायम गरेर सुविधा लिन सक्ने भएका छन् । आफू रहेकै स्थानमा प्रस्थान बिन्दु कायम गर्...

दुई हजार ८२ जनालाई सीपमूलक तालिम दिँदै मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाले दुई हजार ८२ जनालाई काठमाडौंको टुँडिखेलमा जेठ ७ गतेबाट सुरु हुने गरि सीपमूलक तालिम दिने भएको छ। महानगरको गौरव योजना ...

शिक्षकको सडक आन्दोलन आजबाट फिर्ता, निर्णयका लागि महासंघको बैठक बस्दै

काठमाडौं । झण्डै १ महिना लामो शिक्षकहरुको सडक आन्दोलन आजबाट फिर्ता भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले शिक्षकहरुसँग भएको ९ बुँदे सहमतिलाई अनुमो...

श्रमिकको पसिनाले देश अगाडि बढेको छ: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवीमा हार्दिक शुभकामना व्यक्त गरे...

श्रमिकका अधिकार सुनिश्चित गर्ने मन्त्री भण्डारीको प्रतिबद्धता

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले आन्तरिक तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकको अधिकार सुनिश्चिताका लागि सरकार प्रत...

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending