बागलुङ। बागलुङमा ४५ प्रतिशत व्यक्ति अहिले पनि स्वास्थ्य बिमाको पहुँचमा पुग्न सकेका छैनन् । स्वास्थ्य बिमा बोर्ड कार्यालय बागलुङको तथ्याङ्क अनुसार एक लाख १४ हजार ५३८ जना व्यक्ति बिमाको पहुँचभन्दाबाहिर छन् ।
२०७८ को जनणनाको आधार मान्ने हो भने बिमा सुरु भएको आठ वर्षमा बागलुङमा ४५।९६ प्रतिशत व्यक्ति स्वास्थ्य बिमाको पहुँचबाहिर छन् । बागलुङमा २०७८ को जनगणना अनुसार दुई लाख ४९ हजार २११ जनसङ्ख्या रहेको छ ।
स्वास्थ्य बिमा बोर्ड कार्यालय बागलुङका प्रमुख नारायणप्रसाद पौडेलका अनुसार आर्थिक वर्ष २०८१र८२ सम्म एक लाख ३४ हजार ६७३ जनाले स्वास्थ्य बिमा गरेका छन् । जुन ५४।३९ प्रतिशत हो । ६४ हजार १५३ घरधुरी रहेको बागलुङमा हालसम्म ५० हजार ९४५ परिवार बिमित छन् । पौडेलका अनुसार ७१ हजार ८६ महिला र ६३ हजार ५६७ जना पुरुष बिमित छन् ।
१० स्थानीय तह रहेको बागलुङमा सबैभन्दा बढी बागलुङ नगरपालिका र सबैभन्दा कम तमानखोलाका व्यक्ति बिमित छन् । प्रमुख पौडेलका अनुसार बागलुङ नगरपालिकामा ४१ हजार १२ जना, निसीखोला गाउँपालिकामा १७ हजार २१४ जना, गलकोट नगरपालिकामा १५ हजार ५८४ जना बिमित छन् । त्यसै गरी जैमिनी नगरपालिकामा १५ हजार ३२५ जना र काठेखोला गाउँपालिकामा १४ हजार ७६६ जना बिमित भएका छन् ।
त्यसै गरी बडीगाड गाउँपालिकामा १२ हजार २३९ जना, ढोरपाटन नगरपालिकामा १० हजार १८६ जना बिमित छन् । बरेङ गाउँपालिकामा तीन हजार ४६४ जना, ताराखोला गाउँपालिकामा दुई हजार ५७२ जना र तमानखोला गाउँपालिकामा दुई हजार ३११ जना बिमित छन् ।
जिल्लाका सबै नागरिकलाई स्वास्थ्य बिमाको पहुँचमा ल्याउनका लागि जिल्लाको ८५ वडामा स्वास्थ्य बिमाका सामाजिक परिचालकलाई खटाइएको प्रमुख पौडेलको भनाइ छ । बागलुङका केही पालिकाले गरिब, विपन्न, दलित र जनजातिको नि:शुल्क बिमा गरिदिएका छन् ।
नागरिकलाई स्वास्थ्य बिमा कार्यक्रमको फाइदा र कार्यक्रमको नियमबारे आवश्यकता अनुसार सूचित गराउन नसक्दा बिमाप्रति आकर्षण बढ्न नसकेको स्वास्थ्य बिमाको क्षेत्रमा काम गर्ने कर्मचारी बताउँछन् । नागरिकले बिमाबाट भने जति औषधी नपाउने र उपचारमा पनि समस्या हुने गरेको गुनासो गर्दै आएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २८ गते, २०८३ - १७:४९
पोखरा। पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई) दुबईका लागि उडान सञ्चालन हुन लागेको छ । आगामी असोज ७ गतेदेखि नियमित उडान सञ्च...
जेष्ठ २८ गते, २०८३ - १७:२६
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले आगामी आर्थिक वर्षको बजेट समता, सामाजिक न्याय र समन्यायिक समृद्धिलाई केन्द्रमा राखेर ल्याएको दाबी ...
जेष्ठ २८ गते, २०८३ - १७:१०
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमार्फत करको दर हेरफेर गरी निश्चित व्यवसायीलाई फाइदा पुर्याएको आरोपको खण्डन गरेका छन्। प्रतिनिधिसभाको बैठ...
जेष्ठ २८ गते, २०८३ - १७:०३
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशको सभापतिमा चन्द्रबहादुर राई निर्वाचित भएका छन्। मोरङको विराटचोकमा सम्पन्न पार्टीको पहिलो प...
जेष्ठ २८ गते, २०८३ - १६:५७
इराक। इराकस्थित अमेरिकी दूतावासले सुरक्षा चेतावनी जारी गर्दै इराकमा रहेका अमेरिकी नागरिकलाई पुर्ण तयारीका साथ क्षेत्रीय घटनाक्रमको सङ्कटकालीन अवस्थामा...
जेष्ठ २८ गते, २०८३ - १६:४६
रुकुमपश्चिम। रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –५ मा एक महिलाको मृत्यु भएको छ । वडाका काँडागाउँ निवासी करिब ३५ वर्षीया रमा पुरीको आज बिहान मृत्यु भएक...
जेष्ठ २८ गते, २०८३ - १६:४१
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङ विभिन्न माग राख्दै माइतीघर पुगेको छन् । उनको निजी सचिवालयका अनुसार मन्त्री गुरुङ माइती घरमा विभिन्न मुद्दा बोकेर धर्ना...
जेष्ठ २८ गते, २०८३ - १६:०६
काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइएको प्रकरणसम्बन्धी अदालतमा विचाराधीन मुद्दामा बुधबारदेखि अन्तिम बहस सुरु भएको छ। ...
जेष्ठ २८ गते, २०८३ - १५:५९
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दाँतको उपचारका लागि अस्पताल पुगेका छन् । दाँतमा समस्या देखिएपछि उनी महाराजगञ्जस्थित त्रिभुवन विश्वव...
जेष्ठ २८ गते, २०८३ - १५:४१
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमाअन्तर्गत सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा मात्रै नक्साङ्कनको काम बाँकी रहेको ...



प्रतिकृया लेख्नुहोस्: