Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८२ बिहीबार | 1st May, 2025 Thu
Investment bank

मुस्ताङ आउनेलाई फोहोर नफाल्न आग्रह

खबरडबली संवाददाता

मुक्तिना। मुस्ताङको ल्होमन्थाङ गाउँपालिकाको कोराला नाकाबाट सुरु भएको सफा मुस्ताङ अभियान शनिबार थासाङ गाउँपालिका–४, घाँसा काभ्रेभिरमा पुगेर समापन भएको छ । छिमेकी जिल्ला म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, दानासँग सिमाना जोडिएको स्थान हो । 

जिल्ला समन्वय समिति र पाँच वटै स्थानीय तहले बुधबारदेखि सुरु गरेको अभियान २५ वटाका विभिन्न क्षेत्रमा पुगेर फोहोर सङ्कलन, विसर्जन तथा सचेतनामूलक कार्यक्रम गरी समापन भएको हो । मुस्ताङमा घुम्न आउने पर्यटक र स्थानीयवासीले जथाभाबी फालेको फोहोरले वातावरण क्षेत्रमा पारेको प्रभाव न्यूनीकरण तथा फोहोर व्यवस्थापनका लागि उचित स्थानको पहिचानसँगै घुम्न आएका पर्यटकलाई फोहोर नगरिदिन अनुरोधसमेत गरिएको जिल्ला समन्वय समिति मुस्ताङकी प्रमुख माया गुरुङले बताए ।

 जिसस प्रमुख भन्छन्, “धेरै फोहोर भएका क्षेत्रमा नियमित सरसफाइका लागि स्थानीय वडालाई अनुरोध गरेका छौँ, सुन्दर मुस्ताङलाई फोहोररहित बनाउने अभियानमा यो कोसेढुङ्गा साबित हुने छ ।” अभियानका क्रममा नकुहिने १० ट्याक्टर फोहोर सङ्कलन गरी मापदण्डको पालना गर्दै विसर्जन गरिएको जिसस प्रमुख गुरुङले बताए ।  

लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोब्साङ छेम्बेलले यो सन्देशमूलक अभियान भए पनि नियमित फोहोर सङ्कलनका लागि वडास्तरमै संयन्त्र बनाइने बताए। पछिल्लो समय कोरला नाकामा पुग्ने पर्यटकले बेनी–जोमसोम–कोरला सडकखण्डमै फोहोर गर्ने गरेको अवस्थामा अभियानले फोहोर फाल्ने काममा सचेतना जगाएको अध्यक्ष विष्टको भनाइ छ । अभियानमा पालिका तथा वडास्तरमा नियमित फोहोर सङ्कलन गर्ने सवारीसाधनको प्रयोग, पर्यटकीय स्थलमा फोहोर फाल्ने भाडासहित सन्देशमूलक सूचना तथा धेरै पर्यटकको जमघट हुने स्थानमा नियमित सरसफाइ गतिविधि सञ्चालन गरिने बताइएको छ । 

थासाङ गाउँपालिका, घरपझोङ गाउँपालिका, वारागुङ मुक्तिक्षेत्र गाउँपालिका, लोघेकर दामोदरकुण्ड गाउँपालिका र ल्होमन्थाङ गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा समुदायस्तरमा रहेका सङ्घ, संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो । 

गएको कात्तिक १३ गते भएको अन्तरपालिका समन्वयात्मक बैठक र चैत २५ गतेको बैठकले सुन्दर मुस्ताङलाई सफा बनाउन एकै पटक अभियान सञ्चालन गर्ने सर्वसम्मत निर्णय भएको थियो । सोही अनुसार सफाइका कार्यक्रम गरिएको हो ।   

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तनहुँ जलविद्युत् आयोजना प्रभावितलाई क्षतिपूर्ति वितरण

दमौली । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका क्रममा विस्फोट गर्दा क्षति भएकामध्ये ...

विद्यालय कर्मचारीद्वारा सरकारसँगको ९ बुँदे सहमति अस्वीकार

काठमाडौँ । शिक्षक र सरकार महासंघबीच बुधबार भएको सहमतिमा शिक्षकहरूले असन्तुष्टि जनाएका छन् । विद्यालय कर्मचारीहरूले सरकारसँग भएको ९ बुँदे सहमति अस्वीका...

श्रमिक आयोग बनाउनुपर्नेमा नेता कोइरालाको जोड

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा। शेखर कोइरालाले श्रमिक आयोग बनाउनुपर्नेमा जोड दिएको छन् । बिहीबार ललितपुरमा नेपाल ट्रेड युनियन काँग्रेसले एक सय ...

एमालेले पार्टी सदस्यता साढे सात लाख पुर्याउने

काठमाडौँ। नेकपा (एमाले)ले पार्टीको आगामी विधान महाधिवेशनसम्ममा सदस्यता सङ्ख्या सात लाख ५० हजार पुर्याउने जनाएको छ ।  एमालेले यस वर्षलाई पार्टीको आन...

जसपा नेत्रीले पेस्ताेल पड्काउँदै नाचेको भिडिओ भाइरल, अनुसन्धानको लागि जिप्रका बोलाइयो

जनकपुरधाम । जसपा नेपालकी केन्द्रीय सदस्य डा। बबी सिंह यादवले डान्स गर्दै पड्काएको पेस्तोलबारे सप्तरी प्रहरीले अनुसन्धान अगाडि बढाएको छ। यादवले पेस्...

श्रम, रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्छ : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले श्रम, रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्ने बताएको छन् । एक सय ३६ औँ अन्तरराष्ट्रिय श्रमिक दिवसका अ...

बाबुआमालाई वृद्धाश्रममा राख्ने होइन, सन्तानसँगै बस्ने संस्कारको विकास गर्नुपर्छ: राष्ट्रियसभा सदस्य बस्नेत

काठमाडौँ । सङ्घीय संसद्, राष्ट्रियसभाका सांसद गोपालकुमार बस्नेतले राज्यले ज्येष्ठ नागरिकलाई संरक्षण गर्नेभन्दा पनि उनका सन्तानलाई आफ्ना बाबुआमाप्रतिको...

सामान्य बर्सातलेनै भासिन थाल्यो कोदारी राजमार्ग

सिन्धुपाल्चोक। अहिले चलिरहेको निरन्तरको सामान्य बर्सातले कोदारी लोक मार्गको भासिन थालेको छ । सडक भासिन थालेपछि पटक पटक सडक अवरुद्ध हुन थालेको छ । सडक ...

राहुघाट जलविद्युत् आयोजना सम्पन्न, परीक्षण उत्पादन हुँदै

म्याग्दी। रघुगङ्गा गाउँपालिकामा ३७ दशमलव पाँच मेगावाट क्षमताको चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजना निर्माण भएको छ ।  तुदी पावर कम्पनी लिमिटेड ...

पर्वतमा लुङ्दीखोला सिँचाइ आयोजना सम्पन्न

पर्वत । जलजला गाउँपालिका–७ धाइरिङमा सञ्चालित लुङ्दीखोला–भेडावारी–दुलेपानी सिँचाइ आयोजना सम्पन्न भएको छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमार्फ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending