Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८२ बिहीबार | 1st May, 2025 Thu
Investment bank

शिक्षककोका आन्दोलनको कारण यात्रुलाई सास्ती

खबरडबली संवाददाता
काठमाडौँ ।  काठमाडौँको सबैभन्दा व्यस्त मानिने माइतीघर–नयाँ बानेश्वर सडकखण्ड पछिल्ला २० दिनदेखि अशान्त छ । विभिन्न माग राखेर शिक्षकहरु शान्तिपूर्ण आन्दोलनमा होमिए पनि शिक्षकका कारण हरेक दिन लाखौँ व्यक्तिहरुले दु:ख पाइरहेका छन् ।
 
सरकारसँग विभिन्न माग राखेर आन्दोलित शिक्षकहरु आफ्ना माग पूरा गरेरै छाड्ने र सम्झौतामा नटुङ्ग्याउने नीतिका कारण सरकारसँग वार्ताका लागि पनि तयार भएका छैनन् । उनीहरुले यतिबेला अनौपचारिक छलफललाई भने निरन्तरता दिएका छन् । हरेक दिन ‘पिक आवर’मा प्रमुख मार्ग अवरुद्ध हुँदा यसको मारमा विद्यार्थी, कर्मचारी, व्यवसायीलगायतका यात्रु परेका छन् ।
 
शिक्षकको आन्दोलनका कारण आफ्नै तालिका नै बिग्रिएको बताउनुहुन्छ, भक्तपुर लोकन्थली बस्ने ३५ वर्षीय रामप्रसाद दाहाल । उनी हरेक दिन बिहान साढे ९ बजे लोकन्थलीबाट न्यूरोडस्थित कार्यालयमा काम गर्न जाँदा तीनकुने–माइतिघर सडकखण्ड प्रयोग गर्छन् । सामान्यतया: आधा घण्टा लाग्ने समयमा आज उहाँलाई कार्यालय पुग्न सवा एक घण्टाभन्दा बढी लाग्यो । “जहिल्यै पनि आधा घण्टामा अफिस आइपुग्थे । आज त हाजिर नै छुट्यो । यो आन्दोलन छिटो सकिए हामीलाई पनि राहत हुने थियो”, उनले भने । 
 
पुरानो बानेश्वर बस्ने २८ वर्षीया मीना लामाको पनि समस्या उस्तै छ । उनलाई पनि ११ बजेसम्म कार्यालय पुग्नैपर्छ । बैशाखको चर्को घाममा लामो जाम बसेर कार्यालय पुग्न आफूलाई हम्मेहम्मे परेको उनको भनाइ छ । आन्दोलनकारीहरुले आफ्ना माग पूरा गराउनका लागि सर्वसाधारणलाई दु:ख दिन जायज नभएको उनको बुझाइ छ ।
 
शिक्षकहरुको सुरक्षाका लागि हजारौँ जनशक्ति हरेक दिन खटिएका छन्भने ट्राफिक प्रहरीका लागि सवारी व्यवस्थापन टाउको दुखाइ बनेको छ । शिक्षकको विरोध र्‍यालीका कारण राजधानीको सुरक्षा व्यवस्था, सवारीसाधन आवागमनमा चुनौती थपिएको छ ।
 
वैशाख ६ गतेसम्म दिनसम्म दिउँसो १२ देखि ३ बजेसम्म शान्तिपूर्ण रुपमा विरोध र्‍याली गरिरहेका शिक्षकहरुले वैशाख ७ गतेदेखि समयतालिका परिवर्तन गरी बिहान ९ देखि १२ बजेसम्म बनाएपछि विद्यार्थी, कार्यालय पुग्ने हतारोमा रहने कर्मचारी, व्यवसायीलगायतका यात्रु सबैभन्दा ठूलो मारमा परेका छन् । मानिसहरु माइतीघरदेखि तीनकुनेसम्म पैदल हिँड्न बाध्य छन्भने सवारीसाधन ‘डाइभर्सन’मा चुनौती थपिएको छ ।
 
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक दीपक गिरीका अनुसार आन्दोलनका कारण यात्रुहरुले निकै दु:ख पाएको बताउनुहुन्छ । अझ कार्यालय समयमा सडक ठप्प हुँदा समयमै कार्यालयमा पुग्न समस्या भइरहेको उनको भनाइ छ । 
 
“बानेश्वर–माइतीघरमा मानिसहरु जम्मा हुँदा सवारीसाधनलाई विभिन्न स्थानबाट डाइभर्सन गरी सञ्चालन गरिएको अवस्था छ, सवारीसाधनलाई तीनकुने, रणोद्वीप, कृष्णपाउरोटीलगायतका स्थानबाट डाइभर्सन गरिएको छ”, प्रहरीले भनेको छ । डाइभर्सनका कारण पुरानो बानेश्वर, सेतोपुल, सिंहदरबार दक्षिणढोका, माइतीघर, अनामनगर, हनुमानस्थान, थापागाउँ हुँदै चल्ने सवारीसाधनलाई ‘क्यू’मा सञ्चालन गरिएको छ । 
 
पिकआवरमा बढेका सवारीसाधनका कारण काठमाडौँ उपत्यकास्थित कोटेश्वर, गौशाला, जयबागेश्वरी, मित्रपार्क, चाबहिल, सोह्रखुट्टे, लैनचौर, रणोद्वीप, त्रिपुरेश्वर, टेकु, कालोपुल, थापाथली र कुपण्डोल हुँदै चल्ने सवारीसाधन पनि क्यूमै चलेको प्रहरीको भनाइ छ ।
 
मुलुकमा विभिन्न क्षेत्रबाट काठमाडौँ केन्द्रित भएका शिक्षकहरुका पनि आफ्नै समस्या छन् । लामो समयसम्म काठमाडौँमा बस्दा खर्चको जोहो गर्न पनि उनीहरुलाई हम्मेहम्मे परिरहेको छभने केही शिक्षकहरु आफन्तकहाँ आश्रय लिइरहेका छन् । 
 
चैत र वैशाखको टन्टलापुर घाममा उनीहरुले कहिले गीत गाएर त कहिले कवितामार्फत शिक्षकहरुले आफ्ना माग राखिरहेका छन् । उनीहरुले विभिन्न गीत र नृत्यमार्फत विरोध र्‍यालीलाई रोमाञ्चक पनि बनाइरहेका छन् । उनीहरुको विरोध र्‍यालीका कारण सिंहदरबार, कोटेश्वर, तीनकुने, नयाँबानेश्वर, शङ्खमूल, माइतीघरलगायतका क्षेत्र सामान्य बन्न सकेको छैन ।
 
विभिन्न भागबाट काठमाडौँ आएका शिक्षकका कारण विद्यालयको शैक्षिक तालिका प्रभावित भएको छ । नयाँ शैक्षिकसत्र सुरु हुँदा भर्नालगायतका प्रक्रियाका लागि विद्यालयमा खटिनुपर्ने शिक्षक काठमाडौँकेन्द्रित आन्दोलनमा सहभागी हुँदा सामुदायिक विद्यालयको पठनपठान र शैक्षिक क्रियाकलाप प्रभावित भएको छ ।
 
माग पूरा गर्नका लागि नेपाल शिक्षक महासङ्घका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओली र सभामुुख देवराज घिमिरेसँग यही वैशाख ५ गते बेग्लाबेग्लै भेट गरी माग सम्बोधनका लागि आह्वान गरिसकेका छन् । उनीहरुका माग सम्बोधनका लागि नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश थापा तथा नेपाल कम्युनिष्ट पार्टी ९एमाले० महासचिव शङ्कर पोखरेललगायतले पनि पहल गरेको छन् । 
 
साथै उच्चस्तरीय राजनीतिक पहलसँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र महासङ्घबीच अनौपचारिक तहमा कुराकानी भइरहेको जनाइएको छ । मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले विद्यालय शिक्षा विधेयक, २०८१ ले नसमेटेका व्यावहारिक र न्यायिक मागहरुलाई पारस्परिक संवादका आधारमा प्याकेजबाटै सम्बोधनको तयारी भइरहेको बताउछन् । 
 
नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले अनौपचारिक कुराकानी भए पनि ठोस उपलब्धि हासिल नभएकाले अझै केही दिन आन्दोलन गर्नुुपर्ने स्थिति रहेको बताए । उनले कुनै पनि हालतमा माग पूरा गरी छाड्ने नीतिका साथ आफूहरुले आन्दोलन अघि बढाएको बताउछन् ।
 
आन्दोलनमा अनिवार्य उपस्थिति भनिएका कारण सडकमा ७७ वटै जिल्ला र ७५३ स्थानीय तहबाट प्रतिनिधित्व गर्दै शिक्षकको उपस्थिति छ । सरकारले भने शिक्षकहरुलाई वार्तामा आउन र घर फर्कन आग्रह गरेको छ । शिक्षकहरु भने आश्वासनकै भरमा नफर्किने अडानमा छन् । यता सवारी जामले गर्दा विद्यार्थी, कर्मचारी, सर्वसाधारण तातो र चर्को घाममा हिँडेर गन्तव्यमा पुग्न बाध्य छन् ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तनहुँ जलविद्युत् आयोजना प्रभावितलाई क्षतिपूर्ति वितरण

दमौली । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका क्रममा विस्फोट गर्दा क्षति भएकामध्ये ...

विद्यालय कर्मचारीद्वारा सरकारसँगको ९ बुँदे सहमति अस्वीकार

काठमाडौँ । शिक्षक र सरकार महासंघबीच बुधबार भएको सहमतिमा शिक्षकहरूले असन्तुष्टि जनाएका छन् । विद्यालय कर्मचारीहरूले सरकारसँग भएको ९ बुँदे सहमति अस्वीका...

श्रमिक आयोग बनाउनुपर्नेमा नेता कोइरालाको जोड

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा। शेखर कोइरालाले श्रमिक आयोग बनाउनुपर्नेमा जोड दिएको छन् । बिहीबार ललितपुरमा नेपाल ट्रेड युनियन काँग्रेसले एक सय ...

एमालेले पार्टी सदस्यता साढे सात लाख पुर्याउने

काठमाडौँ। नेकपा (एमाले)ले पार्टीको आगामी विधान महाधिवेशनसम्ममा सदस्यता सङ्ख्या सात लाख ५० हजार पुर्याउने जनाएको छ ।  एमालेले यस वर्षलाई पार्टीको आन...

जसपा नेत्रीले पेस्ताेल पड्काउँदै नाचेको भिडिओ भाइरल, अनुसन्धानको लागि जिप्रका बोलाइयो

जनकपुरधाम । जसपा नेपालकी केन्द्रीय सदस्य डा। बबी सिंह यादवले डान्स गर्दै पड्काएको पेस्तोलबारे सप्तरी प्रहरीले अनुसन्धान अगाडि बढाएको छ। यादवले पेस्...

श्रम, रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्छ : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले श्रम, रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्ने बताएको छन् । एक सय ३६ औँ अन्तरराष्ट्रिय श्रमिक दिवसका अ...

बाबुआमालाई वृद्धाश्रममा राख्ने होइन, सन्तानसँगै बस्ने संस्कारको विकास गर्नुपर्छ: राष्ट्रियसभा सदस्य बस्नेत

काठमाडौँ । सङ्घीय संसद्, राष्ट्रियसभाका सांसद गोपालकुमार बस्नेतले राज्यले ज्येष्ठ नागरिकलाई संरक्षण गर्नेभन्दा पनि उनका सन्तानलाई आफ्ना बाबुआमाप्रतिको...

सामान्य बर्सातलेनै भासिन थाल्यो कोदारी राजमार्ग

सिन्धुपाल्चोक। अहिले चलिरहेको निरन्तरको सामान्य बर्सातले कोदारी लोक मार्गको भासिन थालेको छ । सडक भासिन थालेपछि पटक पटक सडक अवरुद्ध हुन थालेको छ । सडक ...

राहुघाट जलविद्युत् आयोजना सम्पन्न, परीक्षण उत्पादन हुँदै

म्याग्दी। रघुगङ्गा गाउँपालिकामा ३७ दशमलव पाँच मेगावाट क्षमताको चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजना निर्माण भएको छ ।  तुदी पावर कम्पनी लिमिटेड ...

पर्वतमा लुङ्दीखोला सिँचाइ आयोजना सम्पन्न

पर्वत । जलजला गाउँपालिका–७ धाइरिङमा सञ्चालित लुङ्दीखोला–भेडावारी–दुलेपानी सिँचाइ आयोजना सम्पन्न भएको छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमार्फ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending