Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८२ बिहीबार | 1st May, 2025 Thu
Investment bank

अधिकांश व्यक्ति बिमाको पहुँचबाहिर

खबरडबली संवाददाता

बागलुङ। बागलुङमा ४५ प्रतिशत व्यक्ति अहिले पनि स्वास्थ्य बिमाको पहुँचमा पुग्न सकेका छैनन् । स्वास्थ्य बिमा बोर्ड कार्यालय बागलुङको तथ्याङ्क अनुसार एक लाख १४ हजार ५३८ जना व्यक्ति बिमाको पहुँचभन्दाबाहिर छन् । 

२०७८ को जनणनाको आधार मान्ने हो भने बिमा सुरु भएको आठ वर्षमा बागलुङमा ४५।९६ प्रतिशत व्यक्ति स्वास्थ्य बिमाको पहुँचबाहिर छन् । बागलुङमा २०७८ को जनगणना अनुसार दुई लाख ४९ हजार २११ जनसङ्ख्या रहेको छ । 

स्वास्थ्य बिमा बोर्ड कार्यालय बागलुङका प्रमुख नारायणप्रसाद पौडेलका अनुसार आर्थिक वर्ष २०८१र८२ सम्म एक लाख ३४ हजार ६७३ जनाले स्वास्थ्य बिमा गरेका छन् । जुन ५४।३९ प्रतिशत हो । ६४ हजार १५३ घरधुरी रहेको बागलुङमा हालसम्म ५० हजार ९४५ परिवार बिमित छन् । पौडेलका अनुसार ७१ हजार ८६ महिला र ६३ हजार ५६७ जना पुरुष बिमित छन् । 

१० स्थानीय तह रहेको बागलुङमा सबैभन्दा बढी बागलुङ नगरपालिका र सबैभन्दा कम तमानखोलाका व्यक्ति बिमित छन् । प्रमुख पौडेलका अनुसार बागलुङ नगरपालिकामा ४१ हजार १२ जना, निसीखोला गाउँपालिकामा १७ हजार २१४ जना, गलकोट नगरपालिकामा १५ हजार ५८४ जना बिमित छन् । त्यसै गरी जैमिनी नगरपालिकामा १५ हजार ३२५ जना र काठेखोला गाउँपालिकामा १४ हजार ७६६ जना बिमित भएका छन् ।

त्यसै गरी बडीगाड गाउँपालिकामा १२ हजार २३९ जना, ढोरपाटन नगरपालिकामा १० हजार १८६ जना बिमित छन् । बरेङ गाउँपालिकामा तीन हजार ४६४ जना, ताराखोला गाउँपालिकामा दुई हजार ५७२ जना र तमानखोला गाउँपालिकामा दुई हजार ३११ जना बिमित छन् ।

जिल्लाका सबै नागरिकलाई स्वास्थ्य बिमाको पहुँचमा ल्याउनका लागि जिल्लाको ८५ वडामा स्वास्थ्य बिमाका सामाजिक परिचालकलाई खटाइएको प्रमुख पौडेलको भनाइ छ । बागलुङका केही पालिकाले गरिब, विपन्न, दलित र जनजातिको नि:शुल्क बिमा गरिदिएका छन् ।

नागरिकलाई स्वास्थ्य बिमा कार्यक्रमको फाइदा र कार्यक्रमको नियमबारे आवश्यकता अनुसार सूचित गराउन नसक्दा बिमाप्रति आकर्षण बढ्न नसकेको स्वास्थ्य बिमाको क्षेत्रमा काम गर्ने कर्मचारी बताउँछन् । नागरिकले बिमाबाट भने जति औषधी नपाउने र उपचारमा पनि समस्या हुने गरेको गुनासो गर्दै आएका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तनहुँ जलविद्युत् आयोजना प्रभावितलाई क्षतिपूर्ति वितरण

दमौली । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका क्रममा विस्फोट गर्दा क्षति भएकामध्ये ...

विद्यालय कर्मचारीद्वारा सरकारसँगको ९ बुँदे सहमति अस्वीकार

काठमाडौँ । शिक्षक र सरकार महासंघबीच बुधबार भएको सहमतिमा शिक्षकहरूले असन्तुष्टि जनाएका छन् । विद्यालय कर्मचारीहरूले सरकारसँग भएको ९ बुँदे सहमति अस्वीका...

श्रमिक आयोग बनाउनुपर्नेमा नेता कोइरालाको जोड

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा। शेखर कोइरालाले श्रमिक आयोग बनाउनुपर्नेमा जोड दिएको छन् । बिहीबार ललितपुरमा नेपाल ट्रेड युनियन काँग्रेसले एक सय ...

एमालेले पार्टी सदस्यता साढे सात लाख पुर्याउने

काठमाडौँ। नेकपा (एमाले)ले पार्टीको आगामी विधान महाधिवेशनसम्ममा सदस्यता सङ्ख्या सात लाख ५० हजार पुर्याउने जनाएको छ ।  एमालेले यस वर्षलाई पार्टीको आन...

जसपा नेत्रीले पेस्ताेल पड्काउँदै नाचेको भिडिओ भाइरल, अनुसन्धानको लागि जिप्रका बोलाइयो

जनकपुरधाम । जसपा नेपालकी केन्द्रीय सदस्य डा। बबी सिंह यादवले डान्स गर्दै पड्काएको पेस्तोलबारे सप्तरी प्रहरीले अनुसन्धान अगाडि बढाएको छ। यादवले पेस्...

श्रम, रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्छ : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले श्रम, रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्ने बताएको छन् । एक सय ३६ औँ अन्तरराष्ट्रिय श्रमिक दिवसका अ...

बाबुआमालाई वृद्धाश्रममा राख्ने होइन, सन्तानसँगै बस्ने संस्कारको विकास गर्नुपर्छ: राष्ट्रियसभा सदस्य बस्नेत

काठमाडौँ । सङ्घीय संसद्, राष्ट्रियसभाका सांसद गोपालकुमार बस्नेतले राज्यले ज्येष्ठ नागरिकलाई संरक्षण गर्नेभन्दा पनि उनका सन्तानलाई आफ्ना बाबुआमाप्रतिको...

सामान्य बर्सातलेनै भासिन थाल्यो कोदारी राजमार्ग

सिन्धुपाल्चोक। अहिले चलिरहेको निरन्तरको सामान्य बर्सातले कोदारी लोक मार्गको भासिन थालेको छ । सडक भासिन थालेपछि पटक पटक सडक अवरुद्ध हुन थालेको छ । सडक ...

राहुघाट जलविद्युत् आयोजना सम्पन्न, परीक्षण उत्पादन हुँदै

म्याग्दी। रघुगङ्गा गाउँपालिकामा ३७ दशमलव पाँच मेगावाट क्षमताको चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजना निर्माण भएको छ ।  तुदी पावर कम्पनी लिमिटेड ...

पर्वतमा लुङ्दीखोला सिँचाइ आयोजना सम्पन्न

पर्वत । जलजला गाउँपालिका–७ धाइरिङमा सञ्चालित लुङ्दीखोला–भेडावारी–दुलेपानी सिँचाइ आयोजना सम्पन्न भएको छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमार्फ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending