मुक्तिना। मुस्ताङको ल्होमन्थाङ गाउँपालिकाको कोराला नाकाबाट सुरु भएको सफा मुस्ताङ अभियान शनिबार थासाङ गाउँपालिका–४, घाँसा काभ्रेभिरमा पुगेर समापन भएको छ । छिमेकी जिल्ला म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, दानासँग सिमाना जोडिएको स्थान हो ।
जिल्ला समन्वय समिति र पाँच वटै स्थानीय तहले बुधबारदेखि सुरु गरेको अभियान २५ वटाका विभिन्न क्षेत्रमा पुगेर फोहोर सङ्कलन, विसर्जन तथा सचेतनामूलक कार्यक्रम गरी समापन भएको हो । मुस्ताङमा घुम्न आउने पर्यटक र स्थानीयवासीले जथाभाबी फालेको फोहोरले वातावरण क्षेत्रमा पारेको प्रभाव न्यूनीकरण तथा फोहोर व्यवस्थापनका लागि उचित स्थानको पहिचानसँगै घुम्न आएका पर्यटकलाई फोहोर नगरिदिन अनुरोधसमेत गरिएको जिल्ला समन्वय समिति मुस्ताङकी प्रमुख माया गुरुङले बताए ।
जिसस प्रमुख भन्छन्, “धेरै फोहोर भएका क्षेत्रमा नियमित सरसफाइका लागि स्थानीय वडालाई अनुरोध गरेका छौँ, सुन्दर मुस्ताङलाई फोहोररहित बनाउने अभियानमा यो कोसेढुङ्गा साबित हुने छ ।” अभियानका क्रममा नकुहिने १० ट्याक्टर फोहोर सङ्कलन गरी मापदण्डको पालना गर्दै विसर्जन गरिएको जिसस प्रमुख गुरुङले बताए ।
लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोब्साङ छेम्बेलले यो सन्देशमूलक अभियान भए पनि नियमित फोहोर सङ्कलनका लागि वडास्तरमै संयन्त्र बनाइने बताए। पछिल्लो समय कोरला नाकामा पुग्ने पर्यटकले बेनी–जोमसोम–कोरला सडकखण्डमै फोहोर गर्ने गरेको अवस्थामा अभियानले फोहोर फाल्ने काममा सचेतना जगाएको अध्यक्ष विष्टको भनाइ छ । अभियानमा पालिका तथा वडास्तरमा नियमित फोहोर सङ्कलन गर्ने सवारीसाधनको प्रयोग, पर्यटकीय स्थलमा फोहोर फाल्ने भाडासहित सन्देशमूलक सूचना तथा धेरै पर्यटकको जमघट हुने स्थानमा नियमित सरसफाइ गतिविधि सञ्चालन गरिने बताइएको छ ।
थासाङ गाउँपालिका, घरपझोङ गाउँपालिका, वारागुङ मुक्तिक्षेत्र गाउँपालिका, लोघेकर दामोदरकुण्ड गाउँपालिका र ल्होमन्थाङ गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा समुदायस्तरमा रहेका सङ्घ, संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।
गएको कात्तिक १३ गते भएको अन्तरपालिका समन्वयात्मक बैठक र चैत २५ गतेको बैठकले सुन्दर मुस्ताङलाई सफा बनाउन एकै पटक अभियान सञ्चालन गर्ने सर्वसम्मत निर्णय भएको थियो । सोही अनुसार सफाइका कार्यक्रम गरिएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २८ गते, २०८३ - १७:४९
पोखरा। पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई) दुबईका लागि उडान सञ्चालन हुन लागेको छ । आगामी असोज ७ गतेदेखि नियमित उडान सञ्च...
जेष्ठ २८ गते, २०८३ - १७:२६
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले आगामी आर्थिक वर्षको बजेट समता, सामाजिक न्याय र समन्यायिक समृद्धिलाई केन्द्रमा राखेर ल्याएको दाबी ...
जेष्ठ २८ गते, २०८३ - १७:१०
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमार्फत करको दर हेरफेर गरी निश्चित व्यवसायीलाई फाइदा पुर्याएको आरोपको खण्डन गरेका छन्। प्रतिनिधिसभाको बैठ...
जेष्ठ २८ गते, २०८३ - १७:०३
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशको सभापतिमा चन्द्रबहादुर राई निर्वाचित भएका छन्। मोरङको विराटचोकमा सम्पन्न पार्टीको पहिलो प...
जेष्ठ २८ गते, २०८३ - १६:५७
इराक। इराकस्थित अमेरिकी दूतावासले सुरक्षा चेतावनी जारी गर्दै इराकमा रहेका अमेरिकी नागरिकलाई पुर्ण तयारीका साथ क्षेत्रीय घटनाक्रमको सङ्कटकालीन अवस्थामा...
जेष्ठ २८ गते, २०८३ - १६:४६
रुकुमपश्चिम। रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –५ मा एक महिलाको मृत्यु भएको छ । वडाका काँडागाउँ निवासी करिब ३५ वर्षीया रमा पुरीको आज बिहान मृत्यु भएक...
जेष्ठ २८ गते, २०८३ - १६:४१
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङ विभिन्न माग राख्दै माइतीघर पुगेको छन् । उनको निजी सचिवालयका अनुसार मन्त्री गुरुङ माइती घरमा विभिन्न मुद्दा बोकेर धर्ना...
जेष्ठ २८ गते, २०८३ - १६:०६
काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइएको प्रकरणसम्बन्धी अदालतमा विचाराधीन मुद्दामा बुधबारदेखि अन्तिम बहस सुरु भएको छ। ...
जेष्ठ २८ गते, २०८३ - १५:५९
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दाँतको उपचारका लागि अस्पताल पुगेका छन् । दाँतमा समस्या देखिएपछि उनी महाराजगञ्जस्थित त्रिभुवन विश्वव...
जेष्ठ २८ गते, २०८३ - १५:४१
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमाअन्तर्गत सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा मात्रै नक्साङ्कनको काम बाँकी रहेको ...



प्रतिकृया लेख्नुहोस्: