काठमाडौँ । भारतका विद्युत्, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर मङ्गलबार नेपालको भ्रमणमा आउँदै छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा उनी यहाँ आउन लागेको हो ।
गत माघ ३० गते भारतको भ्रमणका क्रममा मन्त्री खड्काले भारतका विद्युत्मन्त्री खट्टरलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको थिए । उनी दुई दिने भ्रमणका लागि नेपाल आउन लागेको मन्त्रालयका प्रवक्ता सन्दीपकुमार देवले जानकारी दिए ।
मन्त्री खड्कासँगै भारतीय मन्त्री खट्टरले मङ्गलबार सङ्खुवासभाको तुम्लिङटारमा भारत सरकारको सहयोगमा निर्माण सम्पन्न भएको कोशी करिडोर २२० केभी प्रसारण लाईनअन्तरगत ईनरुवा–बसन्तपुर–बानेश्वर–तुम्लिङटार २०० केभी प्रसारण लाइन तथा २२०/१३३/३३ केभी तुम्लिङटार सवस्टेशन, २२०र३३ केभी बानेश्वर सवस्टेशन तथा २२०/१३३/३३ केभी बसन्तपुर सवस्टेशनको संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम छ । उनले सोही दिन भारतले निर्माण गरेको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् गृह र बाँध क्षेत्रको अवलोकन गर्नेे प्रवक्ता देवले बताए।
मङ्गलबार नै नेपाल र भारतको संयुक्त लगानीमा निर्माण गर्न लागिएको प्रसारण लाइनको सम्झौतापत्रमा हस्ताक्षर गरेर निर्माणको प्रक्रिया अगाडि बढाइने छ । दुई देशले संयुक्त लगानीमा निर्माण गर्न लागेको प्रसारण लाइनको सम्झौतापत्रमा दुवै मन्त्रीले हस्ताक्षर गरेर निर्माणको प्रक्रिया अगाडि बढाइने मन्त्रालयले जनाएको छ ।
यही वैशाख १० गते भारतीय मन्त्री खट्टरले मुक्तिनाथको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको छ । उनले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम तय भएको प्रवक्ता देवले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २८ गते, २०८३ - १७:४९
पोखरा। पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई) दुबईका लागि उडान सञ्चालन हुन लागेको छ । आगामी असोज ७ गतेदेखि नियमित उडान सञ्च...
जेष्ठ २८ गते, २०८३ - १७:२६
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले आगामी आर्थिक वर्षको बजेट समता, सामाजिक न्याय र समन्यायिक समृद्धिलाई केन्द्रमा राखेर ल्याएको दाबी ...
जेष्ठ २८ गते, २०८३ - १७:१०
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमार्फत करको दर हेरफेर गरी निश्चित व्यवसायीलाई फाइदा पुर्याएको आरोपको खण्डन गरेका छन्। प्रतिनिधिसभाको बैठ...
जेष्ठ २८ गते, २०८३ - १७:०३
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशको सभापतिमा चन्द्रबहादुर राई निर्वाचित भएका छन्। मोरङको विराटचोकमा सम्पन्न पार्टीको पहिलो प...
जेष्ठ २८ गते, २०८३ - १६:५७
इराक। इराकस्थित अमेरिकी दूतावासले सुरक्षा चेतावनी जारी गर्दै इराकमा रहेका अमेरिकी नागरिकलाई पुर्ण तयारीका साथ क्षेत्रीय घटनाक्रमको सङ्कटकालीन अवस्थामा...
जेष्ठ २८ गते, २०८३ - १६:४६
रुकुमपश्चिम। रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –५ मा एक महिलाको मृत्यु भएको छ । वडाका काँडागाउँ निवासी करिब ३५ वर्षीया रमा पुरीको आज बिहान मृत्यु भएक...
जेष्ठ २८ गते, २०८३ - १६:४१
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङ विभिन्न माग राख्दै माइतीघर पुगेको छन् । उनको निजी सचिवालयका अनुसार मन्त्री गुरुङ माइती घरमा विभिन्न मुद्दा बोकेर धर्ना...
जेष्ठ २८ गते, २०८३ - १६:०६
काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइएको प्रकरणसम्बन्धी अदालतमा विचाराधीन मुद्दामा बुधबारदेखि अन्तिम बहस सुरु भएको छ। ...
जेष्ठ २८ गते, २०८३ - १५:५९
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दाँतको उपचारका लागि अस्पताल पुगेका छन् । दाँतमा समस्या देखिएपछि उनी महाराजगञ्जस्थित त्रिभुवन विश्वव...
जेष्ठ २८ गते, २०८३ - १५:४१
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमाअन्तर्गत सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा मात्रै नक्साङ्कनको काम बाँकी रहेको ...



प्रतिकृया लेख्नुहोस्: